होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • मृगौला पीडितलाई सहयोग गर्न गीत गाउँदै रवि ओड
मनोरञ्जन

मृगौला पीडितलाई सहयोग गर्न गीत गाउँदै रवि ओड

  • नागरिक रैबार
मृगौला पीडितलाई सहयोग गर्न गीत गाउँदै रवि ओड

काठमाण्डाै‌ १८ असार /नेपाल आइडल २ का विजेता रवि ओड नेपालगन्ज आउने भएका छन्।दुबै मृगौला फेलियर भएका हेमन्त सिंह ठकुरीको सहयोगार्थमा आयोजना गर्न लागिएको सांस्कृतिक कार्यक्रममा उनी पनि सहभागी हुन २० असारमा गायक ओड नेपालगन्जमा आउने भयका छन ।

उनले कार्यक्रममा कम्तीमा पनि ५ वटा गीत गाउनेछन्। ‘उनले गीत गाएवापत कुनै शुल्क लिने छैनन्। मृगौला पीडितको लागि निःशुल्क गाउन आउन लागेका हुन्,’ हेमन्त बचाउ अभियानका संयोजक आशिष मल्ल ठकुरीले मंगलबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा भनु वयको थियो।‘हामीले काठमाडौंबाट नेपालगन्ज आउने र जाने टिकट र होटलको व्यवस्था गरेका छौं ।

सहयोग जुटाउने अभियानमा उहाँ निःशुल्क गीत गाएर सहयोग गर्नुहुनेछ।’ कार्यक्रममा ओडका साथै लोक गायिका निर्मला थापा मगर, पप गायक÷गायिक विशाल निरौला र उमा गुरुङ भट्टराई, डान्सर मेघना मगरको प्रस्तुती रहनेछ। सल्यान जिल्लाको बानगाड कुपुण्डे नगरपालिका ७ घर भएका हेमन्त सिंह ठकुरीको विगत ८ महिनादेखि दुबै मृगौलाले काम गर्न छोडेको छ। त्यसैको लागि सहयोग जुटाउनु यो कार्यक्रम गरियको बताउनु भयको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार