होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • जगन्नाथ
  • दैनिक १० देखि १५ हजारसम्मको अरिङ्गालको व्यापार
जगन्नाथ

दैनिक १० देखि १५ हजारसम्मको अरिङ्गालको व्यापार

  • नागरिक रैबार
दैनिक १० देखि १५ हजारसम्मको अरिङ्गालको व्यापार

बेनी नगरपालिका–७ वीरेन्द्र चोककी सिर्जना भट्टचनले अरिङ्गालको व्यापार गर्दै आएकी छन् । होटल मालिकसमेत रहेकी उनको होटेलमा अरिङ्गालको परिकार बन्ने गर्छ । दुई वर्ष अघि गलेश्वरको चमेरेमा अरिङ्गालको व्यापार गरेको देखेपछि यो व्यवसाय थालेको उनले बताइन ।

म्याग्दी विमका रिमबहादुर र खिमबहादुर गौतमले पोलेर ल्याउने अरिङ्गाल सिर्जनाले मानाको एक हजार पाँच सय रुपैयाँमा खरीद गर्दै आएकी छन्।

शुरुमा दुई हजारसम्म तिरेर अरिङ्गाल खरीद गरिएकामा अनुकूल मौसममा भने डेढ हजार रुपैयाँमा एक माना पाउने गरेको बताइन। सिर्जनाले ग्राहकलाई अरिङ्गाल तारेर लसुन प्याज राखी प्रतिप्लेट ५ सय रुपैयाँमा बेच्ने गर्छिन्।

विज्ञापन

अहिले उनलाई भ्याइनभ्याइ छ। अरिङ्गालको परिकार खानेहरु उनको होटेलमा धेरै आउने गरेका छन्। उनी भन्छिन्, ‘फेसबुक मार्फत यो व्यापार फस्टाएको हो। ’ सिर्जनाका अनुसार अहिले काठमाडौं र पोखराबाटसमेत अरिङ्गालको माग आउन थालेको बताइन्। ‘तर मागअनुसार पुर्‍याउने सकेकी छैन ’ उनले भनिन्, ‘दैनिक १० देखि १५ हजारसम्मको अरिङ्गालको व्यापार हुने गरेको छ। ’

उनका अनुसार विशेष गरी अरिङ्गाल खान आउने सौखिन, चिसो लागेका र रक्तचाप कम भयो भन्नेहरू छन्। अरिङ्गाल पोलेर आर्थिक जोहो गर्न सफल भएका म्याग्दी विम–७ भारबाङ मालिका गाउँपालिका २६ वर्षीय रिमबहादुर गौतम भन्छन्, ‘एक दिन गाउँमा एक गुरुङ थरका व्यक्ति अरिङ्गाल खोज्दै आए, हामीले अरिङ्गाल पोलेर दिएपछि उनले खाँदै यसबाटै आफ्नो स्वास्थ्यमा सुधार आएको बताएका थिए। ’

गौतमले आफूहरू दुईभाइ मिलेर अरिङ्गाल व्यापार गर्न थालेको बताए। ‘हाल यसको माग बढ्दाे छ तर अरिङ्गाल पाउनै गाह्रो छ’ गौतमले भने, ‘अरिङ्गाल खोज्न एक दिनको बाटोसम्म हिड्नु पर्छ। ’ उनले ठूलो घारबाट ३३ माना जति अरिङ्गाल निकालेको र ४० हजार रुपैयाँ जति कमाएको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार