होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • ‘व्यवस्थापन र प्रविधिको क्षेत्रमा शैक्षिक अनुसन्धान जरुरी’
गौमुल

‘व्यवस्थापन र प्रविधिको क्षेत्रमा शैक्षिक अनुसन्धान जरुरी’

  • नागरिक रैबार
‘व्यवस्थापन र प्रविधिको क्षेत्रमा शैक्षिक अनुसन्धान जरुरी’

व्यवस्थापन र प्रविधि क्षेत्रको उन्नयनका लागि समयसापेक्ष खोज अनुसन्धानको आवश्यकता बढेर गएको विज्ञहरुले बताएका छन् । आईतबार ललितपुरमा सम्पन्न २ दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका सहभागिहरुले व्यवस्थापन र प्रविधि शैक्षिक प्रमाणपत्रका लागि मात्रै नभई राष्ट्रकै लागि आवश्यक रहेकोमा जोड दिए । कुमारीपाटीस्थित मेगा नेशनल कलेजले आयोजना गरेको व्यवस्थापन र प्रविधिका सम्भावना र चुनौती विषय अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, चीन,बेलायत, अमेरिका, फ्रान्स,जर्मनी लगायत राष्ट्रका प्राध्यापकहरुको उपस्थिति थियो ।

सम्मेलनका दौरान व्यवस्थापन शिक्षा, प्रविधि शिक्षा, जनशक्ति व्यवस्थापन, अर्थतन्त्र, सेयर बजार , प्रविधि व्यवस्थापन लगायतका विषयमा केन्द्रीत रहेर ४० भन्दा बढी कार्यपत्रहरु पेश भएको थियो । आयोजक मेगा नेशनल कलेजका प्रिन्सिपल डा. घनश्यामप्रसाद साहले सम्मेलनले नेपालभित्र व्यवस्थापन र प्रविधि क्षेत्रमा रहेका सम्भावना उजागर गर्न र चुनौती सामना गर्ने उपाय खोज्न मद्दत गरेको बताउनुभयो । ‘देशविदेशका प्रतिष्ठित प्राध्यापकहरुको कार्यपत्र र त्यसमाथिको छलफलका क्रममा नेपालभित्र व्यवस्थापन र प्रविधि क्षेत्रमा सरकारी र नीजि दुवैक्षेत्रबाट पर्याप्त लगानी आवश्यक रहेको प्रसंग उठ्यो । शैक्षिक क्षेत्रसंगै सरकारी क्षेत्रबाट पनि व्यवस्थापन र प्रविधिको अनुसन्धानमा पहल हुनुपर्ने देखियो ।’, साहले भन्नुभयो । सम्मेलनमा प्राध्यापक तथा विद्यार्थीहरुले गरेका अनुसन्धानमूलक कार्यपत्रहरुमाथि छलफल भएको थियो ।

सम्मेलनमा सहभागि युनिभर्सिटी अफ लण्डनका प्राध्यापक जोए फोस्टरले नेपाल र बेलायतबीच कतिपय समानता रहेको भन्दै व्यवस्थापन र प्रविधिका क्षेत्रमा आपसी सहकार्य हुन आवश्यक रहेको बताए । ‘नेपाल र बेलायतले व्यवस्थापन र प्रविधिका क्षेत्रमा आपसी सहयोग बढाउनुपर्छ । विद्यार्थी र प्राध्यापकहरुले मात्रै होइन दुई देशका सरकारले पनि पहल गर्नुपर्छ ।’, फोस्टरले भन्नुभयो । आधुनिक विश्वमा व्यवस्थापन जटिल बन्दै गएको र प्रविधिको समुचित प्रयोग बिना कुनैपनि प्रतिष्ठान वा राष्ट्रसमेत सही ढंगले परिचालन हुन नसक्ने उहाँको भनाई छ ।
त्यस्तै भारतको मेवार विश्वविद्यालयका प्राध्यापक राजेश भट्टले व्यवस्थापन क्षेत्रमा दक्ष जनशक्तिको नेपाल र भारतजस्ता राष्ट्रले सधैं अभाव व्यहोर्नुपरेको भन्दै दुवै देशमा दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक सहकार्य बढाउनुपर्ने बताउनुभयो ।

विज्ञापन

नेपाल खुला विश्वविद्यालयका डीन प्राध्यापक डा.रामचन्द्र पौडेलले नेपालमा शैक्षिक अनुसन्धानको क्षेत्रमा शिक्षण संस्थाहरुले लगानी बढाउनुपर्ने बताउनुभयो । सरकारले पनि शैक्षिक अनुसन्धानका लागि उपयुक्त वातावरण र अवसर दिनुपर्ने भन्दै उहाँले व्यवस्थापन र प्रविधिको क्षेत्रमा हुने शैक्षिक अध्ययनको प्रतिफल राष्ट्रले नै पाउने बताउनुभयो । नेपालका विश्वविद्यालयहरुको अनुसन्धान क्षमतालाई बढाउन आवश्यक रहेको पौडेलको भनाई थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार