होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वामीकार्तिक
  • राष्ट्रियता तब मात्र बुझिन्छ जब देशबाहिर बसिन्छ
स्वामीकार्तिक

राष्ट्रियता तब मात्र बुझिन्छ जब देशबाहिर बसिन्छ

  • नागरिक रैबार
राष्ट्रियता तब मात्र बुझिन्छ जब देशबाहिर बसिन्छ

रामप्रसाद खनाल बहुआयामिक व्यक्तित्व हुनुहुन्छ– गायक, लेखक, पत्रकार, संगठनकर्ता, व्यवसायी आदि । उहाँ एक दशकभन्दा लामो समयदेखि अमेरिकामा बस्दैआउनुभएको थाहा थियो, तर केही समययतादेखि काठमाडौं हुनुहुन्छ भन्ने थाहा थिएन ।

नेपाल समाचारपत्रले हरेक आइतबार अन्तर्वार्ता विशेष अंकका रुपमा प्रकाशित गर्ने निर्णय गरेपछि हरेक साता कुनै न कुनै ‘नेपाली डायस्पोरा’ ले यसमा स्थान पाउनुपर्छ भन्ने हामीले सोच बनायौं । संयोगवश यसको प्रारम्भ अत्यन्त उपयुक्त व्यक्तिबाट भयो, कामना प्रकाशन समूहका पुराना शुभचिन्तक रामप्रसाद खनालबाट ।

फोनमा सम्पर्क भएपछि हामीले आग्रह ग¥यौं, ‘प्रवासमा रहेर सफलता हासिल गर्ने नेपालीको प्रतिनिधिका रुपमा तपाईंलाई हामी अन्तर्वार्ता गर्न चाहन्छौं, विधि पनि त्यहीअनुसारको प्रयोग गरौं है’ । रामप्रसादजीले सहमति जनाउनुभयो । हामीले एनआरएन, राजनीतिक र कला गरी तीन विधामा उहाँलाई प्रश्न पठायौं । उहाँले विस्तारित रुपमा त्यसको जबाफ दिनुभयोः सम्पादक ।

विज्ञापन

रामप्रसाद जी, अमेरिकामा के गर्दै हुनुहुन्छ ?
अमेरिकामा म विभिन्न व्यवसायमा संलग्न छु ग्रोसरी स्टोर, ग्यास, स्टेशन, सुपरमार्केट र रियल स्टेटको विजनेसहरु गर्दैछु । तर नेपालमा हुँदाझैं गीत–संगीत, कला, साहित्य, पत्रकारितालाई पनि निरन्तरता दिइरहेको छु । यसबाहेक म त्यहाँ विजनेस कन्सल्ट्यांटका रुपमा समेत कार्यरत छु ।

एनआरएनका लागि दोहोरो नागरिकताका पक्षमा हुनुहुन्छ ?
हो, हामी एनआरएनहरु दोहोरो नागरिकताको पक्षमा छौं । त्यसले हामी एनआरएन र देश दुवैलाई फाइदा पुग्छ भन्ने हाम्रो ठहर छ । दोहोरो नागरिकता भयो भने एनआरएनहरुले स्वदेशमा लगानी गर्ने ग्यारेण्टी हुन्छ, हामीलाई मात्र होइन देशलाई झन बढी फाइदा पुग्छ । स्वदेशी पुँजी विदेश पलायन हुँदैन । अरु देशमा पनि हेर्नुस् न दोहोरो नागरिकता छ नि त ।

दोहोरो नागरिकताका नकारात्मक पक्ष पनि त छन् नि ?
दोहोरो नागरिकताका सबै सकारात्मक पक्ष मात्रै छन् त म पनि भन्दिनँ तर हेर्नुस् न भारतमा दोहोरो नागरिकताले देशलाई कति फाइदा पुगेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी हुन् वा त्योभन्दा अगाडिका मनमोहन सिंह वा अन्य प्रधानमन्त्री, सबैले एनआरआई अर्थात् गैरआवासीय भारतीयलाई लगानीमा आकर्षित गर्दै देशको ठूलो कायापलट गरे । विदेशमा बस्ने हरेक भारतीयहरु त्यहाँको नागरिकता भए पनि भारतलाई बढी माया गर्छन्, लगानी गर्छन् । धेरै देशमा दोहोरो नागरिकताले फाइदा नै बढी पु¥याएको देखिन्छ । नेपालमा पनि यसलाई हामीले सकारात्मक रुपले हेर्न जरुरी छ ।

संविधानले व्यवस्था गरेको दोहोरो नागरिकताको प्रावधान कसरी लागु गर्ने ? सरकारलाई केही सुझाव छ ?
नेपालको संविधानले एनआरएनहरुका लागि एनआरएन नागरिकता स्वीकार गरेको छ । संसदले त्यससँग सम्बन्धित कानुन बनाउने काम गरिरहेको छ । यो सकारात्मक कुरा हो तर यहाँ केही नेता, सांसद, मन्त्री वा सरकारमा हाली मुहाली गरिरहेकाहरु दोहोरो नागरिकतासँग त्रसित छन् ।

एनआरएनहरुले कुप्लुकै पार्ने हुन् कि, हामीलाई सिध्याउने हुन् कि भन्ने डर छ उनीहरुमा, त्यो भ्रम मात्र हो । मताधिकार सहितको अधिकार दिए झनै राम्रो, नदिए ठिकै छ, अरु कुरामा सबै नेपाली नागरिकसहर रहेर लगानी गर्न वा अधिकार दिइए त्यसले देशलाई बढी फाइदा पुग्छ । नेपाल सरकार र सरोकारवालाहरुसँग विनम्र आग्रह छ सहजीकरण गर्नुुस्, एनआरएनलाई पाखा लगाउने होइन अगाडि लगाउनुस्, त्यसले विकास र समृद्धिलाई टेवा पुग्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार