होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रीका बिशेष
  • सेवा निवृत्त हुन २ दिन बाँकी हुँदा घुससहित पक्राउ
पत्रपत्रीका बिशेष

सेवा निवृत्त हुन २ दिन बाँकी हुँदा घुससहित पक्राउ

४० हजार घुस लिने नासु बासुदेव रंगेहात समातिए

  • नागरिक रैबार
सेवा निवृत्त हुन २ दिन बाँकी हुँदा घुससहित पक्राउ

राजविराज– राजविराजस्थित जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका नायब सुब्बा बासुदेव मण्डल घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगको इटहरी कार्यालयको टोलीले उनलाई सोमबार सेवाग्राहीसँग घुस लिँदा लिदै रंगेहात पक्राउ गरेको हो ।

कार्यालय खुल्ने समयभन्दा एक घण्टा अगावै बिहान नौं बजेतिर एक सेवाग्राहीलाई कार्यालयमै बोलाएर मोहीको जग्गा सम्बन्धी मुद्दा मिलाइदिन्छु भन्दै ४० हजार रुँपैया घुस लिँदा–लिँदै नासु मण्डललाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

विज्ञापन

जिल्ला भूमि सुधार तथा मालपोत कार्यालयका अनुसार सप्तरीको राजगढ गाउँपालिका ४ बेल्ही चपेना निवासी मण्डल ५८ वर्षे सेवा अवधी पुरागरी दुई दिनपछि नै सेवा निवृत्त हुन लागेका थिए ।

‘मोही जग्गा सम्बन्धी विवाद मिलाई दिन्छु भन्दै एक सेवाग्राहीसँग नासु मण्डलले घुस मागेको सूचना आएपछि निगरानी थालिएको थियो ।’ अख्तियारका एक पदाधिकारीले भने, ‘निगरानी कै क्रममा सेवाग्राहीसँग ४० हजार घुस लिए लगत्तै मण्डललाई नियन्त्रणमा लिएका हौं ।’
थप अनुसन्धान र आवश्यक कारबाहीका लागि मण्डललाई सोमबार नै क्षेत्रीय कार्यालय इटहरी लगिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार