होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका राज्यमन्त्री रावलको सम्पत्ति छानबिन सुरु
समाचार

सुदूरपश्चिमका राज्यमन्त्री रावलको सम्पत्ति छानबिन सुरु

  • नागरिक रैबार
सुदूरपश्चिमका राज्यमन्त्री रावलको सम्पत्ति छानबिन सुरु

कार्तिक २१ ।  सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलको सम्पत्ती छानिबिन सुरु गरिएको छ। राज्यमन्त्री रावलविरुद्ध परेको उजुरीका आधारमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन सुरु गरिएको जनाएको हो।

स्रोतलाई उदृत गर्दै अनलाईन खबरले रावलको सम्पत्ती छानविनका लागि विभागका एसएसपी सहितको टोली मंगलबार कञ्चनपुर पुगेको उल्लेख गरेको छ। रावल विरुद्ध विभागमा सम्पत्ती छानबिनका लागि भन्दै छुट्टै उजुरी परेको दावी गरिएको छ। महेन्द्रनगरको जनज्योती क्याम्पसका शेयर सदस्य समेत रहेका रावल सहितका ३६ जना विरुद्ध गत साउनमा जिल्ला अदालत कञ्चनपुरमा ठगी र कागजात किर्ते गरेको मुद्दा समेत  परेको छ।

अदालतका अनुसार जनज्योति बहुमुखी क्याम्पसको सेयर वापतको करिब १६ करोड रकम ठगी भएको भन्दै राज्यमन्त्री रावलसहित ३६ जना विरुद्ध मुद्दा दायर भएको हो। रावल जनज्योती बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत हुन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार