होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • पर्स-मोबाइल होइन, जब ट्याक्सीभित्रै बच्चा छुट्यो…
विचित्र संसार

पर्स-मोबाइल होइन, जब ट्याक्सीभित्रै बच्चा छुट्यो…

  • नागरिक रैबार
पर्स-मोबाइल होइन, जब ट्याक्सीभित्रै बच्चा छुट्यो…

यात्राका क्रममा ट्याक्सीमा आफ्नो पर्स, मोबाइल, झोला आदि चिजहरु छुटेको घटना त हामीले देखे भोगेकै छौँ । तर जर्मनीमा चाहीँ एक दम्पत्तिले ट्याक्सीमा आफ्नो नवजात बच्चा नै छुटाएका छन् ।

जर्मनीको ह्याम्बर्ग सहरमा यो अनौठो तथा अविश्वसनीय घटना भएको छ । आफ्नो नवजात शिशु अस्पतालबाट लिएर ट्याक्सीमा घर फर्किँदै थिए उनीहरु । दोश्रो बच्चाको आमाबुवा बनेकोमा उनीहरु निकै उत्साहित थिए ।

उनीहरु ट्याक्सीमा चढेर घर पुगेपछि पति पत्नी मात्र ट्याक्सीबाट बाहिर निस्किए र सरासर घरभित्र लागे । घरभित्र पुगेपछि पो बल्ल उनीहरुलाई आफ्नो बच्चा ट्याक्सीभित्रै छुटेको याद भयो । तब हतारिँदै उनीहरु बाहिर आए । तर त्यतिबेला सम्म ट्याक्सी हिँडिसकेको थियो ।

विज्ञापन

त्यसपछि उनीहरु तत्कालै पुलिसकोमा गए । पुलिसले बच्चा ट्याक्सीमा छुटेको सूचना आफ्ना सबै चौकीहरुमा गर्यो ।

उक्त ट्याक्सी चालक ती दम्पत्तिलाई घरमा छाडेर अरु ग्राहक खोज्न एयरपोर्ट तिर लागेछ । एयरपोर्टमा ट्याक्सी पार्क गरेको बेलामा पछाडि बच्चा रोएको आवाज सुनेपछि ऊ झसँग भयो । बल्ल उसलाई ती दम्पत्तिले आफ्नो बच्चा ट्याक्सीभित्रै छाडेको थाहा भयो ।

ट्याक्सी चालकले तत्कालै पुलिसलाई सम्पर्क गरी आफ्नो ट्याक्सीमा एक दम्पत्तिले आफ्नो बच्चा छाडेको जानकारी गरायो । ट्याक्सीमा हराएको बच्चाको खोजी सुरु गरिसकेकेा पुलिसका लागि ट्याक्सी चालकको त्यो फोन कलले ठूलो राहत प्रदान गर्यो । पुलिसले तत्कालै उक्त ट्याक्सी तथा चालक र बच्चालाई लिएर सोही पुलिस चौकीमा गयो जहाँ बच्चाका आबाबुवा बसिरहेका थिए । त्यहीँ नै ट्याक्सी चालकले आफ्नो ट्याक्सीमा छुटेको बच्चा उसका बाबुआमालाई हस्तान्तरण गर्यो ।

यो घटनाको बारेमा पुलिसले कुनै सार्वजनिक सूचना तथा समाचार जारी गरेको थिएन । तर ती दम्पत्ति आफैले नै सोसल मिडिया मार्फत घटनाको बेलिविस्तार लगाएपछि यसले सनसनी मच्चायो । उनीहरुले सोसल मिडियामा गरको पोष्ट छिटै नै भाइरल बनेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार