होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक २१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • नेकपाद्वारा निर्वाचन आयोगमा दल दर्ता
राजनीति

नेकपाद्वारा निर्वाचन आयोगमा दल दर्ता

  • नागरिक रैबार
नेकपाद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं :    आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले निर्वाचन आयोगमा दल दर्ता गरेको छ।

बिहीबार पार्टीका निर्वाचन विभाग प्रमुख प्रदीप ज्ञवाली नेतृत्को टोलीले आयोगमा दल दर्ता गराएको हो। नेकपाले दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो।

महासचिव पौडेलले आयोगमा दर्ताका लागि तयार गरेको पत्र पार्टीको निर्वाचन विभाग प्रमुख ज्ञवाली, उपप्रमुख खिमलाल देवकोटा, कार्यालय सचिव इश्वरी रिजाललगायतको टोलीले आयोगमा पत्र दर्ता गराएको हो।

विज्ञापन

आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग भेट गरी पत्र दर्ता गरिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहहरुमा रिक्त रहेका पदहरुका लागि मंसिर १४ गते उपनिर्वाचन हुँदैछ।

दल दर्तासँगै नेकपाले उपनिर्वाचनको आन्तरिक तयारी पनि अघि बढाएको छ। नेकपा २०७४ को निर्वाचनपश्चात् एकीकरण भएर बनेको दल भएकाले उपनिर्वाचनका लागि आयोगमा दर्ता हुनुपरेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै