होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरपालिका ७ का विपन्न परिवारलाई बायो ग्यास र चुल्हो वितरण
समाचार

बडीमालिका नगरपालिका ७ का विपन्न परिवारलाई बायो ग्यास र चुल्हो वितरण

  • नागरिक रैबार
बडीमालिका नगरपालिका ७ का विपन्न परिवारलाई बायो ग्यास र चुल्हो वितरण

नागरिक रैबार/बाजुरा 20 असार ।बडीमालिका नगरपालिका वडा नं. ७ का अतिविपन्न परिवारहरुलाई धुँवा रहित सुधारिएको चुल्हो र वायो ग्यास वितरण गरिएको छ ।

नेपाल सरकार उर्जा मन्त्रालय र वैकल्पिक उर्जा प्रर्वद्धन कार्यक्रमको आर्थिक सहयोग र बडीमालिका नगरपालिका वडा नं. ७ को पहलमा वडा भित्रका १ सय ५ परिवारलाई धुवाँ रहित सुधारिएको चुल्हो र १६ जना परिवारलाई बायो ग्यास वितरण गरिएको हो । शुक्रबार वडा न ७ को वडा कार्यालयमा एक औपचारिक कार्यक्रमको कार्यक्रमको आयोजना गरि गाउँका विपन्न परिवारहरुलाई धुवाँरहित चुल्हो र वायो ग्यास वितरण गरिएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।

विज्ञापन

आर्थिक वर्ष २०७६ भित्रै वडालाई नै धुवाँरहित वडा बनाउने लक्ष्यका साथ वडामा रहेका विपन्न परिवारलाई पहिलोपटक १ सय ५ परिवारलाई धुवारहित सुधारिएको चुल्हो र १६ जना परिवारलाई वायो ग्यास वितरण गरिएको र निरन्तर रुपमा वडामा अर्को पटक पनि बाँकी रहेका परिवारलाई चुल्हो र वायो ग्यास वितरण गर्दै जाने वडा अध्यक्ष पाध्यायले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार