होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • उपाध्यक्षलाइ मदिरा खाएर गालि गलौज गरेको आरोपमा वडाअध्यक्ष प्रक्राउ
बडीमालिका

उपाध्यक्षलाइ मदिरा खाएर गालि गलौज गरेको आरोपमा वडाअध्यक्ष प्रक्राउ

  • नागरिक रैबार
उपाध्यक्षलाइ मदिरा खाएर गालि गलौज गरेको आरोपमा वडाअध्यक्ष प्रक्राउ

खप्तड छेडेदह गाउँपालिका वडा न ५ का वडाअध्यक्ष हर्क रावतले गाउँपालिका उपाध्यक्ष कुन्ति बुढा साउदलाई मदिरा सेवन गरेर गालि गलौज गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष कुन्ती साउँद बुढाले वडा अध्यक्षले गालि गलौज धम्की दिएकाे भन्दै वडाअध्यक्ष विरुद्ध प्रहरीमा उजुरी दिएपछि प्रहरीले प्रक्राउ गरेको हो ।
विना कारण गाली बेइज्जती गरेको र आत्म सम्मानमा चोट पुर्याएको भन्दै ५ नम्बर वडाका अध्यक्ष हर्कबहादुर रावतका विरुद्ध उजुरी दिएकी हुन् । उपाध्यक्ष बुढाले जीवन सुरक्षाको माग सहीत वडा अध्यक्ष हर्कबहादुर रावत सहीतका व्यक्तिहरु विरुद्ध गाली बेइज्जती मुद्दा दिएको बताएकी छन् । रातीको समयमा मदिरा सेवन गरि खुलेआम गाली दिएको र गाउँका महिला पुरुषलाई ल्याएर सार्वजनिक बेइज्जती गरेको उपाध्यक्ष साउँदले बताएकी छन् ।
न्यायीक समिति संयोजक समेत रहेकी बुढाले आफू मातहका जनप्रतिनिधीबाटै अपमानीत हुनु परेको र गाउँपालिकाको केन्द्र रहेको क्षेत्रमा सुरक्षित समेत नहुने भएपछि उजुरी दिएकी हुन् । उजुरीका आधारमा प्रहरीले वडा अध्यक्ष रावतलाई पक्राउ गरिसकेको बताएको छ । मदिरा खाएर गाली गरेको भन्ने तथ्यको नजिक प्रहरी पुगेसकेको र उजुरीको आधारमा वडा अध्यक्ष रावतलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक उद्धव सिंह भाटले बताएका छन् । सुरुमा ज्यान मार्ने उद्योगको उजुरी लिएर आउनु भएको थियो, पछि त्यो अवस्था नदेखिएकोले गाली बेइज्जतीमा उजुरी आएकोले आपसी छलफलबाट समाधान नदेखिए भोलि १० बजे मुद्दा दर्ता गर्ने भाटले बताएका छन् । मदिरा खाएर होहल्ला र गाली बेइज्जती गरेको देखिएकोले मुद्दा अघि बढ्ने प्रहरी नायव उपरिक्षक भाटको भनाई छ । प्रहरीले पक्राउ गरेका वडा अध्यक्ष रावत नेपाली काँग्रेसबाट चुनावी जितेका हुन् । उसोत उपाध्यक्ष कुन्ती साउँद बुढाले पनि नेपाली काँग्रेसको उम्मेदवार बनेर नै चुनाव जितेकी हुन् । गाउँपालिकाको केन्द्र वडा नम्बर ५ डोगडीमा राखिएको छ । कार्यालय समयमा विमती भएका विषयलाई छलफलबाट समाधान गर्नुको साँटो, साढे १० बजेपछि आएर तथानाम गाली दिएको र स्थानीयलाई कुटपीट गर्न समेत आदेश दिएकोले न्यायका लागि प्रहरीमा उजुरी दिएको उपाध्यक्ष साउदले बताएकी छन् । मदिरा विक्री वितरण तथा सेवन कार्य पूर्ण बन्द गरिए पनि वडा अध्यक्ष रावत सहीतका व्यक्तिहरुले मदिरा खाएरै गाली दिएको बताएकी छन् । आफैले गरेको निर्णयको उल्लङ्घन गरेको र विना कारण व्यक्तिगत चरित्रमा नै चोट पुग्ने गरि गाली बेइज्जती गरेकोले कारवाही प्रक्रिया अगाडि बढाउने गरि उजुरी दिएको उपाध्यक्ष साउँदको भनाई रहेको छ । आपसी मेलमिलापबाट किनारा नलागे प्रक्रिया अघि बढाउने प्रहरी नायव उपरीक्षक उद्धव सिंह भाटले बताएका छन् । योजना छनोट सहीतका विषयमा कुरा नमिलेपछि वडा अध्यक्षले राती स्थानीयलाई प्रयोग गरेर गाली बेइज्जती गर्न लगाएको बुझीएको छ । स्थानीयको धम्की सहीत थर्काउन खोज्ने, बेइज्जती गर्ने र अरुलाई प्रयोग गरेर बेला बेला गाली गर्न लगाउने गरेपछि उपाध्यक्ष साउँदले बाध्य भएर उजुरी दिएको बताएकी छन् । राती २ बजेसम्म मदिरा खाएर गाली दिन लगाएको र स्वंयम रावतले समेत गाली दिएको उजुरीमा लेखिएको छ । तर वडा अध्यक्ष पक्षधरहरुले भने सामान्य भना भन मात्र भएकोले ठूलो बनाउन नहुने बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार