होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • राष्ट्रिय कर दिवस, विभिन्न सचेतना मुलुक कार्यक्रम गर्दै मनाइदै
जगन्नाथ

राष्ट्रिय कर दिवस, विभिन्न सचेतना मुलुक कार्यक्रम गर्दै मनाइदै

  • नागरिक रैबार
राष्ट्रिय कर दिवस, विभिन्न सचेतना मुलुक कार्यक्रम गर्दै मनाइदै

आज राष्ट्रिय कर दिवस सरकारले कर सम्वन्धी विभिन्न सचेतना मुलुक कार्यक्रम आयोजना गरेको छ ।

पहिलो संघीय बजेट कार्यन्वयनको क्रममा रहेको सरकारले आज कर साक्षरता, करको दायर विस्तार, तथा बढी कर वुझाउने कम्पनी तथा व्यक्तिलाई सम्मान लगायतका विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
संघीय सरकारले जनतालाई अनावश्यक रुपमा दोहोरो कर थुपारिहेको भन्दै आलोचना भने भईरहेको छ । सरकारले यो वर्ष ९ खर्व ४५ अर्व हाराहारीमा राजश्व संकलनको लक्ष्य राखेको छ । लक्ष्य भन्दा वढी नै राजश्व संकलन गर्न सफल सरकारले चालु आर्थिक वर्षको ४ महिनामा ३५ प्रतिशत अथार्त ३ खर्व ३९ अर्ब राजश्व संकलन गरिसकेको छ ।

२०५४ मङ्सिर १ गते मुल्य अभिवृद्धि कर भ्याट लागु भएको दिनको सम्झनामा सातौँ राष्ट्रिय कर दिवसमा कर : समृद्ध नेपाल, सुखी नेपालीको भर नारा तय गरिएको छ । यसैबीच दिवसको अवसरमा प्रधानमन्त्री केपी ओलीले सम्पूर्ण करदाता, कर संकलक तथा व्यवस्थापनमा संलग्न कर्मचारीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार