होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजीक च्याम्पियनसिप चैत ३० गते
Uncategorized

मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजीक च्याम्पियनसिप चैत ३० गते

  • नागरिक रैबार
मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजीक च्याम्पियनसिप चैत ३० गते

काठमाडौं– फिटनेस फस्ट क्लबले आयोजना गर्ने ‘मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजीक च्याम्पियनसिप’ को पाँचौ संस्करण चैत अन्तिम साता हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी ३० गते हुने सतुंगल पार्टी प्यालेसमा हुने जानकारी दिएको हो । च्याम्पियनसिपमा ५ तौल समूहका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

जसमा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७० केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक समूहका विजेताले पदकसहित १० हजार, उपविजेताले ५ हजार र तेस्रोले ३ हजार नगद प्राप्त गर्ने बताइएको छ भने प्रत्येक समूहको विजेताबीच समग्रमा प्रतिस्पर्धा गराइनेछ । त्यसको विजेता ओभरअल च्याम्पियन बन्नेछ ।

विज्ञापन

ओभरअलको च्याम्पियनले उपाधि र ब्यानेटसँगै नगद ५० हजार प्राप्त गर्नेछन् । त्यस्तै, वेष्ट पोजरले उपाधिसहित ५ हजार प्राप्त गर्नेछन् ।
पाँचौ संस्करणको प्रतियोगितामा मेन्स फिजीकमा १६५ सेमी मुनि र १६५ सेमी माथिको स्पर्धामा प्रतिस्पर्धासमेत प्रतिस्पर्धा हुनेछ ।

यस्तै, दुवै समूहका विजेताले १५—१५ हजार, उपविजेताले ५—५ हजार र तेस्रोले ३ —३ हजार पुरस्कार रकम प्राप्त गर्नेछन् । प्रतियोगिताबाट राष्ट्रिय शारीरीक सुगठन खेलका लागि खेलाडी उत्पादन हुने आयोजकको दाबी रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार