होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेस छाडेर कम्युनिष्ट भए छताराका भिम मिजार
राजनीति

काँग्रेस छाडेर कम्युनिष्ट भए छताराका भिम मिजार

  • नागरिक रैबार
काँग्रेस छाडेर कम्युनिष्ट भए छताराका भिम मिजार

नागरिक रैबार/बाजुरा १८ मंसिर। त्रिवेणी नगरपालिका १ छताराका भिमबहादुर मिजारले नेपाली काँग्रेस पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

मार्तडीस्थित नेपाल कम्युनिष्ट पाटी –नेकपा) को पार्टी कार्यालयमा मिजारले नेपाली काँग्रेस परित्याग गरेको विज्ञप्ती सहित नेकपामा प्रवेश गरेका हुन् ।

मिजारलाई नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) बाजुराका सचिव भरत बुढा, नेकपा प्रदेश कमिटी सदस्य कमलकुमारी शाह लगायत नेताहरुले नेकपामा स्वागत गरेका थिए ।

विज्ञापन

भर्खरै छतारामा सम्पन्न भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेपाली काँग्रेस पार्टीको तर्फबाट एजेन्ट समेत बसेर नेपाली काँग्रेसलाई विजयी गराउन लागेका मिजारलाई काँग्रेस पार्टीकै कार्यकर्ताहरुले कुटपिट गरेपछि आफु नेपाली काँग्रेस पार्टीमा असुरक्षित भएको महशुस गर्दै नेकपामा प्रवेश गरेको मिजारले बताएका छन् ।

पार्टी प्रवेशकै क्रममा मिजारले छतारामा नेपाली काँग्रेसका लागि आफुले गरेको योगदानलाई विर्सेर उल्टै आफुमाथि भर्खरै सम्पन्न भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गराउन उल्लेख्य भुमिका खेलेको आरोप लगाई ज्यान मार्ने योजना बनाईरहेका अपराधिहरुलाई कारवाही गर्न सम्वन्धित निकायलाई जोडदार माग समेत राखेका थिए ।

नेपाली काँग्रेस त्रिवेणी नगर कमिटी सदस्य तथा नगर स्तरीय दलित संजालका अध्यक्ष समेत रहेका मिजारले नेपाली काँग्रेस पार्टीमा रहेर आफ्नो ज्यानको रक्षा तथा समग्र दलित वर्गको भविष्य खतरामा रहेकाले आजैका मितिबाट नेपाली काँग्रेस पार्टी परित्याग गरी गरिव दलित तथा श्रमजिवी वर्गको हकहितका लागि सदैव लड्ने सर्वहारा जनताको पार्टी नेकपामा आफु लगायत मिनादेवी मिजार सहित आफ्नो घरपरिवार तथा आफन्तजनहरु समेत साथमा लिने गरि प्रवेश गरेको मिजारले विज्ञप्ती मार्फत घोषणा गरेका छन् ।
तल हेर्नुहो भिम मिजारको विज्ञप्ती

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २३ घन्टा अगाडि