होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : पत्रकार खेम भण्डारी जेल चलान भएका छन्। कञ्चनपुर जिल्ला अदालतको असार ३० गतेको फैसला अनुसार ‘तुच्छ सजाय’को जेल भुक्तान गर्न भण्डारी जेल गएका हुन्। जिल्ला अदालतका तत्कालीन न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले असार ३० गते भण्डारीलाई ‘तुच्छ सजाय’ अन्तर्गत एक रुपैयाँ जरिवाना र एक घण्टा कैदको फैसला गरेको थियो। भण्डारीलाई अदालतले निर्मला प्रकरणलाई […]
डडेल्धुरा: डडेल्धुरामा बुहारी बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिकामा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ परेका हुन्। ३९ वर्षीय ससुरालाई २२ वर्षीया बुहारी पर्ने महिलालाई बलात्कार गरेको आरोपमा लागेको छ। डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार सोमबार साझ आरोपित ससुराले बुहारी नाता पर्ने २२ वर्षीया महिलालाई कोठामा गएर बलात्कार गरेका थिए। जबरजस्ती […]
काठमाडौँ — नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको छ । आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको ढुवानीकर्ताले आयाल निगमलाई जानकारी गराएका छन् । ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर ‘अपहरण’मा परेको […]
कैलालीमा छत बाट खसेर एक जनाको मृत्यु भएको छ। लम्की चुहा नगरपालिका १ मा रहेको राष्ट्रिय वाणिज्य बैङ्कको दोस्रो तला बाट खसेर बैङ्कमा कार्यालय सहयोगी रहेका दयाकृष्ण पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४६ वर्षीय पन्त दोस्रो तला बाट खसे पछि टाउको र छातीमा चोट लागेको थियो । उपचारका क्रममा टीकापुर अस्पतालमा […]
३ मंसिर, बैतडी । बैतडीमा मरेको कुखुराको मासु खाँदा आज एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका २ जरसौंका १५ बर्षीया पुष्पा पार्की रहेकी छिन् । मरेको मासु खाँदा एकैपरिवारका अन्य नौ जना बिरामी भएका छन् । शनिबार बेलुकी मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएको र आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले […]
माईती नेपाल कैलालीले गौरीफन्टा नाकाबाट दुई युवतीको उद्दार गरेको छ। विवाह गर्ने प्रलोभन देखाएर भारत लैजादै गरेको अवस्थामा आज दुई युवतीको उद्दार गरिएको माईती नेपालले जनाएको छ। माईती नेपाल कैलालीका प्रमुख शिवचरण चौधरीले भारत लैजादै गरेको अवस्थामा गौरीफन्टा नाकाबाट बैतडीको सिगास गाउँपालिकाकी २० वर्षीया रेखा (नाम परिवर्तन) र डोटीको सायल गाउँपालिकाकी १८ वर्षीया मधु(नाम परिवर्तन) […]
रमित विक/बाजुरा ३ मंसिर । जिल्लाको गौमुल गाउँपालिकाले विद्यालयमा नृत्य तथा संगित प्रशिक्षक नियुक्त गरेको छ । बालबालिकाहरुको पढाईमा उत्प्रेरणा जोगाउन र चौतर्फी विकास गर्नेका लागि दुई जना प्रशिक्षक गाउँ कार्यपालिकाको ३८ औं बैठकले नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताउनुभएको छ । गौमुल गाउँपालिका भित्र रहेका २२ वटै विद्यालयमा पुगेर विद्यार्थीलाई नृत्य सिकाउने […]
बाजुरा ३मंसिर । महिना अघि बाजुराको बुढीनन्दा दर्शनका लागी गएर वेपत्ता अवस्थामा रहेका पत्रकार तेजु खड्काका अवशेष भेटिएको छ। जिल्लाको लौरी विनायक भन्ने स्थानमा स्थानीयले उनको पर्स र झोला लगायतका सामान भेटाएको बताएका छन। अघिल्लो वर्ष भदौ ९ गते देखि वेपत्ता रहेका पत्रकार खड्काको सामान भेटिएपछि स्थानीयले इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेका थिए। स्थानीयले […]
र्चुला: भारतले नेपाली भूमि लिपुलेकसम्म पुग्न सडक निर्माण गरिरहेको छ। भारतले सन् २०२० सम्म दार्चुला सदरमुकामको सीमावर्ती बजार धारचुलाबाट उत्तरतिर लिपुलेक पुग्ने करिब ८५ किलोमिटर सडक निर्माण कार्यलाई पूरा गर्ने लक्ष्य लिएको छ। भारत सरकारले प्राथमिकतामा राखेको उक्त सडकको भारततिरको भूभाग मात्रै सडक बन्न नसकेको हो भने कालापानी क्षेत्रमा १० किलोमिटर (नाबिढाङसम्म) सडक निर्माण गरिसकेको छ। […]
काठमाडौं: राजधानीको माछापोखरीमा नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ। भारतले सीमा मिचेको विरोधमा नेविसंघले ‘लिपुलेक हाम्रै हो’ भन्दै मसाल जुलुस निकालेको थियो। जुलुसमा प्रहरीले धरपकड गरेको छ। जुलुसमा सहभागी २१ जना पक्राउ परेको नेविसंघले जनाएको छ।
बैतडी, मंसिर-२ ।भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ४ दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मंसिर ८ गते (नोभेम्बर २५ तारिख)मा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकोले सुरक्षा संवेदनशिलता कारण जनाउदै मंसिर ६ गते साँझ ५ बजेदेखि मंसिर […]
डोटी: डोटीको खप्तड राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका वन्यजन्तु पीडित परिवारलाई राहत वितरण गरिएको छ। ५ जना चितुवा र २ जना भालुको कारणबाट पिडित भएका ७ परिवारमा राहच वितराण गरिएको छ। राहत पाउनेहरूमा पुर्विचौकी गाउँपालिका-५ काडामाण्डौका भाने साउद, ददि धानुक चेतबहादुर धानुक सोहि गाउपालिकाका ३ न गैरागाउँका पदमे ठकुल्ला सायल गाउँपालिका वडा नं. ४ डौडका मान बहादुर बोगटी […]
भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन्। यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। स्थानीय समय अनुसार बिहानको समयमा दुर्घटना भएको हो। दुर्घटनास्थल राजस्थान राज्यको राजधानी […]
सुदूरपश्चिममा सवारी दुर्घटनामा परी तीन वर्षमा झण्डै साढे पाँच सय जनाको मृत्यु भएको छ। प्रदेशका नौ वटै जिल्लामा आर्थिक वर्ष २०७३/७४ देखि २०७५/७६ सम्म भएका पाँच सय ८२ वटा दुर्घटनामा पाँच सय २२ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार तीन वर्षको अवधीमा पाँच सय २२ जनाको मृत्यु हुँदा […]
हेटौंडा । प्रदेश नम्बर–३ को लोक सेवा आयोगको अध्यक्षमा सिफारिस पूर्व सचिव सुरेशमान श्रेष्ठको सपथ आज हेटौंडामा हुने भएको छ । आज दिउसो २–३० वजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम हुने भएको हो । यसअघिनै प्रदेशको लोकसेवा आयोगमा नियुक्त गर्नका लागि श्रेष्ठलाई सिफारिस गर्ने निर्णय भएको छ । आजको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख […]
नागरिक रैबार/बाजुरा २ मंसिर । बाजुरा बडीमालिका नगरपालिका सेल्लेना गाउँमा पहिलो पटक बत्ती बलेको छ । हाल सम्म विद्युत सुविधा नपुगेको सेल्लेना गाउँमा पहिलो पटक बिजुली बलेसंगै स्थानीयबासी खुशी भएका छन् । आईतबार नेपाली काँग्रेस बाजुराका सभापती कविराज पण्डितले मिटरबक्सकोे स्वीच अन गरेपछि सेल्लेनामा पहिलोपटक विद्युत बल्यो । बिजुली बलेपछि सेल्लेना गाउँका ९० घरधुरी उज्यालोमा […]
कार्तिक ३०, इलाम । भारतसँग सिमाना जाेडिएकाे इलामकाे सुन्दकपुरमा नेपाली विद्यार्थी पुगेर नेपालकाे राष्ट्रिय झण्ड फहराएका छन् । भारतले दशगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत विद्यार्थी शनिबार सुन्दकपुरमा पुगेर झण्डा फहराएका हुन् । जहाँआन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच सीमावर्ती क्षेत्र सन्दकपुरमा ढुंगा हानाहान भएको छ। अखिल नेपाल […]
प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको ३६ लाख रुपैयाँसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त कालिमाटीले उक्त रकमसहित आइतबार बिहान भारत बेतिया, जोगपट्टी थानाका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो। काठमाडौं-१४ कुलेश्वरमा डेरा गरी बस्ने उनले भारतीय नोट र हुण्डी कारोबार गर्ने गरेको सूचना पाएपछि बृत्तको टोली खोजीमा गएको थियो। प्रसादलाई डेराबाटै उक्त रकमसहित […]
कञ्चनपुरमा शनिबार मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारलाई किरिया खर्च सहित क्षतीपूर्ती दिने सहमती पछि अवरुद्ध राजमार्ग सुचारु भएको छ। मृतकका परिवारलाई क्षतीपूर्ती र कुटपिट गर्ने एसएसपीमाथि कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेका स्थानीयले सहमतीपछि राजमार्ग सुचारु गर्न दिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरिक्षक नैनसिह साउँदले तत्काल किरिया खर्च […]
नागरिक रैबार/बाजुरा १ मंसिर । जिल्ला कारागारमा रहेका कैदीवन्दीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । समरजित गुल्मको समन्वय र बडीमालिका नगरपालिकाको सहयोगमा कैदीबन्दीहरुलाई शैक्षिक सामाग्री स्वरुप ३० वटा कापी, ३० कलम, १५ वटा मार्कर र ह्वाइटबोर्ड सहयोग गरिएको हो । समरजित गुल्म थापाथली व्यारेक मार्तडी बाजुराले आईतबार कारागार परिसरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी कैदीबन्दीहरुलाई […]