होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विद्यालयको अध्यक्ष बन्न शैक्षिक योग्यता तोकियो
देश/प्रदेश

विद्यालयको अध्यक्ष बन्न शैक्षिक योग्यता तोकियो

  • नागरिक रैबार
विद्यालयको अध्यक्ष बन्न शैक्षिक योग्यता तोकियो

काठमाडौं । शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ ।

नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावलीअनुसार माध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समितिको अध्यक्ष बन्न उच्च मावि तहको अनिवार्य शिक्षा उत्तीर्ण हुनुपर्र्ने नियम लागू गरेको हो ।

नगर शिक्षा समितिका संयोजक एवं नगर प्रमुख नरेन्द्र गुप्ताले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयको सञ्चालक समितिको अध्यक्षको शैक्षिक योग्यताले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले सो नियमावली कार्यान्वयनको थालनी गरिएको जानकारी दिनुभयो ।

विज्ञापन

सोही शैक्षिक योग्यताका आधारमा वडा शिक्षा समितिबाट सिफारिस भई आएका तीन जना नामावलीउपर नगर शिक्षा समितिले एक जनालाई विद्यालयको सञ्चालक समितिको अध्यक्ष पदमा बहाली गर्ने गरेको छ भने बाँकी सदस्य नियमानुसार चयन हुने गरेका छन् ।

यस निर्णयसँगै सामुदायिक विद्यालयका सञ्चालक समितिको अध्यक्षमा अध्ययन गरेको योग्य व्यक्ति आउने भएपछि विद्यालयको शैक्षिक गुणस्तर सुधारमा निकै सघाउ पुग्ने अपेक्षा गरिएको नगर प्रमुख एवं नगर शिक्षा समितिका संयोजक गुप्ताले बताउनुभयो ।

तत्कालको अवस्थामा नगरभित्र विद्यालय सञ्चालक समितिको म्याद सकिएका विद्यालयमा सोहीअनुसार नगर शिक्षा समितिले सञ्चालक समिति बनाउने गरेको छ । यसअगावै रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयका शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय गाभ्ने अभियान, आन्तरिक स्रोत व्यवस्थापनलगायतका काम थालनी गरिसकेको छ । रामग्राम नगरपालिकाभित्र जम्मा ३३ वटा सामुदायिक विद्यालय रहेका छन् । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार