होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सातौ मोबोसा ओपन तोङ्ग ईल मो–दो इन्टरनेश्नल च्याम्पियनसिपमा सहभागी तोङ्ग ईल मो–दो संघ नेपालका खेलाडीले स्वर्ण पदक जितेका छन् । प्रतियोगितामा नेपालले १ स्वर्ण ,४ रजत र २ कास्य पदक जितेको केन्यामा रहेका तोङ्ग ईल मो–दो संघ नेपालका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार डिसेम्बर ७ र ८ भएको अन्तराष्ट्रिय प्रतियोगितामा […]
रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो”, उनले भने, “उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।” करिब दुई घण्टापछि हरमटारबाट […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ । अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० जना इन्जिनियर फन्दामा परेका थिए । भदौमा मात्रै […]
प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् ।सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् ।उच्च पदस्थ पदाधिकारीलाई यस विषय गैरकानुनी हो भन्ने थाहा हुँदाहुँदै पनि सरोकारवाला निकायले ध्यान नदिँदा तलबभत्ता बुझ्न नरोकिएको हो । प्रदेशभरी वित्तिय अनुशासन कायम गर्नुपर्ने […]
जीवन कुमार कैला/कोल्टी २३ कार्तिक। नेकपा बुढीनन्दा नगर संगठन कमिटिको प्रथम बैठक काेल्टीमा शनिवार सम्पन्न भएको छ । बैठकले पाँच सदस्यीय कार्यालय समेत गठन गरेको छ । जसमा अध्यक्ष जंगविर रोकाया, सचिव हिम्मत वड, र तुलाबहादुर मल्ल, शुकविर कडारा र सतविर बोहोरा सदश्य रहने गरी कार्यालय गठन गरेको बताईएको छ । जसमा पुर्व एमाले बाट […]
राम बहादुर दानी/ बाजुरा २३ कार्तिक। २०७६ बिकासले फट्को मारेको लामो समय भैसक्दा पनि झरोको माद्यामबाट उज्यालो गुहारी रहेका बढिमालिका नगरपालिका वडा नंं १ सल्लेनामा केहि समय पछि बत्ती बल्ने भएको छ । बिगत २०६८ साल देखी लामो समय सम्म पनि ठेकेदारहरुको लापर्वाही गरेकोले सो ठाँउमा बिद्युत लाइन बिस्तार हुन नसेकोले त्यस क्षेत्रका बासिन्दाहरुले झरो […]
घोराही । दाङमा बुद्ध-सरयू राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । पहल नेपालको आयोजनामा आगामी पुस ११, १२ र १३ गते चलचित्र महोत्सव हुन लागेको हो । नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरी पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउने नेपाली चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा सहयोग पुर्याउने र नेपाली लोककला, रितीरिवाज, गाथा र मौलिक संस्कृतिको संरक्षण […]
जुम्ला, २३ कार्तिक । जुम्ला सदरमुकाममा आगलागी भएको छ । खलंगाको मुख्य बजारमा रहेको नेवा किचनको माथिल्लो तलामा आगलागी भएको हो । उक्त गलागी भएको ५ मिनेटमै दमकल, नीय प्रशासन, सुरक्षा निकाय र नगरपालिका र स्थानीयको पहलमा नियन्त्रणमा लिन सफल भएको छ । शनिबार बिहान ९ बजतिर आगलागी भएको हो । होटलमा आगो लागेको देखेपछि प्रजिअ […]
काठमाडौं– सरकारले चालु आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेको थियो । जसअनुसार सरकारी कर्मचारीको नयाँ तलब तय भएको छ । अर्थ मन्त्रालयले तयार गरेको नयाँ तलब संरचना मन्त्रिपरिषदले स्वीकृत पनि गरिसकेको छ । निजामति कर्मचारीसँगै सुरक्षा निकायका कर्मचारीको तलब पनि वृद्धि भएको छ । आन्तरिक सुरक्षा व्यवस्थापनदेखि अपराध अनुसन्धान गर्ने निकायका रुपमा […]
नागरिक रैबार/बाजुरा २३ कार्तिक। बाजुराको ढम्कनेमा फलेका अर्गानिक ४० क्वीन्टल आलु पहिलो पटक नेपालकै दोस्रो ठुलो शहर पोखरामा लगिएका छन् । कृषि ज्ञान केन्द्र बाजुराको बजारीकरण सहयोग तथा ढम्कने कृषि सहकारी सस्थाकाे समन्वयमा स्थानीयले उत्पादन गरेका आलु पहिलोपटक पोखरा लगिएका हुन् । पोखरा शहरमा बाजुरामा फलेका आलुको बजारीकरण गर्नका लागि एग्रो मार्टका ओमप्रकाश बराल, पोखरा […]
नेपालगञ्ज । पछिल्लो समय भारतले नेपाली भूमि मिचेर नयाँ नक्सा जारी गरेसँगै देशभर भारतको व्यापक विरोध भईरहेका बेला भारतले नेपालगञ्ज नाका बन्द गरेको छ । भारतले नक्सा विवादमा नाका बन्द गरेको नभई आज (शनिबार) भारतको सर्वोच्च अदालतले अयोध्याको राम मन्दिर–बाबरी मस्जिद विवादको मुद्दामा फैसला सुनाउने भएकाले आज बिहानैबाट नाका बन्द गरिएको भारतीय पक्षले जनाएको छ […]
(दार्चुला) — लिपुलेक र कालापानी क्षेत्रमा भारतले ०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपालीको प्रवेशमा कडाइ गर्दै आए पनि सरकारले चासो नदिएकोमा स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् । राज्यकै सामरिक महत्त्व बोकेको यो भूमिलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा राखेपछि फिर्ता हुने सम्भावना घट्दै गएको उनीहरूको भनाइ छ । भारतीय पक्षले अतिक्रमण सुरु गरेको नेपाली भूमि गुञ्जी क्षेत्रस्थित […]
डडेल्धुरा, कात्तिक २२ । डडेल्धुरामा सोमबारदेखि अनशन सुरु गरेका चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा. गोविन्द केसीलाई अनशनस्थलबाट डडेल्धुरा अस्पताल सारिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि केसीलाई अनशन बसेको निजी घरबाट डडेल्धुरा अस्पताल सारिएको हो । सदरमुकामस्थित अस्पताल निजिकै रहेको निर्मल क्लिनिक सञ्चालनमा रहेको घरको तेस्रो तलाको एउटा कोठामा केसी अनशन बसिरहेका थिए । डा. केसीको स्वास्थ्यमा […]
५७ नम्बर पिलर र सगरमाथाको उचाईमा विवाद काठमाडौं : चीनसँगको सीमाबारे विवाद भएको खासै बाहिर आउँदैन। पहाडी र विकट हिमाली क्षेत्र भएकाले चीनसितको सीमा–विवाद बाहिर नआएको मात्रै हो। नापी विभाग महानिर्देशक प्रकाश जोशीले दुई ठाउँमा सीमा विवाद रहेको बताए। उनले सगरमाथाको उचाई, दोलखाका पर्ने ५७ नम्बर पिलरमा समस्या रहेको स्वीकार गरको छन्। नेपाल र चीनको सगरमाथाको […]
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५को रविभिरमा घाँस काट्ने क्रममा खसेर स्थानीय ५० वर्षीया राजमती विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान ११ बजेतीर उनको भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
डोटी – दशैं मनाउन आफ्नो गृह जिल्ला डोटी आएका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो निर्वाचन क्षेत्रमा काममा चासो राखेका छन् । उनले दसैंको मुख्य दिन फलेडी बगर धिर्कामाण्डौ सडकको निरिक्षण गरेका छन् ।उक्त सडक मुख्यमन्त्री भट्टको आफ्नो निर्वाचन क्षेत्र ख मा निर्माण भईरहेको छ । निरिक्षणका क्रममा उनले सडक निर्माणको काममा शुरुवात देखी नै ध्यान […]
२२ असोज, काठमाडौं । दशैंमा टीका लगाएर नयाँ नोट दक्षिणा दिने चलन छ । त्यसैले नेपाल राष्ट्र बैंकले हरेक वर्षको दशैंमा नयाँ नोट निकाल्छ । तर, नोटहरुको जतन नहुँदा राज्यले ठूलो आर्थिक नोक्सानी व्यहोर्ने गरेको छ । राष्ट्र बैंकका अनुसार वर्षेनी करोडौं मूल्यका नोटहरु प्रयोगमा आउन नसक्ने गरी बिग्रिन्छन् । यदि तपाईंसँग भएको नोट काम […]
उपचार गर्न लाखौं रकम लाग्ने रोगबाट जोगिन समय-समयमा होल बडी चेक गराउन जरूरी छ। त्यसैगरी जान्न जरुरी छ– होलबडी चेकअप कसरी गर्ने। खानपानको पर्व दशैंपछि यो झन् जरुरी छ। नेपालीको ठूलो चाड बडादशैं विदा हुने क्रममा छ । दशैंको औपचारिक रौनक सकिए पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने समय भने केही दिन बाँकी छ । […]
काठमाडौँ । बलिउड अभिनेत्री सन्नी लियोनीको आइटम रहेको फिल्म ‘पासवर्ड’ अहिले प्रदर्शन भइरहेको छ । गत शुक्रबारबाट प्रदर्शनमा आएका फिल्मको बिहीबार प्रिमियर भएको थियो । कुमारी चलचित्र भवनमा साँझमा आयोजित प्रिमियरमा सन्नी पनि उपस्थित थिइन् । कार्यक्रममा सन्नीले नेपाल विश्वमै मनपर्ने देशदेखि नेपाली फिल्मको हिस्सा बन्न पाउँदा खुसी लागेको समेत बताइन् । सोही अवसरमा निर्माता […]
चितवन – चितवनमा बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । काठमाडौँबाट सर्लाहीको मलङ्गावातर्फ जाँदै गरेको ना ५ ख ५३४४ नम्बरको रात्रिबस भरतपुर महानगरपालिका–१२ आस्था चोकमा गए राति १२ः३० बजे दुर्घटना हुँदा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]