होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • डिग्रीको सर्टिफिकेट पाउन १० वटा रुख रोप्नै पर्ने
विचित्र संसार

डिग्रीको सर्टिफिकेट पाउन १० वटा रुख रोप्नै पर्ने

  • नागरिक रैबार
डिग्रीको सर्टिफिकेट पाउन १० वटा रुख रोप्नै पर्ने

दुनियामा वनजंगलको क्षेत्रफल घटिरहेको छ । वनस्पतिहरु नासिँदैछन् । वन जोगाउन तथा बढाउनका लागि विश्वभर नै विभिन्न उपाय अपनाउने गरिएको छ । यसै क्रममा एउटा देशले वनजंगल बढाउन तथा पर्यावरण जोगाउन गज्जबको उपाय अपनाएको छ ।

फिलिपिन्सले यस्तो नियम लगाएको छ कि अब त्यहाँका विद्यार्थीले स्नातक तहको डिग्री हासिल गर्नका लागि अनिवार्य रुपमा कम्तिमा १० वटा रुख रोपेकै हुनुपर्नेछ ।
तिव्र वनविनासका कारण देशको वनक्षेत्र ७० प्रतिशतबाट २० प्रतिशतमा झरेपछि फिलिपिन्सले यस्तो नियम लागू गरेको हो ।

यो कानून लागू गरेसँगै देशमा एक वर्षमा साढे १७ करोड वृक्षारोपण गर्ने तथा ती विरुवा हुर्काउने योजना सरकारको रहेको छ । विद्यार्थीहरुले स्नातक तहको पढाई पूरा गरेर तथा परीक्षा पास गरेर मात्रै सर्टिफिकेट पाउने छैनन् । उनीहरुले परीक्षा पास गरेसँगै कम्तिमा १० वटा रुख रोपेकै हुनुपर्नेछ ।

विज्ञापन

यो नयाँ कानूनको नाम ग्राजुएसन लिगेसी फर द इन्भारोन्मेन्ट ऐन रहेको छ । फिलिपिन्सको संसदले सर्वसम्मतिले उक्त कानून पारित गरेको छ । यो नियम कलेजमा मात्र नभै प्राथमिक विद्यालय तथा हाइस्कुलहरुमा पनि लागू हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार