होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु सर्वोच्च अदालतको ढोका ढकढक्याउन पुगेका छन् । बहुमत सांसदहरुको हस्ताक्षरसहित संसद विघटनको निर्णय बदरको माग गर्दै मंगलबार सो पार्टीका नेताहरुले रिट दायर गरेका हुन् । नेकपाकै सांसदहरु देव गुरुङ, शशी श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतका नेताहरु रिट बोकेर सर्वोच्चमा पुगेका थिए भने रिट दर्ता भइसकेको छ । उनीहरुले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद […]
नागरिक रैबार/बाजुरा ७ मंसिर। जिल्लाकाे सदरमुकाम मार्तडीमा चरेश जस्तो देखीने शंकास्पद कालो पदार्थ सहित एक महिला पक्राउ परेकी छन् । मंगलबार दिउसो सदरमुकाम मार्तडी बजारबाट ५ सय ग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित एक महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी प्रमुख मदनजित महराका अनुसार पक्राउ पर्नेमा गौमुल गाउँपालिका वडा […]
नागरिक रैबार बाजुरा ७ मंसिर बडीमालिका नगरपालिका वडा नं. ९ स्थित ओखलढंगा टोल सुधार समितिका महिलाहरुले मालिका मावि आसपास क्षेत्रको सरसफाई गरेका छन् । ओखलढुंगा टोल सुधार समितिकि अध्यक्ष सोधा नेपालीको नेतृत्वमा मालिका माविका भवनहरुको पछाडी रहेका नालाहरुमा थुप्रिएको फोहोरलाई सरसफाई गरेका हुन् । मालिका माविमा ४ जना विद्यार्थीमा कोरोना देखिएपछि गत आईतबारबाट १० दिनका […]
प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति घोषणा भएसँगै चुनावी खर्च कसरी जुट्छ भन्ने चासो बढ्न थालेको छ । यसपटक कोरोना प्रभावका कारण थलिएको अर्थतन्त्र र सरकारलाई आफ्नो दैनिक खर्चमै समस्या पर्ने अवस्थामा चुनावका लागि अतिरिक्त खर्च जुटाउँनै सकस हुने देखिन्छ । कतिपयले चुनावी खर्च जुटाउने एउटा स्रोत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट पनि हुनसक्ने […]
नेकपाभित्रको केपी ओली इतर समूहले माधव नेपाललाई पार्टी अध्यक्ष प्रस्ताव गरेको छ । मंगलबार कार्यकारी अध्यक्षप्रचण्डसहितको ओलीइतर समूहको स्थायी समिति बैठकले माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव गरेको एक स्थायी समिति सदस्यले जानकारी दिए । यस्तै बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै नेपाललाई नयाँ अध्यक्ष बनाउने सहितको प्रस्ताव केन्द्रीय समिति बैठकमा लगिएको छ । बैठकको […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बबरमहलमा बोलाएको केन्द्रीय कमिटीको बैठकलाई अोली पक्षले बैठक नभनेर व्यक्तिगत सल्लाहका लागि भएको भेला भएको प्रतिक्रिया दिएको छ । नेकपा अोली पक्षका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रचण्डले बोलाएको बैठक आधिकारिक नभएकाे बताए । ‘त्यो आपसी व्यक्तिगत छलफलका लागि बसेको होला, आधिकारिक होइन’ उनले भने । अोली पक्षको केन्द्रीय […]
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवी भण्डारीले संघीय संसद विघटन गर्न लिएको कदमले सबै तह तप्कामा प्रभाव पारेको छ।सुदूरपश्चिम प्रदेशस्थित ८८ वटा स्थानीय तह पनि निकै प्रभावित भएका छन्। अन्योलता सँगै रन्भुल्लको अवस्था सिर्जना भएको हो। विकासे गतिविधिमा सक्रिय स्थानीय तहको ध्यान एकाएक वैशाखमा हुने भनेर घोषणा भएको चुनावमा केन्द्रित भएको छ।यतिमात्रै होइन […]
धनगढी: सोमबार सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा झण्डै ३ सयको नमूना परीक्षण गर्दा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला डाटी, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ८९ जनाको परीक्षण गर्दा थप ४४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र […]
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन देशवासीलाई आह्वान गरेका छन् ।प्रतिनिधिसभाको विघटनको भोलिपल्ट आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले काम गर्न नपाएपछि ताजा जनादेशमा जाने निर्णय गरिएको र त्यसमा होमिन देशवासीलाई आह्वान गरेका हुन् । सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट […]
कैलाली । संघीय सरकार र सुदूरपश्चिमसहित ६ वटा प्रदेश सरकारको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भाँडभैलो भएपछि त्यसका बाछिटाहरु प्रदेश हुँदै तल्लो तहसम्म पुग्ने निश्चित नै छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटनका साथै आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गराउन राष्ट्रपतिसमक्ष सिफारिस गरेसँगै […]
अछाम– समाजमा कुरीति तथा विसङ्गतिका रूपमा चिनिँदै आएको सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः शुरु गरिएको छ । कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि यहाँका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान शुरु गरिएको हो । गृहमन्त्रालयले गएको वर्ष पुस ९ गते यहाँका प्रमुख जिल्ला अधिकारीलाई छाउपडी […]
कोरोना महामारीबीच खुलेको मोरङको रंगेली नगरपालिकास्थित एक विद्यालयका ५५ जना विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछि विद्यालय बन्द गरिएको छ । रंगेली नगरपालिका–४ आमतोलास्थित जनता माध्यमिक विद्यालयका कक्षा १ देखि ६ सम्मका ५५ जना विद्यार्थीहरुमा उच्च ज्वरोको समस्या देखिएपछि कोरोना संक्रमणको आशंकामा विद्यालय बन्द गरिएको छ । विद्यालयका अधिकांश कम उमेर समूहका नानीहरुमा उच्च ज्वरो देखिएको […]
बाजुराका जनप्रतिनिधिले मतदातासँग गरेका प्रतिबद्धतालाई यतिविघ्न उपेक्षा गरेका छन् कि– अहिले उनीहरूमध्ये धेरैलाई चुनावी घोषणापत्रको सम्झना पनि छैन । निमेन्द्र शाही, खोज पत्रकारिता केन्द्र २०७४ सालको स्थानीय चुनावमा बाजुराका ९ वटा स्थानीय तहमध्ये ६ वटामा नेपाली कांग्रेस र तीन वटामा तत्कालीन एमालेले जितेको थियो । निर्वाचनमा दुवै दलका उम्मेद्वारहरूले स्थानीय तहमा ५० शय्याको अस्पताल निर्माण, गाउँमै […]
नागरिक रैबार बाजुरा ६ पुस नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराको सदरमुकाम मार्तडी स्थित पार्टी कार्यालयमा रातारात ढाेकामा लगाईएकाे ताला फेरिएको छ । अाईतबार सांझ ढाेकामा लगाएकाे ताला एकाएक फाेडेर अर्काे ताला लगाएकाे पाईएकाे छ । कार्यालयमा रहेका कागजात रातारात गाईव गरिएका छन । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीको निर्देशनमा रातारात फाइलहरु गाईव गरिएको […]
नागरिक रैबार/बाजुरा ५ पुस। बाजुराका महिलाहरुलाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले सदरमुकाम मार्तडीमा ७ दिने अचार बनाउने सम्वन्धि तालिम सुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय र आईएन एफ नेपालको सहयोग तथा आयोजनामा यहाँका १५ जना महिलाहरुलाई ७ दिने अचार बनाउने तालिमको सूरु गरिएको हो । तालिम गत पुस २ गतेबाट संचालन गरिएको थियो […]
५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि सिफारिस गरेसँगै उनका कदमबारे विभिन्न कोणबाट टिप्पणी हुन थालेको छ । संविधानविद्हरुले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार संविधानले नदिएको जिकिर गरेका छन् । संविधानकै खिलाप हुनेगरी उनले चालेको यो कदमलाई धेरैले ‘प्रतिगमन’को संज्ञा दिएका छन् । प्रधानमन्त्रीलाई संसद विघटन गर्ने विशेषाधिकार २०४७ सालको संविधानले मात्र दिएको […]
नागरिक रैबार/बाजुरा ५ पुस। खप्तड मालिका युवा सञ्जाल बाजुराले शनिबार सामाजिक अभियान्ताहरुलाई स्वागत तथा उनीहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । सञ्जालले सामाजिक अभियान्ता ज्वाला संरौला र त्रिभुवन विश्व विद्यालयका चर्चित युवा विद्यार्थी हेमराज थापाको समुहलाई सदरमुकाम मार्तडीमा भव्य स्वागत सहित उनीहरुसंग अन्तरक्रिया गरेको हो । . सञ्जाले गरेको अभियान्ताहरुलाई स्वागत तथा अन्तरक्रिया […]
५ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको उनको सचिवालय स्रोत बताउँछ । ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको समूहले पनि ठोस मनस्थिति बनाइसकेका छैनन् […]
नागरिक रैबार बाजुरा ५ पुस जिल्लाकाे बडीमालिका नगरपालिका वडा नम्बर ८ र ९ का सामुदायिक तथा निजि विद्यालयहरू १० दिनका लागि बन्द गरिने भएका छन् । सदरमुकाम मार्तडी स्थित मालिका नमुना माद्यामिक विद्यालयका ४ जना विद्यार्थीमा काेराेना पाेजेटिभ देखिएपछि साे विद्यालय लगायत ८ र ९ का सबै सामुदायिक तथा निजि विद्यालय १० दिनका लागि बन्द […]