होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ११, २०८१
जोडिनुहोस
आइतवार, कार्तिक ११, २०८१
  • होमपेज
  • समाचार
  • सिमानामा पुगे विद्यार्थी फहराए नेपालको भण्डा, भारतीय एसएसबीसँग झडप
समाचार

सिमानामा पुगे विद्यार्थी फहराए नेपालको भण्डा, भारतीय एसएसबीसँग झडप

  • नागरिक रैबार
सिमानामा पुगे विद्यार्थी फहराए नेपालको भण्डा, भारतीय एसएसबीसँग झडप

कार्तिक ३०,  इलाम । भारतसँग सिमाना जाेडिएकाे इलामकाे सुन्दकपुरमा नेपाली विद्यार्थी पुगेर नेपालकाे राष्ट्रिय झण्ड फहराएका छन् । भारतले दशगजा र नेपाली भूमिमा कब्जा जमाएको भन्दै फिर्ताको दबाबका लागि आन्दोलनरत विद्यार्थी शनिबार सुन्दकपुरमा पुगेर झण्डा फहराएका हुन् ।

जहाँआन्दोलनरत विद्यार्थी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बीच सीमावर्ती क्षेत्र सन्दकपुरमा ढुंगा हानाहान भएको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को नेतृत्वमा नेपाली राष्ट्रिय झन्डा फहराउन सन्दकपुर पुगेको टोलीलाई एसएसबीले अवरोध गर्न खोज्दा झडप भएको अनेरास्ववियु केन्द्रीय सदस्य रवीन्द्र सुवेदीले बताए।

‘शान्तिपुर्ण कार्यक्रमका लागी पुगेका विद्यार्थीहरुलाई एसएसबीले सन्दकपुरको भ्यु–पोइन्ट प्रवेश गर्न नदिएपछि झडप भएको हो’ उनले भने, ‘एसएसबीले निषेधित भनेर राखेको बोर्डसमेत विद्यार्थीले भत्काएर फ्याँकिदिएका छन ।’ सुवेदीको नेतृत्वमा भारतद्वारा अतिक्रमित भूमिमा नेपाली राष्ट्रिय झण्डा फहराउन शुक्रबार ३० जनाको संख्यामा अखिलको टोली सन्दकपुर पुगेको थियो।

विज्ञापन

इलाम सदरमुकामबाट ३६ किलाेमिटरकाे दुरी सुन्दकपुरमा गएका विद्यार्थी र केही स्थानीय गरी करिब ५० जनाले ‘भारतीय विस्तारवाद मूर्दावाद’ ‘सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै सन्दकपुर डाँडामा राष्ट्रिय झन्डासहित अखिलको झन्डासमेत फहराएका थिए। ‘अतिक्रमित क्षेत्रमा सुरुमा एकजना मात्र एसएसबीका जवान थिए।’ सुवेदीले भने, ‘हामीलाई तर्साउन ठूला समूहमा आएर उनीहरुले ढुंगामुढा गरेपछि हामीले प्रतिकार गर्दै राष्ट्रिय झन्डा फहराउन सफल भयौँ।’

भ्यु–पोइन्ट छेउ पुगेपछि एसएसबीले अवरोध गरेको तर विद्यार्थीले अवरोध राष्ट्रिय झण्ड फहराएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष प्रवेश पराजुलीले बताए । उनीहरूले गत बिहीबार सीमावर्ती क्षेत्र पशुपतिनगरमा पनि सीमा रक्षाका लागि नारा–जुलुस गरेका थिए। घटना भएपछि मात्र पशुपतिनगरको सिमा सुरक्षा बल सन्दकपुर पुगेको थियो।

प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रमअन्तर्गत छुट्याएको रकमबाट सन्दकपुर डाँडामा झन्डै एक करोडको लागतमा भौतिक पूर्वाधारका काम थालिएको थियो । तर भारतले सिमा सम्वन्धी बखेडा निकाल्दा सन्दकपुर डाँडामा भ्यु प्वाइन्टसहित १ सय मिटर पैदल मार्ग, प्रवेशद्वारलगायतका पूर्वाधार निर्माणको काम विगत केही समयदेखी अवरुद्ध बन्दै आएको थियो ।

त्यसैको विरोध गर्दै विद्यार्थीको टोली सन्दकपुर पुगेको हो।  भारतीय पक्षबाट सुरक्षाको प्रबन्ध भए पनि नेपालले भने विओपी स्थापना गर्न सकेको छैन।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार