होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २५, २०७६ तराईका जिल्लाहरुमा केही दिनदेखि बढ्दै गएको गर्मीको कारण वीरगन्जबासीको जनजीवन कष्टकर बन्दै गइरहेको छ । अहिले वीरगन्जको तापक्रम २२ देखि ३९ डिग्री सेल्सियस सम्म पुग्ने गरेको छ । केही दिनदेखि लगातार बढ्दै गएको चर्को घामका कारण घर बाहिर निस्कनेहरुको संख्यामा पनि कमि हुँदै गएको छ । सार्वजनिक स्थलमा सर्वसाधारणको चहलपहल समेत घटेको […]
काठमाडौं वैशाख २५- सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ।
नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ । पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको निगमका प्रवक्ता विरेन्द्र गाइतले बताए । पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाइएको छ भने डिजेल र मटितेलमा […]
काठमाडौं– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकारले खटाएको अस्पतालमा नजाने चिकित्सकलाई कारबाही गरिने बताएका छन् । मन्त्री यादवले अस्पताल बन्द गरेर बिरामीको उपचार नगर्नेहरु चिकित्सक नै नभएको बताए । स्वास्थ्य अनुसन्धान परिषद्को एक कार्यक्रममा संचारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले चिकित्सकको कर्तव्य बिरामीको उपचार गर्ने भएकाले उपचार नगर्ने डाक्टर डाक्टर नै नभएको बताए । […]
काठमाडौं– फिटनेस फस्ट क्लबले आयोजना गर्ने ‘मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजीक च्याम्पियनसिप’ को पाँचौ संस्करण चैत अन्तिम साता हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी ३० गते हुने सतुंगल पार्टी प्यालेसमा हुने जानकारी दिएको हो । च्याम्पियनसिपमा ५ तौल समूहका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ । जसमा […]
काठमाडौं– नेपालको विकास निर्माणमा मात्रै होइन, नीति निर्माण तहमासमेत विदेशी सहयोगको रकम हरेक वर्ष बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि सरकारी खर्च बढेका कारण नेपालको राजश्व संकलनले कर्मचारीलाई तलव दिन मात्रै पुग्ने अबस्था छ । विदेशी दातृ निकायले दिने सहयोग वा अनुदानका भरमा चलेका थुप्रै योजना शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालित छन् । शिक्षा क्षेत्रमा विश्व […]
नवलपरासी– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो । सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षेत्रभित्र पर्ने पानभारखोला जर्गाह पुलदेखि उत्तर र पानभारखोला जर्गाह पुलदेखि दक्षिण गरी […]
ठुलो कान्छो निकै गोरो थियो अनि उसकी श्रीमती पनि गोरी नै थिई । तर, बच्चा भने निक्कै कालो जन्मियो । बच्चाको अनुहार र छालाको रंग बुबाआमा दुवैसँग नमिलेपछि उनीहरु आफैं अन्योलमा परे । ठुलो कान्छो : तिमी पनि गोरी म पनि गोरो हाम्रो बच्चा कसरी यस्तो भयो, मेरो कपालको रंग पो सरेछ त? श्रीमती : […]
जुम्ला-चन्दननाथ नगरपालिका क्षेत्रको वनमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको छ । नगरपालिका २ र ३ वडामा रहेको ढाणथपला सामुदायिक वन क्षेत्रमा लालीगुराँस टिप्न प्रतिबन्ध लगाइएको हो । जथाभावी फूल टिप्दा हाँगा भाँचिएर गुराँसको रुख सुक्ने खतरा बढेकाले फूल टिप्न प्रतिबन्ध गरिएको ढाणथपला सामुदायिक वनका अध्यक्ष बिर्खबहादुर सार्कीले बताए । ‘गुराँस फुल्ने क्षेत्र सदरमुकाम खलङ्गादेखि झण्डै आधा […]
राजविराज– राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुन्धान आयोगको इटहरी कार्यालयको टोलीले उनलाई सोमबार सेवाग्राहीसँग घुस लिँदा लिदै रंगेहात पक्राउ गरेको हो । कार्यालय खुल्ने समयभन्दा एक घण्टा अगावै बिहान नौं बजेतिर एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० […]
रुकुम- विभिन्न स्थानमा परेको असिनाले हिउँदेबाली नष्ट गरेको छ । रुकुमका अधिकांश ठाउँमा दोस्रोपटक परेको असिनाले गहुँबाली, जौँबाली, तरकारीबाली र फलफूललाई ठूलो क्षति पुर्याएको छ । यस वर्ष समय-समयमा हिउँदे वर्षा हुँदा हिउँदे बालीको उत्पादनमा वृद्धि हुने आशामा बसेका किसान चिन्तित बनेका छन् । असिनाले गहुँबाली, जौँबाली, तरकारीबाली र फलफूलमा ठूलो क्षति पुर्याएको किसान टेकप्रसाद […]
रुकुम (पूर्व)- रोजगारीका लागि विदेश जाने युवाको संख्या बढ्न थालेको छ । धेरै युवाले घरको सम्पत्ति बेचेर वैदेशिक रोजगारी रोजेका छन् । बढ्दो बेरोजगारी र घरमै परिश्रम गर्न हिच्किचाउँदा रुकुम (पूर्व)बाट दिनमा दर्जनौं युवा विदेशिइरहेका छन् । जिल्ला सदरमुकामदेखि लिएर अधिकांश ठाउँमा युवाको सङ्ख्या पातलिँदै गएको छ । घरको सम्पत्ति बेचेर तथा ऋण काढेर विदेश […]
डा. रामशरण महत नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । देशमा सबैभन्दा धेरैपटक अर्थ मन्त्रालय सम्हालिसकेका डा. महत यतिबेला पार्टीको काममा व्यस्त छ । आगामी महाधिवेशनका लागि नेताहरुले जिल्ला दौडलाई तिब्रता दिइरहेका बेला डा. महत पनि यो दौडमा सहभागी छन् । उनै डा. महतसँग हामीले नेपाली कांग्रेसको आन्तरिक विवाद, सरकारका पछिल्ला गतिविधि, सरकारले आयोजना गरेको लगानी सम्मेलन […]
काठमाडौं- फिल्म ‘ए मेरो हजुर’ लाई सुनीलकुमार थापाले निर्माण गर्ने भए । निर्देशकको कमाण्ड सम्हालेका थिए दिवङ्गत निर्देशक शिव रेग्मीले । हिरोमा दिवङ्गत श्रीकृष्ण श्रेष्ठ तय भएका थिए । निर्देशक रेग्मीले सिनेमामा कसलाई नायिका लिने भन्नेमा मन डुलाइरहेका थिए । रेग्मीको रोजाइमा त्यतिबेलाका चल्तीका नायिकाहरु जल शाह, निरुता सिंहहरू थिए । अझ रेग्मीले त निरुता […]
भरतपुर- चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन् । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-१ रामनगरमा बिग्रेर रोकिराखेको ना६ख ५७२९ नंको ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना२०प ७५१८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो । आइतबार राति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका-३१ का १६ […]
काठमाडौं- हाल मलेसिया, खाडी, युरोप र अफ्रिकामा करिब ४५ लाख नेपाली श्रमिक वैदेशिक रोजगारीमा छन् । जसमध्ये ९ लाखभन्दा धेरै नेपाली श्रम अवधि सकिएपनि गन्तव्य देशको रोजगारदाता कम्पनीमा शरण लिएर काम गरिरहेको तथ्यांक बाहिर आएको छ । वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने संघसंस्थाले गरेको अध्ययन अनुसार ९ लाख नेपालीमध्ये १ लाखभन्दा धेरै घरेलु काममा गएका […]
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रियामा विवाद उत्पन्न भएपछि दुई अध्यक्षले असन्तुष्ट नेताहरुलाई एक्लाएक्लै भेट गर्न थालेका छन्। पार्टी एकीकरण प्रक्रियामा माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमले असन्तुष्टि व्यक्त गरिरहेकै बेला प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले उनीहरुसँग बेग्लाबेग्लै भेट गरी छलफल थालेको नागरिकमा खबर छ […]
काठमाडौं–संसारभर आइतबार स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा सरकारी चिकित्सकको आन्दोलनका कारण १ लाखभन्दा बढी बिरामी उपचारबाट बञ्चित भएका छन् । त्यसै पनि मुलुकमा १५ हजार चिकित्सक अपुग छन् भने, स्वास्थ्य क्षेत्रमा सरकारको लगानी ४ प्रतिशतमात्र रहेको कान्तिपुर दैनिकमा खबर छ । सरकारी चिकित्सकले आकस्मिक बाहेकका सेवा बहिष्कार गर्दै आन्दोलन गर्दा आइतबार मुलुकभरका सरकारी स्वास्थ्य सेवा ठप्प […]
दक्षिण अफ्रिका– दक्षिण अफ्रिकाको जंगलमा अवैधरुपमा गैंडाको शिकार गर्न गएका एक जना शिकारी हात्तीको आक्रमणबाट मारिएका छन् । शिकार गर्नको लागि जंगल छिरेको बेला जंगली हात्तिले कुल्चेर उनको मृत्यु भएको जनाइएको छ । हात्तीको आक्रमणबाट मृत्यु भएका उनलाई सिंहले खाएको अवस्थामा शव फेला परेको जनाइएको छ । घटनाको दुई दिनपछि विहीबार मात्र उनको शरीको केही […]
काठमाडौं – वाटफोर्डका गेरार्ड ड्युलोफ्युले खेलको अतिरिक्त समयमा गोल गर्दै टिमलाई एफए कपको फाइनलमा पुर्याएका छन् । आइतबार राति भएको खेलमा वाटफोर्डले वोल्भरह्यामटोन वान्डेररर्सलाई ३—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनायो । ड्युलोफ्युले खेलको १०४ औं मिनेटमा गोल गर्दै टिमका लागि मत्वपूर्ण र व्यक्तिगत दोस्रो गोल गरे । यसअघि निर्धारित खेलको ९० मिनेटसम्म वाटफोर्ड […]