होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • विद्यालयको २० कोठे भवन तिब्ररू रूपमा निर्माण हुदै
जगन्नाथ

विद्यालयको २० कोठे भवन तिब्ररू रूपमा निर्माण हुदै

  • नागरिक रैबार
विद्यालयको २० कोठे भवन तिब्ररू रूपमा निर्माण हुदै

उमाकुण्ड गाउँपालिका वर्डा नं. २, बाम्तीभण्डारमा भुकम्प आपतकालीन सहयाता आयोजनाको २० कोठे सिद्धेश्वर उ म विको भवन तिब्र रूपमा निर्माण हुदैछ ।

ए डि वि/नेपाल सरकारको लगभग ६० लाख आर्थिक सहयोगमा शिक्षा मन्त्रालय ,केन्द्रीय आयोजना कार्यान्वयन इकाई ज्ञानेश्वर मार्फत स्काई विल्डस प्रा लिसंग २०७४ असोज १० गते सम्झौता गरि असोज १७ गतेबाट काम शुरूवात गरेको थियोे । निर्माण कार्य प्रारम्भ गरिएको एक बर्ष पुरा भएको छ भने अगमी पुस ९ गते सम्ममा आयोजना सम्पन्न गरिसक्नु पर्नेछ ।

आयोजनाको डिजाइन अोरिन्टल कन्सलट्रेन्टस,मोहरी कन्सलट्रेन्टस,क्रियटर्स र मियामातो जे वी / सव कन्सलट्रेन्टसले गरेको थियो ।

विज्ञापन

शिक्षा मन्त्रालय,केन्द्रीय आयोजना कार्यान्वयन इकाई मार्फत भुकम्प प्रभावित क्षेत्रमा ६ वाट उप आयोजनाहरू मार्फत कार्यक्रम सञ्चालन गरिएको छ । जसमा ईईएपी,इएसआरपी,जेएफपीआर,एनजिओ/आईएनजिओ,युएसएआईडि,भारत र चीन रहेको छ ।

भुकम्प आपतकालीन सहायता आयोजना(ईईएपि) ।

एशियाली विकास बैंकको झृण सहयोगमा सञ्चालन भइरहेको छ । भुकम्पबाट अति प्रभावित जिल्लाहरू अोखलढुङ्ग,रामेछाप,दोलखा,सिन्धुपाल्चोक,सिन्धुली,काभ्रेपलान्चोक,काठमाडौ,भक्तपुर जिल्लामा यो आयोजना सञ्चालित छ । यश आयोजना मार्फत तीन बर्षभित्र ७०० सुविधा सम्पन्न विद्यालय निर्माण गर्ने लक्ष्य काम अगाडि बढाएको छ ।

इएसआरपी आयोजना ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा सञ्चालित छ । भूकम्पबाट अति प्रभावित जिल्लाहरू गोरखा, धादिङ, नुवाकोट, रसुवा, ललितपुर र मकवानपुरमा यो आयोजना केन्द्रित छ । यो आयोजनाको खरिद सञ्चालन केन्द्रिय आयोजना कार्यान्वयन इकाइले गर्दछ । तिन वर्षभित्र करिब ८०० सय सुविधा सम्पन्न विद्यालय निर्माण गर्ने लक्ष्य लिई कार्य सञ्चालन भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार