होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणीमा पनि मनाईयाे अन्तर्राष्ट्रिय महिला दिवस
समाचार

त्रिवेणीमा पनि मनाईयाे अन्तर्राष्ट्रिय महिला दिवस

  • नागरिक रैबार
त्रिवेणीमा पनि मनाईयाे अन्तर्राष्ट्रिय महिला दिवस

बाजुरा २४ फाल्गुन । त्रिवेणी नगरपालिका बाजुरामा पनि १ सय ११ औं अन्तराष्ट्रिय महिला दिवस मनाएको छ । हरेक वर्ष मार्च ८ तारिखलाई विश्वभर लैङ्गीक समानता र न्यायको पक्षमा वकालत गर्दै नारी दिवसको रुपमा मनाईदै आएका छन ।

नेपालमा पनि आजको दिन नारी दिवसको रुपमा विभिन्न जनचेतना मुलक कार्यक्रम , सडक नाटक गरेर मनाईने गरिन्छ । त्यस्तै त्रिवेणाी नगरपालिकामा पनि आज नगर प्रमुख रामसिंह रावल , उपमेहर राधिका देवि सुनार लगाएत नगरपालिकामा कार्यरत कर्मचारिहरुको सहभागितामा नगरपालिकामा नारी दिवश मनाएको छ भने दिउसो वडाहरुमा मनाइने उप प्रमुख रिधिका सुनारले बताउनु भएको छ । दिउसो वडाहरुमा बिभिन्न कार्यक्रमको आयोजना गरि नारि दिवश मनाईने नगरपालिकाले बताएको छ ।

यस वर्षको नारा महिला दिवसको नारा ‘महिला नेतृत्व: कोभिड १९ सँगै समान भविष्यको प्राप्ती’ भन्ने रहेको छ। समाजमा हुने सामाजिक घटना अझै पनि घटिरहेकोले त्यस्को न्युनिकरण अत्यकालागि बिभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ । नेपाली समाजमा हरेक महिलाहरुले यथोचित स्थान हाँसिल गर्न र घरेलु वा पारिवारिक हिंसामा महिलाहरुमाथि दमन, विभेद र अत्याचार भईरहेकोले त्यसको अन्त्येको लागि आजको दिनलाई महिलाहरुले बिविध कार्यक्रमको आयोजना गरि महिलादिवश मनाईने गरिन्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार