होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • देशैभरका दलित समुदायका पत्रकार बुटवलमा भेला हुँदै
समाचार

देशैभरका दलित समुदायका पत्रकार बुटवलमा भेला हुँदै

महाधिवेशनको तयारी पूरा

  • नागरिक रैबार
देशैभरका दलित समुदायका पत्रकार बुटवलमा भेला हुँदै

विनोद परियार,बुटवल २५ फागुन । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम महाधिवेशन फागुन २८, २९ र चैत १ गते बुटवलमा हुने भएको छ ।

सामाजिक तथा राजनैतिक हिसाबले समेत महत्वपूर्ण र सञ्चारमा मोफसलको राजधानीका रुपमा परिचित बुटवलमा देशैभरका ४ सय पत्रकार भेला हुने भएका हुन । संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

महाधिवेशनको पूर्वप्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महाधिवेसन उद्घाटन अघि फागुन २८ गते शुक्रबार बिहान ८ बजे पुष्पलाल पार्क, मिलनचौक, राजमार्ग चौराहा हुदै कार्यक्रम स्थल आम्रपाली कटेजसम्म साँस्कृतिक झाकी सहितको ¥याली निस्कने संघका अध्यक्ष विनोद पहाडीले जानकारी दिए ।

विज्ञापन

उद्घाटन समारोहमा पूर्वमन्त्री प्रतिनिसधा सदस्य छविलाल विश्वकर्मा, राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराई, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री मिन विश्वकर्मा, राजपाका नेता तथा पूर्वमन्त्री दानबहादुर चौधरी, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायतको सहभागिता हुनेछ ।

बुटवल ऐतिहासिक ठाउँ भएकाले यहाँ हुने कार्यक्रमले विभेद विरुद्ध राष्ट्रिय स्तरमा सन्देश दिने समेत अध्यक्ष पहाडीले बताए । महाधिवेसनमा टि.आर. विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, देवव्रत परियार (डि.वी. परियार) स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार, परशु सवरी पत्रकारिता पुरस्कार र राममाया च्यामे लोक पुरस्कार वितरण गरिने अध्यक्ष पहाडीले बताए ।

यसका साथै संघले दलित समुदायका सञ्चारकर्मीहरुका लागि लेखनवृत्तिसमेत प्रदान गर्ने छ । यसैगरि महाधिवेशनका अवसरमा “आमसञ्चार र समावेशिताको सवाल”, “मिडियामा महिला ः दलित महिला ?” र “दलित आन्दोलन युवा र आम सञ्चार” बिषयमा छुटाछुट्टै कार्यशाला गोष्ठि गर्ने उपाध्यक्ष गोपाल बराईलीले बताए ।

कार्यशालामा नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल, विष्णु निष्ठुरी, बरिष्ठ पत्रकार किशोर श्रेष्ठ, निर्मला शर्मा, रेम विश्वकर्मा, दलित युवा नेता पर्शुराम रम्तेल, गणेश विश्वकर्मा, दुर्गा सोब वक्ताका रुपमा प्रस्तुती रहनेछ ।

आमसञ्चार समापनका अवसरमा चैत १ मानवअधिकार तथा शान्ति समाजको संयोजन तथा बुटवलबाट प्रकाशन तथा प्रशारण भइरहेका सञ्चार गृहहरुको आयोजनामा देशभरका दलित समुदायका सञ्चारकर्मीहरुको सम्मानमा समता भोजको आयोजना केन्द्रीय सदस्य विनोद परियारले बताए ।

फागुन २८ गते साँझ चर्चित कलाकारहरुद्धारा सांगीतिक कार्यक्रम प्रस्तुत हुनेछ । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले राष्ट्रिय महाधिवेशन सफल बनाउन महासंघले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पत्रकार सम्मेलन संघका केन्द्रीय सदस्य तथा स्थानीय सचिवालय व्यवस्थापन समितिका संयोजक विनोद परियारको अध्यक्षता तथा संघका रुपन्देही अध्यक्ष टंक सुनारको सञ्चालनमा भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार