होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • बाजुरा क्याम्पसमा तालाबन्दी (विज्ञप्तीसहित)
शिक्षा

बाजुरा क्याम्पसमा तालाबन्दी (विज्ञप्तीसहित)

  • नागरिक रैबार
बाजुरा क्याम्पसमा तालाबन्दी (विज्ञप्तीसहित)

नागरिक रैबार/बाजुरा २५ कार्तिक। नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसमा तालावन्दी गरेको छ । सोमबार विहान नेविसंघ बाजुरा क्याम्पस ईकाइ समितिले आफ्ना ६ बुदे मागसहित क्याम्पसमा तालाबन्दी गरेको हो ।

नेविसंघ बाजुरा क्याम्पस इकाई समितिका सचिव धनबहादुर थापाको नेतृत्वमा गएको टोलीले एक विज्ञप्ती जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेको हो । नेविसंघले क्याम्पसमा सर्वपक्षिय भेला गरेर क्याम्पसको उद्ध्घाटन गरिनु पर्ने माग राख्दै ताला बन्दी गरेको जनाएको छ ।

नेविसंघ बाजुरा क्याम्पस ईकाइ समितीले माग गरेका ६ वटा बुदाहरु
१) सर्वपक्षिय भेला गरेर क्याम्पसको उद्ध्घाटन गरिनु पर्ने माग राख्दै ताला बन्दी गरेको जनाएको छ ।
२) क्याम्पसबाट वितरण गरिएको छात्रवृति नातेदार, आफुनिकट राजनितिमा आस्था राख्नेलाई दिएकोले निष्पक्ष छानविन गर्न समेत माग राखेको छ ।
३) सुदूरपश्चिमबाट क्याम्पसको प्रशासनीक भवन एकलौटी ढंगबाट पार्टीका झोले कार्यकतर्तालाई भवन निर्माण समिति गठन गरि समितीले कमिसन खाएर ठेकेदारलाई जिम्मा लगाई अनियमितता कार्य गरेको र भवनको गुणस्तको छानविन गरिनुपर्ने माग विज्ञप्ती मार्फत अघि सारेको छ ।
४) अध्ययन अध्यापन हुने गरि केही प्राध्यापकहरु लामो समयसम्म अनुपस्थित रही विद्याथीो शिक्षा आर्जजन गर्ने नैसर्गिक अधिकार वन्चित गरेको छानविन गरियोस ।
५) क्याम्पसको छात्रवास पुस्तकालय र भवन निर्माण प्रशासन र संचालक समितिको चरम आर्थिक चलखेलको छाननिन होस ।
६) सामान खरिदमा भएको अनियमितता को निष्पक्ष छानविन हुन् जरुरी छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार