होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • सवैको सहयोगमा शान्ति सुरक्षा
गौमुल

सवैको सहयोगमा शान्ति सुरक्षा

  • नागरिक रैबार
सवैको सहयोगमा शान्ति सुरक्षा

सवैको सहयोगबाट मात्र शान्ति सुरक्षा कायमगर्न सकिने जिल्ला प्रहरी कार्यालय धनकुटामा आयोजित तथा छलफल कार्यक्रममा सहभागी प्रहरी तथा पत्रकारहरुले वताएका छन । सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सुर्दशन प्रसाद कोईरालाले सवैको सहयोगबाट शान्ति सुरक्षा स्थापनागर्न सकिने वताए ।

जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुखको जिम्बेबारी सम्हाले पछि आज धनकुटामा पत्रकार भेटघाट तथा अन्र्तक्रिया तथा परिचयात्मक कार्यक्रमा बोल्दै कानुनको कार्यन्वय र अपराधलाई नियन्त्रणका र शान्ति सुरक्षाकायम गर्न कटिवद्ध भै लाग्ने एस पी सुर्दशन प्रसाद कोईरालाले वताउए । यसैगरी नेपालपत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष तथा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई,फोनिजका अध्यक्ष सन्तवीर लामा,नेपाल पत्रकार महासंघका केन्द्रिय प्रतिनिधि रमेशचन्द्र अधिकारी,नेपाल प्रेस युनियन धनकुटका निर्वतमान अध्यक्ष निन्द्र तिगेला,नेपालपत्रकार महासंघ धनकुटका कार्यसमिति सदस्य नरेन्द्र कस्चित,बिकास घिमिरे,धनकुटा एफएमका स्टेशन म्यानेजर चन्द्र राउत लगायतले अपराध नियन्त्रण र शान्ति सुरक्षाकायम गर्न सहकार्य गर्दै अगाडी बढेमात्र सफलहुने वताए । उहाँहरुले एक्लो प्रयासबाट शान्ति सुरक्षाकायम गर्न संभव नहुने वताए।सो अवसरमा जिल्लाप्रहरी कार्यालय धनकुटाका डिएसपी विजय राज पन्डिल,प्रहरी निरिक्षकद्धय सुरज खड्का र भाष्कर राज खतिवडा लगायतको सहभागीता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार