होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१८ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भूभागमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान […]
नागरिक रैबार/बाजुरा १७ असार। बडीमालिकाका नगरपालिका वडा नं ९ अनाईका बाढीपहिरो पिडित १२ दलित परिवारलाई राहात वितरण गरिएको छ । बडीमालिका मिडीया हाउसले अनाईको दलित बस्तीमै पुगेर उनीहरुलाई राहत वितरण गरेको बडिमालिका मिडिया हाउसका संचालक प्रकाश सिंहले बताएका छन् । मार्तडी-कोल्टी सडकखण्ड निर्माणका लागि भन्दै सडक निर्माण कम्पनिले सडक निर्माण गर्दा जथाभावी राखेको माटो असार […]
नागरिक रैबार/बाजुरा १७ असार। जिल्लाको बडीमालिका नगरपालिकाले सेवा क्षेत्र भित्रका विद्यालयहरु यही असार २५ गतेबाट खोल्ने तयारी गरेको छ । दोस्रो भेरियन्ट सहितको कोरोना महामारिका कारण गएको बैशाख पहिलो साताबाट बन्द रहेका विद्यालयहरु कोरोना महामारीे नियन्त्रणमा आएपछि नगरभित्रका विद्यालय खुलाउने तयारी गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा बसेको सरोकारवाला निकायको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालय […]
नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको सदरमुकाम मार्तडी बजारमा प्रधानमन्त्री ओली पक्ष र विपक्षी गठबन्धनका विद्यार्थीहरु विच दोहोरो झडप भएपछि मार्तडी बजारमा अहिले सुरक्षा व्यवस्था कडा गरिएको छ । मार्तडीको लोकतान्त्रिक चोक देखि गैरी बजार खुलामन्च अस्पताल रोड लगायतका ठाउँमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक बलेन्द्र नाथ सहित सयौंको संख्यामा नेपाल प्रहरी, शसत्र प्रहरी खटिएका […]
जिल्लाको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरीले बुढीनन्दा नगरपालिकाको विकासका लागि निरन्तर लागिरहेको बताएका छन् । भिडिसहित हेर्नुहोस ।
नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको गौमुल गाउँपालिकाको साविकको दहकोट गाविसका स्थानीयहरुलाई गाउँपालिकाको कार्यालयसम्म आवत जावत गर्न वर्षातमा जहिल्यै सास्ती हुने गरेको छ । साविकको दहकोट गाविसका स्थानीयहरुलाई गाउँपालिकाको कार्यालय घट्मुनासम्म आवतजावत गर्न वर्षातको समयमा निकै समस्या हुने गरेको छ । घटमुना देखि गाउँपालिकाको १ देखि ३ सम्म जानआउन अहिले पनि सिढिको सहारामा ज्यान नै जोखिममा […]
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। जसकारण प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ। महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति […]
नागरिक रैबार/बाजुरा १५ असार। पहिरोका कारण जेठको अन्तिम साताबाट अवरुद्ध बनेको साँफे-मार्तडी सडक आजबाट सूचारु भएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगत पर्ने दवारी देखि वल्दे सम्मको सडकमा पहिरो खसेपछि सदरमुकाम मार्तडीसम्मको सडक करिव ३ सातादेखि अवरुद्ध बनेको थियो । पहिरोका कारण अवरुद्ध बनेको सडकलाई सूचारु गर्न स्काइभेटरले सडकमा खसेको पहिरो सफा गरेपछि आजबाट […]
नागरिक रैबार/बाजुरा १५ असार । जिल्लाको गौमुल गाउँपालिकाले पनि अठाराैं राष्ट्रिय धान दिवस भव्यताका साथ मनाएको छ । धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि भन्ने मुल नाराका साथ गौमुल गाउँपालिकाको कृषि विकास शाखाले भव्यताका साथ आज धान दिवस मनाएको हो । धान दिवसको अवसरमा कृषकको खेतमै पुगेर गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकाया, उपाध्यक्ष सीता […]
काठमाडौँ- आज राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ ।कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने […]
नागरिक रैबार/बाजुरा १४ असार। आर्थिक अभावकै कारण जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ५ गोत्रीका २६ वर्षिया नविन बहादुर शाही यतिखेर काठमाण्डौंको विर अस्पतालको सैयामा छट्पटाईरहेका छन् । दुवै मृगौलामा समस्या देखिएपछि शाही अहिले काठमाण्डौंको विर अस्पतालमा मृगौलाको उपचारका लागि अस्पतालको सैयामा उपचाररत अवस्थामा रहेका छन् । आर्थिक अभावकै कारण दुवै मृगौला फेल भएका शाहीलाई अहिले […]
राजेन्द्र बिक/ बाजुरा १४असार । जिल्लाको बडिमालिका नगरपालिका वडा नम्बर ५मना मा आर्थिक बर्ष २०७७/२०७८मा वडामा संचालित योजना तथा कार्यक्रमहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। बडिमालिका नगरपालिका ५नम्बर वडा कार्यालयको आयोजनामा संचालन भएको कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष बलबहादुर थापाले गर्नु भएको थियो भने कार्यक्रममा वडा बाट निर्बाचित वडा सदस्यहरु,पार्टी प्रतिनिधिहरु ,उपभोक्ता समितिका सम्पुर्ण पदाधिकारी […]
नागरिक रैबार/बाजुरा १४ असार। नेकपा माओबादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेपाल कम्यूष्ट पार्टी (नेकपा) दुई बर्षको सामुहीक यात्रा पछि पुर्बवत अवस्थामा फर्कीदा बाजुरा जिल्लाका नेता तथा कार्यक्रताहरु पनि केही एमालेमा गएको हल्ला थियो । तर एमाले भएका भनिएका नेकपा माओबादी केन्द्रका प्रदेश कमिटी सदस्य मनलाल खत्री मिलनले भने आफु एमालेमा नगएको बताएका छन् […]
मदन विक/बाजुरा १३ असार। जिल्लाको सदरमुकाम मार्तडी पछिको दोस्रो ठुलो बजारका रुपमा परिचित बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी बजारको मुहार फेरिदै गएको छ । बजारमा साँघुरो बाटो, जथाभावी पाईपलाईन, अव्यवस्थित ढलनिकास र हिल्लाम्मे सडकका कारण वर्षौदेखि अब्यबस्थित बजारका रुपमा चिनिएको कोल्टी बजारले यतिबेला मुहार फेर्ने तयारी गरेको छ । जिल्लाका पुर्वीउत्तरी क्षेत्रका ३ गाउँपालिका र […]
नागरिक रैबार/बाजुरा १३ असार। जिल्लाको बुढीगंगा नगरपालिकामा ताँप्राका युवाहरुले तालावन्दी गरेका छन् । ताँप्री सेराको वस्ती जोगाउनका लागि तटवन्धन निर्माण गर्न सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला मन्त्रालयबाट ५० लाखको योजना कार्यान्वयन गर्न नगरपालिकालाई अख्तियारी दिएको भएपनि नगरपालिकाले योजना कार्यान्वयन गर्न आनाकानी गरेको भन्दै नगरपालिकाकै ताँप्राका युवाहरुले नगरपालिकामा तालावन्दी गरेको बताईएको छ । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला […]
बझाङ– सदरमुकाम नजिकै पर्ने जयपृथ्वी नगरपालिकास्थित देवल विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत प्रहरी वर्षौंदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन् । नगरपालिकाको कार्यालय तथा देवल विमानस्थल रहेकोे स्थानको विमानस्थल सुरक्षा गार्डको भवन जीर्ण हुँदा त्यहाँ कार्यरत प्रहरीहरु त्रासैत्रासमा रात बिताउँदै आएका छन् । वर्षा याममा भविभित्रै पानीको भेलले रात बिताउन सकस हुने गरेको विमानस्थलको सुरक्षामा खटिएका […]
मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ । मुख्यगरी प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपालि खुल्दै, पुनः पानी पर्दै तर देशैभरि ढाक्ने गरी […]
देशभरका ७५३ स्थानीय तहमध्ये अधिकांशले असार १० गते आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरे । बजेट घोषणाका क्रममा केही स्थानीय तहमा अनपेच्छित घटना भए । कतै कुटाकुट भयो, कतै नाराबाजी भयो । कतै ठेकदारहरुको धम्कीका कारण सुरक्षा घेराका वीच बजेट घोषणा गर्नुपर्यो । केही स्थानीय तहले रोचक निर्णय गरे । […]
धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहको गृह जिल्ला बाजुरामा अधिकांश बजेट विनियोजना भएको आरोप लागेको छ। पूर्वाधार कार्यालय अछाम मार्फत कार्यान्वयन हुने योजनाको संख्या र रकम समेत धेरै रहेको पाइएको हो। अर्थ मन्त्री शाहको गृह जिल्ला तथा एमाले नेता भीम रावलको प्रभावका कारण अन्य जिल्लाको तुलनामा अछाम र बाजुरामा पूर्वाधारका अधिकांश […]
सत्तारुढ नेकपा एमालेका नेताहरुले २० मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । एमालेले अदालतको आदेशलाई ‘अप्रत्याशित’ भनेको छ । नवनियुक्त मन्त्रीहरुलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्च अदालतले उपप्रधानमन्त्रीद्वय राजेन्द्र महतो र रघुवीर महासेठसहित २० मन्त्रीहरुलाई पदमुक्त गरिदिएपछि एमालेमा आक्रोश देखिएको छ । ‘सम्मानित सर्वोच्च अदालतबाट भएको […]