होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • धादिङ
  • केही दिनदेखि बढ्दै गएको गर्मीले तराईका जनजीवन कष्टकर बन्दै
धादिङ

केही दिनदेखि बढ्दै गएको गर्मीले तराईका जनजीवन कष्टकर बन्दै

  • नागरिक रैबार
केही दिनदेखि बढ्दै गएको गर्मीले तराईका जनजीवन कष्टकर बन्दै

बैशाख २५, २०७६

तराईका जिल्लाहरुमा केही दिनदेखि बढ्दै गएको गर्मीको कारण वीरगन्जबासीको जनजीवन कष्टकर बन्दै गइरहेको छ । अहिले वीरगन्जको तापक्रम २२ देखि ३९ डिग्री सेल्सियस सम्म पुग्ने गरेको छ । केही दिनदेखि लगातार बढ्दै गएको चर्को घामका कारण घर बाहिर निस्कनेहरुको संख्यामा पनि कमि हुँदै गएको छ । सार्वजनिक स्थलमा सर्वसाधारणको चहलपहल समेत घटेको छ भने बजारमा सर्वसाधारणको उपस्थिति पातलिँदो अवस्थामा छ ।

एकाबिहानैदेखि चर्को घाम लाग्ने स्थितिले बजारमा सर्वसाधारणहरुको चहलपहलमा कमि हुँदै गएको छ । चर्को घाम, अत्यधिक गर्मी, तातो हावा र अनियमित रुपमा हुने विद्युत् कटौतीका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको हो । चर्को घामसँगै तातो तातो हावाले गर्मीलाई झन आगोमा घ्यू थप्ने काम गरि रहेको छ । तातो हावाले गर्दा पैदल यात्री, साइकल यात्री लगायत खुल्ला गाडीहरुमा हिँड्ने यात्रुहरुलाई समेत समस्या पारि रहेको छ ।

विज्ञापन

खास गरेर पैदल यात्री, साइकल यात्री लगायत विहान बेलुका काम गरि साँझ छाक टार्ने कामदाहरुको दैनिक जनजीवन कष्टकर बन्दै गएको छ । विहानदेखि बजारमा रिक्सा लिएर हिँडेका रिक्सा चालकहरुको आम्दानीमा पनि कमि हुन थालेको छ ।

दैनिक ५ सय देखि १ हजारसम्म आम्दानी गर्न सक्ने पैडिल रिक्साका चालकहरु दिनको ३ देखि ५ सय मात्रै आम्दानी गर्न सकि रहेको छन् । उनीहरुले विहानको ५ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि रातिको ८ बजेसम्म मात्रै रिक्सा चलाई रहेका छन्, जसले गर्दा उनीहरुको आम्दानी सोचे जस्तो हुन सकि रहेको छैन ।

दिउँसोको चर्को घामले गर्दा रिक्सा चालक मात्र नभई पैदल यात्री, साइकल यात्री, ठेलागाडी चालकहरु घर बाहिर निस्कने आँट समेत गरि रहेका छैनन् । आति नै आवश्य परे पैदल हिँड्ने यात्रुहरु छाता लिएर मात्रै घरबाहिर निस्कने अवस्था छ । गर्मीका कारण राति १२÷१ बजेसम्म घरको कोठामा सुत्न पनि गाह्रो भइरहेको अवस्था छ । चर्को गर्मी र प्रचण्ड घामका कारण खास गरि दैनिक ज्यलादारीमा काम गर्ने मजदुरहरुलाइ बढि सास्ती भएको छ ।

त्यसै गरि ग्रामीण क्षेत्रमा खेतमा काम गर्ने कृषि मजदुर तथा शहर बजारमा रिक्सा र ठेला चलाउने मजदुरहरुको जनजीवन पनि गर्मीका कारण कष्टकर बनेको छ । एक छाक खानाको लागि विहान रिक्सा तथा ठेला लिएर निस्कने मजदुरहरु बाध्यताले कोही चर्को घाममै रिक्सा तान्ने गरेका छन् । बालबालिकाहरुको पालन पोषण तथा शिक्षाको लागि भएपनि कतिपय मजदुरहरु चर्को घाममै जिउभरि पसिना खल्ल बगि रहेतापनि आफ्नो काम गर्न पछि परेका छैनन् ।

अर्कोतर्फ गर्मी बढ्दै गएपछि बजार क्षेत्रमा अहिले चिसो पेय पदार्थ, कागतीको रस र उखुको रसको बिक्री बढेको छ । विहान र बेलुकाको समयमा सतुवा, उखुको रस लगायत अन्य चिसो पेय पदार्थहरुको विक्री बढेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार