होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
समाचार

ढम्कनेमा आलुको पहाड

  • नागरिक रैबार
ढम्कनेमा आलुको पहाड

नागरिक रैबार/ बाजुरा २१ कार्तिक ।  बाजुराको बडीमालिका नगरपालिकाको वडा नं.७ ढम्कनेमा बुधबारदेखि आलु महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा एक हजार कुन्टल आलुको पहाड बनाईएको छ । कार्तिक २० गतेबाट सुरु भएको महोत्सवमा आलु कै प्रदर्शन तथा आलुका विभिन्न परिकार पर्दशनि गरिएकाे बडीमालिका नगरपालिका वडा नं.७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताउनु भएको छ ।

त्यस्तै अतिथीलाई आलुकै माला, आलुकै गेटबाट स्वागत गरिएको थियो । दर्शकहरुले भने यस्तो महोत्सव पहिलो पटक देख्न पाएको बताएका छन् । ढम्कने क्षेत्रलई बाजुराको अर्गानिक आलुको भण्डार मानिन्छ ।

विज्ञापन

महोत्सवको उद्धघाटन सुदूरपश्चिम प्रदेशका कृषि मन्त्री विना चौधरीले गरेकी हुन् । ढम्कने कृषि सहकारी संस्थाको आयोजना र बडीमालिका नगरपालिका र कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा पहिलो पटक ढम्कनेमा बुधबार बिषेश कार्यक्रमका बिच उद्धघाटन गरिएको थियो । ढम्कने बाजुराको सुन्दर भुगोल क्षेत्रको रुपम लिइन्छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूका प्रस्तुती समेत रहेको थियो । गाँउपालिकामा रहेका स्थानीहरु पछिल्लो समय कृषि पेशामा आर्कषित भएका छन् ।

कृषि क्षेत्र र विकासका लागी प्रदेश सरकार सधैं तयार रहने

बुधबार ढम्कनेमा आलु महोत्सवको उद्धघाटन गदै सुदुरपश्चिम प्रदेशकी भुमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री विनिता चौधरीले बाजुराको कृषि क्षेत्र र विकासका लागि प्रदेश सरकार सधैं तयार रहेको बताएकी छन् । बुधबार बडीमालिका नगरपालिका–७ ढम्कनेमा भएको प्रथम आलु महोत्सवको उद्धघाटन गदैं मन्त्री चौधरी यस्तो बताएकी हुन् ।

आलुले बाजुरा आत्मनिर्भेर भएर सुदुरपश्चिम भरि नै पुग्ने गरी उत्पादन गर्ने आग्रह गदैं व्यवसायिक बन्न अनुरोध गरेकी छन् । महोत्सवमा आल’ चिप्स ,मम पिङ्गर चिप्स हलुवा लगायत ३) परिकारका स्टलहरु रहेका छन् बार्षिक एक करोड भन्दा बढीको आल’ उत्पादन र बिक्री वितरण हुँदै आएको र ढम्कनेमा आलु महोत्सवले जिल्लालाई आलुमा आत्मनिर्भर बनाउन सहयोग पुग्नुका साथै आलु उत्पादन हुने स्थानमा परम्परागत तथा आधुनिक भण्डारण निर्माणमा सहयोग पुग्ने आशाका साथ महाेत्सवकाे आयाेना गरिएकाे हाे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार