होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • विश्व वातावरण दिवस रुख रोपेर मनायो
बडीमालिका

विश्व वातावरण दिवस रुख रोपेर मनायो

  • नागरिक रैबार
विश्व वातावरण दिवस रुख रोपेर मनायो

विश्व वातावरण दिवस जिल्ला डिभिजन बन कार्यालय बाजुराको आयोजनामा रुख रोपेर मनाइएको छ । जिल्ला डिभिजन बन कार्यालय बाजुराको आयोजना तथा समरजित गुल्म थापाथली ब्यारेको समन्वयमा फलफुलका बिरुवा रोपेर मनाएको हो ।

मान्छेलाई प्रकृतिसँग नजिक पार भन्ने नाराका साथ विश्व वातावरण दिवस देशभर बिबिध कार्यक्रम गरी मनाउने निर्णयानुसार जिल्लामा पनी रुख रोपेर दिवस मनाएको बन डिभिजन प्रमुख भिमप्रशाद कडेलले बताएका छन् । दिवसका अवसरमा समरजित गुल्म थापाथली ब्यारेक परिसरमा रुख रोपेर दिवस मनाएको समारजित गुल्म थापाथली ब्यारेकका सेनानी प्रलाद घलेले बताएका छन् ।स्वच्छ वायू स्वस्थ जीवन भन्ने मुल नाराका साथ जिल्लामा बिश्व वातावरण दिवस मनाएकाे डिभिजन बन कार्यालय बाजुराका प्रमुख भिम प्रशाद कडेलले बताएका छन ।
यो दिवस पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुन देखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रुपमा बर्षेनी मनाउन थालिएको बताइएको छ । जिल्ला बन डिभिजन प्रमुख भिमप्रशाद कडेलको अध्इक्षतामा संचालन गरिएको कार्यक्रमको प्रमख अतिथि जिल्ला समन्वय समिति बाजुराका प्रमुख नरेन्द्र कुमार रोकाया रहेका थिए । कार्यक्रममा बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्ट प्रमुख जिल्ला अधिकारी, सेनानी प्रलाद घले, ससस्त्र प्रहरी प्रमुख चेत थापा जिल्ला प्रहरी कार्यालय बाजुराका इन्सपेक्टर लगायत बिसिष्ठ अतिति रहेका थिए ।साे कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी , गैरसरकारी संस्थाका प्रमुख राष्ट्रिय बाणिज्य बैक बाजुराका प्रमुख लगायत जिल्लाका बित्तिय बैँकका प्रमुख, पत्रकार, नागरिक समाजका अगुवा समेतको सहभागीता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार