होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • भिडियो
  • ‘हजार जुनीसम्म’को र्शिष गीत सार्वजनिक
भिडियो

‘हजार जुनीसम्म’को र्शिष गीत सार्वजनिक

  • नागरिक रैबार
‘हजार जुनीसम्म’को र्शिष गीत सार्वजनिक

काठमाडौं / भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो रनरअप भएका आयुष केसीले फिल्म ‘हजार जुनीसम्म’को टाइटल गीत गाएका छन् ।

फिल्ममा उदय सोताङ्गको हिट गीत ‘हजार जुनीसम्म’ लाई रि–एरेञ्ज गरिएको छ । केहि दिन अगाडी आयुषले उदयकै उपस्थितिमा गीत रेकर्ड गराएका थिए । धेरै बाल गायकको स्वर रिजेक्ट गरेका उदयले आयुषले भने आफुलाई खुसि बनाएको बताए थिए ।

विज्ञापन

फिल्ममा उदय र आयुष दुवैको स्वरमा गीत रहनेछ भने निर्माण पक्षले आयुषको स्वर रहेको गीतलाई सार्वजनिक गरेको छ । पवन चाम्लिङ्ग ‘किरण’ को शब्द रहेको गीतमा योगेन्द्र घतानीले संगीत भरेका छन् । उदयको स्वरमा फिल्ममा गीत गाउँदै गरेको आर्यन सिग्देल देखिनेछन् भने आयुषको स्वरमा उनले चाइल्ड स्टार अनुभव रेग्मी । उदयले स्टुडियोमा रेकर्डिङको क्रममा आयुषलाई केहि सिकाएका थिए । आयुषले फिल्म ‘हजार जुनीसम्म’ मार्फत पार्शवगायनमा डेब्यु गरेका हुन् ।

विकासराज आचार्यको निर्देशन गरेको फिल्ममा आर्यन सिग्देल, संचिता लुइँटेल, अनुभव रेग्मी, सलोन बस्नेत, प्रियंका कार्की लगायत कलाकारको अभिनय रहेको छ । कविता रेग्मीले निर्माण गरेको फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाले तयार पारेका हुन् ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । यो फिल्म साउन ३० गते देखि प्रर्दशन हुँदैछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार