होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • यस्तो रेष्टुरेन्ट : जहाँ बोल्न पाइन्न, इशाराले काम चलाउनुपर्छ
विचित्र संसार

यस्तो रेष्टुरेन्ट : जहाँ बोल्न पाइन्न, इशाराले काम चलाउनुपर्छ

  • नागरिक रैबार
यस्तो रेष्टुरेन्ट : जहाँ बोल्न पाइन्न, इशाराले काम चलाउनुपर्छ

तपाईंले ससारमा रहेका अनेकथरी रेष्टुरेन्टका बारेमा सुन्नुभएको होला । कहीँ जेलजस्तै गरी बनाइएका रेष्टुरेन्ट त कहीँ रुखमा बनेका रेष्टुरेन्ट । पानीमुनि पनि रेष्टुरेन्ट बनाइएका छन् । यस्तै विचित्र रेष्टुरेन्टहरु मध्ये एउटा अर्को रेष्टुरेन्ट पनि छ, जहाँ बोल्न पाइँदैन । उक्त रेष्टुरेन्टमा खानाको स्वाद लिनका लािग छिर्ने पाहुनाहरुले इशाराले नै खाना अर्डर गर्नुपर्दछ । बोल्ने छुट कसैलाई छैन ।

चीनको ग्वान्झाउमा यो विचित्र रेष्टुरेन्ट खुलेको छ । विश्वको तेस्रो ठूलो फूड चेन स्टारबक्सले उक्त रेष्टुरेन्ट सञ्चालन गरेको हो । उक्त रेष्टुरेन्टको नाम साइलेन्ट क्याफे राखिएको छ । यो चीनको पहिलो बोल्न नपाइने रेष्टुरेन्ट हो ।

यहाँ आउने ग्राहकले नबोलिकनै इशाराले वेटरहरुसँग खानाको अर्डर गर्नुपर्दछ । तपाईंलाई जे खान मन लागेको छ आफ्नो हातको इशाराले मेन्यू कार्डमा रहेको खानेकुराको नम्बर बताइदिनुस् । तपाईंले गरे अनुसारको अर्डर टेबुलमा आइपुग्नेछ ।

विज्ञापन

यदि ग्राहकको इशाराले रेष्टुरेन्टका कर्मचारीले बुझेनन् भने नोटप्याडमा लेखेर दिन सकिने सुविधा पनि त्यहाँ उपलब्ध रहेको छ । अर्थात् ग्राहक र कर्मचारीबीच डिजिटल सञ्चारको व्यवस्था पनि रहेको छ ।

रेष्टुरेन्टको भित्ताभरि सांकेतिक भाषाका चिह्न तथा संकेतहरु लेखिएको छ । ता कि ग्राहकहरुले कुन खानेकुरालाई के भनेर संकेत गर्ने भन्ने बुझुन् ।

बहिरा तथा बोल्न नसक्ने मानिसहरुको भाषा अरु मानिसहरुले पनि बुझ्न सकून् भन्ने अभिप्रायका साथ यो रेष्टुरेन्ट खोलिएको बताइएको छ ।

यो रेष्टुरेन्टमा ३० जना कर्मचारीले काम गर्दछन् । तीमध्ये १४ जनाले सुन्न सक्दैनन् ।

स्मरण रहोस् स्टारबक्सले यसअघि पनि विश्वका विभिन्न ठाउँमा अनेक खालका रेष्टुरेन्ट खोलिसकेको छ ।

सन् २०१६ मा मलेसिया तथा सन् २०१८ मा अमेरिकाको वाशिङटन डिसीमा पनि यस्तै खालको नबोल्ने रेष्टुरेन्ट खुलिसकेको छ ।

एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार