होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, साउन ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • रिटर्नी माईग्रेंट नेपालको शाखा बाजुरामा विस्तार
Breaking News

रिटर्नी माईग्रेंट नेपालको शाखा बाजुरामा विस्तार

अध्यक्षमा शाही चयन

  • नागरिक रैबार
रिटर्नी माईग्रेंट नेपालको शाखा बाजुरामा विस्तार

रमित बिक बाजुरा । रिटर्नी माईग्रेंट नेपालको बाजुराको शाखा बाजुरामा पनि विस्तार भएको छ । बाजुरामा शाखा विस्तार भएसंगै माईग्रेट नेपाल बाजुराको प्रथम जिल्ला सम्मेलनबाट उमेशजंग शाही शाखाको बाजुरा अध्यक्षमा चयन भएका छन् ।
बैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई हकहित र अधिकारका बिषयमा पैरवी गर्नका लागि उतm संस्था गठन बाजुरामा समेत गठन गरिएको हो ।
बिदेशबाट फर्केका युवाहरुले आफुले कमाएर ल्याएको पैसाको सही सदुपयोग भयो भएन् बिदेशबाट फर्केका युवाहरुलाई एकिकृत गर्ने उद्देश्य सहित पहिलो भेला गरिएको केन्द्रीय महासचिव लक्ष्मी प्रसाद आचार्यले बताउनुभएको छ ।
बाजुरा जस्तो विकट ठाउँमा विदेश बाट फर्केका हजारौं युवाहरुले केही आफ्नै जिल्लामा आत्मनिर्भर बनाउने उद्देश्यका साथ बाजुरामा समेत शाखा विस्तार गरिएको रिटर्नी माईग्रेंट नेपाल सुदुरपश्चिम प्रदेशका अध्यक्ष चेतन थापाले बताएका छन् ।
देशका अधिकांस जिल्लामा यो संस्था गठन गरी समाजमा रहेको सामाजिक विकृति विसंगतिका बिरुद्धमा संस्थाले काम गर्ने भएको छ । बिदेशमा पलायन युवाहरुलाई स्वदेशमै आत्मनिर्भेर बनाई रोजगारी सिर्जना गर्ने समेत संस्थाले पहल गरिने आचार्यको भनाई रहेको छ । खाडीमा खेप्नुपर्ने समस्यालाई मध्येनजर गरी युवाहरुको लागि सहुलियत ब्याजदरमा १० दाख बराबरको ऋण बैदेशिक रोजगारीबाट फर्केका युवाहरुका लागि लगानी गरिने सरकारले यसअघि नै निर्णग गरेको छ ।
संस्था २०७४ साउन १० गते दर्ता भई देशभरका जिल्लामा लागु गरिएको छ । संस्थामा हालसम्म १० हजार सदस्य आवद्ध रहेको सुदूरपश्चिम प्रदेश अध्यक्ष चेतन थापाले बताउनु भएको छ । बाजुरामा गरिएको प्रथम जिल्ला सम्मेलनबाट अध्यक्षमा उमेश जंग शाही, उपाध्यक्ष दिल बहादुर रावत,कोषाध्यक्ष भरराज पाध्याय, सचिव महेश कार्की,सचिव शुशिल रोकाया,सदस्यहरुमा नवराज पाध्याय,सुरेन्द्र बहादुर रोकाया,धनरुप सुनार लगायत १७ सदस्यीय कमिटी गठन गरिएको सहसचिव शुशिल रोकायाले जानकारी दिनुभएको छ । साथै आज नै पहिलो बैठक बसेको छ । बैठकले हिक्मत थापालाई सुदूरपश्चम प्रदेश सदस्यका लागि सिफारिस गरिएको छ । साथै सञ्चार विभागमा शुशिल रोकायालाई मनोनित गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि