होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • जनविस्वासलाई जोगाई राख्नु नेकपाको प्रमुख दायित्व: नेता रावल
Breaking News

जनविस्वासलाई जोगाई राख्नु नेकपाको प्रमुख दायित्व: नेता रावल

  • नागरिक रैबार
जनविस्वासलाई जोगाई राख्नु नेकपाको प्रमुख दायित्व: नेता रावल

बाजुरा ३१ जेठ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् सुदूर पश्चिम प्रदेश इन्चार्ज भीम रावलले जनताले दिएको अभिमत, विस्वास, भरोसालाई कायम राख्नु नेकपाको अहिलेको प्रमुख दायित्व रहेको बताएका छन् ।
पार्टी एकिकरण अन्तिम चरणमा पुगेकोले अव नेता तथा कार्यक्रताले जनताको सुख–दुखमा साथ दिनुपर्ने बताए ।
पार्टी जिल्ला कमिटीका सदस्यहरुलाई सपथ ग्रहण कार्यक्रममा बाजुरा आइपुगेका नेता रावलले जनताले नै अनुमोदन गरेर नेकपाले ६ प्रदेशमा प्रदेश सरकार र संघमा दुईतिहाईको सरकार गठन भएको बताउँदै अव सरकारले पार्टीको नीति र जनता समक्ष घोषणा गरेका कार्यक्रमहरु प्रभाकारी कार्यान्वयनमा जोड दिनु पर्ने बताए ।
नेता रावल सहित प्रदेश तथा केन्द्रका नेताहरु जिल्ला प्रवेश गरेपछि नेकपा बाजुराले गरेको स्वागत कार्यक्रमलाइ सम्वोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेकपा बाजुरा जिल्ला कमिटिको शपथ ग्रहण गराउनका लागि नेकपाका स्थाथी कमिटि सदस्य एंव सुदूरपश्चिम प्रदेशका सह ईन्चार्ज लेखराज भट्ट, प्रदेश कमिटि अध्यक्ष कर्णबहादुर थापा, केन्द्रिय कमिटि सदस्य एंव सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाह लगायत नेताहरुको बाजुरा आईपुगेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि