होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिएको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकाको प्रवक्तामा आफूलाई जिम्मेवारी दिइएको जानकारी दिए । यसअघिका सरकारको प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिइ आगामी निर्वाचनमा भाग लिने जानकारी गराएसँगै सरकारको […]
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, निर्वाचन […]
बाजुरा जिल्लामा आगामी निर्वाचनका लागि मतदाता र मतदान संरचना सम्बन्धी विवरण सार्वजनिक गरिएको छ। प्राप्त तथ्यांकअनुसार जिल्लामा कुल ८७ हजार ८६१ जना मतदाता रहेका छन्। कुल मतदातामध्ये ४५ हजार ४२८ जना पुरुष र ४२ हजार ४३१ जना महिला रहेका छन् भने २ जना अन्य समूहका मतदाता रहेका छन्। निर्वाचनलाई व्यवस्थित र सहज बनाउन जिल्लाभरि ११८ […]
बाजुराकाे कोल्टी क्षेत्रका नागरिकहरूले लामो समयदेखि भोग्दै आएको सास्तीको अन्त्य भएको छ। यसअघि राष्ट्रिय परिचयपत्र बनाउनका लागि मार्तडी जानुपर्ने बाध्यता रहेकामा अब उक्त सेवा काेल्टीबाटै हुने भएकाे हाे। अबदेखि अनलाइन प्रणालीमार्फत कोल्टीमै राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था सुरु हुने भएकाे बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बाेहराले जानकारी दिए । यससँगै अफलाइन प्रक्रियाबाट मात्र राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने बाध्यता […]
नेकपा (एमाले) परित्याग गरेका प्रकाशबहादुर शाहलाई बाजुराबाट नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाका लागि सर्वसम्मत रुपमा एकल नाम सिफारिस गरेको छ । शाहलाई बाजुराकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा लड्नका लागि एकल नाम सर्वसम्मत सिफारिस गरिएको हो । उनले केहि महिना अघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओली ‘जबजको चिरहरणतर्फ अग्रसर’ भएको भन्दै पार्टी परित्याग गरेका थिए । […]
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा रहने बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आगामी निर्वाचन नलड्ने घोषणा सुनाउँदै शर्माले यस्तो बताएका हुन् । उनले बाँचुन्जेल क्षेत्र कब्जाको सोच राख्ने, सासले भ्याएसम्म मन्त्री बन्नुपर्ने राजनीतिको यस्तो प्रवृत्ति भत्काउन जरुरी रहेको बताए । ‘आफ्नो पावरझ ले भ्याएसम्म […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अहिलेसम्म निर्वाचनका लागि अनुकूल वातावरण सिर्जना गर्न नसकेको आरोप लगाएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीसहित राजनीतिक दलहरूबीच छलफल भए पनि त्यसको ठोस प्रभाव नदेखिएको बताएका छन् । छलफलपछिसमेत समग्र राजनीतिक परिस्थिति यथावत् रहेको उनको भनाइ थियो […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आजदेखि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिनपछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने जनाइएको छ । प्रवक्ता झाका अनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका […]
एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ । केहीबेरमा सुरु हुने भनिएको मतदान भोलि बिहान ८ बजेसम्मका लागि सरेको हो ।
नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवार नहुने भएका छन् ।२०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने भएसँगै उनको नाम सिफारिस गरिएको छैन । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय गरेको बताए ।‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई […]
बडीमालिका नगरपालिका-९ स्थित द्वारीका आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा वितरण गरिएकाे छ । जेपी कन्ट्रक्सन एण्ड सप्लायर्सकाे सहयाेगमा विद्यार्थीलाई न्यानाे लुगा वितरण गरिएकाे विद्यालयका प्रधानाध्यापक अमर बिश्वकर्माले बताएका छन् । उनका अनुसार द्वारीका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्षकाे आर्थिक सहयोगमा विद्यालयका विद्यार्थीहरूलाई न्यानो लुगा वितरण गरिएकाे हाे । बुधवार विद्यालयमा एक कार्यक्रमका बिच उक्त सामाग्री […]
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो क्वालिफायरमा पुगिसकेकाले […]
त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ […]
नेकपा–एमाले आज आन्तरिक एवं बाह्य दुवै मोर्चाबाट चौतर्फी दबाब झेलिरहेकै बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जारी गरेको लामो, बहुआयामिक तर अन्ततः विवाद र प्रतिस्पर्धा जन्माउने विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरंग र द्वन्द्वको बीउ रोपिदिएको छ । पार्टीले तत्कालै निर्वाचनमा जाने निर्णय गरिसकेको, राष्ट्र राजनीतिक संक्रमणको निर्णायक मोडमा पुगेको, र विदेशी तथा स्वदेशी दुवै शक्तिहरूले एमाले […]
त्रिभुवन विश्वविद्यालयका नियम तथा स्ववियु व्यवस्थापनसम्बन्धी विभिन्न त्रुटि र अनियमितता सच्याउन विद्यार्थी नेता धर्मराज तिमिल्सिनाले विश्वविद्यालय प्रशासनसँग माग गरेका छन्। तिमिल्सिनाले त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ८२, नियम २४८ मा “संघ–संगठन त्याग्न नपाइने” प्रावधान थप्न माग गरेका हुन्। उनका अनुसार, निर्वाचित स्ववियु पदाधिकारीले पदावधि पूरा नहुन्जेल संगठन परिवर्तन गर्न नपाउने […]
बाजुराको ग्रामीण गाउँ स्वामिकार्तिक खापर गाउँपालिका ३ काे जुकाेटमा जन्म भइ बाजुरामै हुर्केका प्रभाव शाही ठकुरी हाल नेपाली फिल्म उद्योग र रंगमञ्चमा उदाउँदै गरेका सशक्त कलाकार, निर्देशक समपादक र सामाजिक कार्यकर्ताका रूपमा चिनिन थालेका छन । सुदूरपश्चिमकाे दुर बाजुराबाट सुरु भएको उनको यात्रा अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला–मञ्चतर्फ उन्मुख हुँदै गएको छ। सुदूरपश्चिम प्रदेशका एक […]
मेडिकल व्यवसायी दुर्गा प्रसाईँ रिहा भएका छन् । आइतबार डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएपछि प्रसाईँ रिहा भएका हुन् । प्रसाईँका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा दायर गरेका थिए । अभिव्यक्तिलाई लिएर मात्र प्रसाईँलाई पक्राउ गरिनु संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लङ्घन हुने अदालतको आदेशमा भनिएको […]
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । एनपीएलमा एकएक […]
बाजुराका त्रिवेणी नगरपालिकास्थित तोली देवलडाँडा माध्यमिक विद्यालयमा मंसिर ६ गतेदेखि श्री बडीमालिका मष्टोदेवल ज्ञान–विज्ञान धार्मिक महा-महोत्सव आयाेजना हुने भएको छ । महायज्ञको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले गर्ने उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजक समितिले जनाएको छ। मंसिर ६ गतेबाट सुरु हुन लागेको धार्मिक एवं ज्ञान विज्ञान महा-महाेत्सव महायज्ञ मंसिर १४ गतेसम्म […]
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा आज काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दै छन्।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न ४ बजे काठमाडौं र सुदूरपश्चिम आमनेसामने हुन लागेका हुन्। प्रतियोगितामा काठमाडौंले एक खेल जितिसकेको छ भने सुदूरपश्चिमको पहिलो खेल हो।काठमाडौंले उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो।दोस्रो खेल पहिलो संस्करणको उपविजेतासँग खेल्न लागेको हो। […]