होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाममा बस दुर्घटना, १८ जना घाइते
समाचार

अछाममा बस दुर्घटना, १८ जना घाइते

  • नागरिक रैबार
अछाममा बस दुर्घटना, १८ जना घाइते

अछाम १८ असार । अछामको साफेबगर नगरपालिका वडा न २ को झकालेमा बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदुत यातायातको ना ७ ख २५६४ नम्बरको बस बुधबार बिहान सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।

दुर्घटनामा परी १७ जना घाइते भएको छन्। घाइते मध्ये २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको उद्धार गरी उपचारका लागि बयालपाटा अस्पताल लगिएको प्रहरी निरीक्षक मोहन साउदले जानकारी दिए। दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बस दुर्घटनामा घाइते भएकाहरुको विस्तृत विवरण

विज्ञापन

१ जिल्ला बाँके कोहलपुर चपरगौरी बारा बस्ने १५ को प्रशान्त धिताल( देखिने चोट नभएको आवस्था गम्भिर,
२ जिल्ला बाजुरा स्वामीकार्तिक गापा( १ वस्ने बर्ष १८ को पदम कुमाल( टाउको र खुट्टमा चौट अवस्था गम्भिर,
३ जिल्ला कञ्चनपुर भिमदत्त नपा( ३ बस्ने वर्ष ३१ को ओम सिंह ठकुरी अवस्था सामान्य ९चालक०
४ ऐ।ऐ। ६ वस्ने वर्ष २१ को अशोक जोशी( बयाँ हातको कुम र कम्मरमा चोट अवस्था सामान्य ९सह(चालक०
५ जिल्ला हुम्ला गोठी गापा( ५ बस्ने वर्ष २४ को गजेन्द्र शही( दयाँ हात र कम्मरमा चोट अवस्था सामान्य,
६ जिल्ला बाजुरा स्वामी कार्तिक गापा( १ बस्ने वर्ष १८ को योगेश कुमाल( नाक, टाउकोमा चोट अवस्था सामान्य,
७ जिल्ला बाजुरा छेडदह गापा( १ बस्ने वर्ष ३० को विर बहादुर रावल( बयाँ आँखाको परेला र हातमा चोट अवस्था सामान्य,
८ जिल्ला अछाम चौरपाटी गापा( ७ बस्ने वर्ष ३१ की गंगा देवी बोगटी( बयाँ हात र ढाडमा चोट अवस्था सामान्य,
९ जिल्ला अछाम चौरपाटी गापा( ७ बस्ने वर्ष ३७ को विरेन्द्र बोगटी( बयाँ हात र ढाडमा चोट अवस्था सामान्य,
१० जिल्ला मुगु सेरी गापा( २ बस्ने वर्ष १९ को धननास योगी – बयाँ हात घुडामा चोट अवस्था सामान्य,
११ जिल्ला बाजुरा छेडदह गापा( ४ बस्ने वर्ष ३७ को लाल बहादुर धामी( हात र टाउकोमा चोट अवस्था सामान्य,
१२ जिल्ला मुगु सोलु गापा( ९ बस्ने वर्ष १८ को पदम योगी( बयाँ हात र नाकमा चोट अवस्था सामान्य,
१३ जिल्ला अछाम साँफेबगर नपा( २ वस्ने वर्ष ७६ को भोजराज रेग्मी( अनुहार, ढाडमा चोट अवस्था सामान्य,
१४ जिल्ला अछाम मेल्लेख गापा( ४ बस्ने वर्ष २२ को जहरी दाउद( दुवै हातखुट्टा र टाउकोमा चोट अवस्था सामान्य,
१५ जिल्ला कञ्चनपुर भिमदत्त नपा(६ बस्ने वर्ष २४ को निराजन शाह( टाउकोमा चोट अवस्था सामान्य,
१६ जिल्ला अछाम मेल्लेख गापा( ४ कुस्कोट बस्ने वर्ष २२ को खगेन्द्र साउद( बयाँ हातखुट्टा र कम्मरमा चोट अवस्था सामान्य,
१७ जिल्ला मुगु वस्ने बर्ष १५ को दिपेन्द्र योगी( ढाडमा चौट अवस्था सामान्य,
१८ जिल्ला बाजुरा बुढीगाँगा नपा( ८ बस्ने वर्ष ३५ को गोपाल बहादुर रावल( बयाँ पट्टीको करङमा चोट अवस्था सामान्य ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार