होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ जेठ । बाजुराको कोल्टीमा यहि जेठ २१ गतेका दिन जातीय भेदभाव तथा छुवाछुत विरुद्ध वृहत जागरण सभा आयोजना हुने भएको छ । जिल्लाका दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारमा यहाँका स्थानीय तहदेखि राज्य संयन्त्रले बन्चित गरेको भन्दै दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिन लागेको हो । जातीय भेदभाव […]
नागरिक रैबार/बाजुरा १५ जेठ । बाजुराको सदरमुकाम मार्तडी बजार संगै जाडिएको वडा हो बडीमालिका ९ । वडामा २०७९ देखि २०८२ जेठसम्म करिव ३ वर्षको अवधिमा भए गरेका कामहरुको विहिबार एक औपचारिक कार्यक्रमको आयोजना गरेर वडाले सार्वजनिक समिक्षा कार्यक्रमको आयोजना गरेको छ । सदरमुकाम मार्तडी बजारभित्रकै वडा भएपनि नगरपालिकाबाट ३ वर्षको अवधिमा नगरस्तरीय बजेटमा नगरको नेतृत्वले […]
काठमाडौं : आज १८ औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जननिर्वाचित पहिलो संविधानसभाबाट वि.सं. २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२ र ६३ को जगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस […]
काठमाडौं : सत्तारुढ दल नेकपा एमालेले गणतन्त्र दिवसलाई आज गौरव, गरिमा र एकताको उत्सवका रूपमा मनाउँदैछ। आइतबार बसेको सचिवालय बैठकले गणतन्त्र दिवसको दिन आज साँस्कृतिक झाँकीसहित देशभर उत्सव मनाउने निर्णय गरेको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए। एमालेले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउन काठमाडौं उपत्यकाका जनतालाई भृकुटीमण्डपमा उतार्दैछ भने जिल्ला-जिल्लामा पनि विशेष कार्यक्रम गर्दैछ। एमालेले […]
बिहीबार विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिन अर्थात् ७२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस। नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी यो दिवश भव्य रूपमा मनाइँदैछ। सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय […]
काठमाडौं– सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०८३ को वार्षिक बजेट सार्वजनिक गर्दैछ । आज दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नेछन् । संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन […]
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु नै बुद्धिमानी हुने टिप्पणी गर्नुभएको छ । मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद शर्माले संसद्मै स्वतन्त्र छानबिनको माग उठेको उल्लेख गर्दै गृहमन्त्री लेखकले मार्ग प्रशस्त गर्नु नै बुद्धिमानी हुने बताउनुभएको हो । उहाँले पार्टी पदाधिकारी बैठकले गरेको निर्णय स्वागतयोग्य भएपनि […]
नागरिक रैबार/बाजुरा १३ जेठ । बाजुराको जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा जीप दुर्घटनामा परेर घाइते भएका २ जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत उद्वार गरि नेपालगंज लगिएको छ । सोही दुर्घटनामा बुढीनन्दा नगरपालिका वडा २ का अन्दाजी बर्ष २५ का नन्द बहादुर तिरुवा र सोही वडाका अन्दाजी बर्ष २२ का लोकेन्द्र तिरुवा घाइते भएका थिए। घाईतेको उद्धारका […]
नागरिक रैबारबाजुरा १३ जेठ। बाजुराको जगन्नाथ गाउपालिका २ काडाकोटमा भएको जीप दुर्घटनामा परी नेपाल टेलिकम बाजुरा शाखाका कार्यालय प्रमुख सहित ३ जनाको मृत्यू भएको छ । जीप दुर्घटनामा परेर मृत्यु हुनेमा नेपाल टेलिकम शाखा कार्यालय बाजुराका कार्यालय प्रमुख वर्ष ४८ का लोक बहादुर खड्का, जीप चालक वर्ष ५७ का करनसिंह महतारा बडीमालिका ७ ढम्कनेका ३५ […]
नागरिक रैबार/बाजुरा १३ जेठ। बाजुरामा नेपाल टेलिकमको जीप दुर्घटनामा परेको छ। जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको जीप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकवाल हवारीका अनुसार टेलिकमकाे कामका लागि फिल्ड गइरहेको जीप सडकबाट ८० मिटर तल खसेको जानकारी दिए। उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत हुन सकेको छैन भने […]
नागरिक रैबार/बाजुरा १२ जेठ। बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ३ मा बाघको आक्रमण बाट भेडा र बाख्रा मरेका छन् । आईतवार राति सोही वडाको दल्लेडी गाउँका स्थानिय मदन बोहराको बाख्री खोरभित्र पसेको बाघले आक्रमण गर्दा ६ बाख्रा र ११ भेडा मरेका हुन् । गाउँ नजिकैको बाख्री घोरको पछाडिपट्टीको झ्याल फुटाएर भेडा, बाख्रा बाघले आक्रमण गरी […]
नेकपा (एमाले) को भातृ संगठन युवा संघ नेपालको नयाँ नेतृत्व चयन गर्न निर्वाचनको तयारी गरिएको छ। निर्वाचनका लागि शनिबार नै प्रतिनिधिको नामावली प्रकाशित भइसकेका छन् भने मतदान गर्न ४६ वटा इलेक्ट्रिक भोटिङ मेसिन ल्याइएको छ। संघको अध्यक्षका लागि वर्तमान अध्यक्ष क्षितिज थेबे र महाचिव सुमन पुरीबीच प्रतिस्पर्धा हुने संघका एक नेताले जानकारी दिए। अध्यक्षका दावेदार […]
भरतपुर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सर्वोच्चको निर्णयलाई मान्दै सभापति रवि लामिछानेको न्यायका निम्ति कानुनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् । आज चितवनको कालिका नगरपालिकाको प्रथम अधिवेशन उद्घाटन समारोहमा उनले न्यायका लागि कानुनी र राजनीतिक लडाइँमा एकजुट भएर लाग्ने बताए । “हिजो सर्वोच्चबाट अप्रिय निर्णय आएको छ, हामी धैर्यधारण गरेर शक्ति […]
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ । बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् । सत्ता साझेदार दलका सांसद एवं गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसाबारे प्रश्न उठेपछि […]
नागरिक रैबार/बाजुरा १० जेठ। रिटर्नी फेडेरेसन नेपाल बाजुराको द्रोसो अधिबेशन मार्तडीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट इन्द्र बहादुर धामिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटि गठन गरिएको छ ।
नागरिक रैबार/बाजुरा १० जेठ । बाजुराको सदरमुकाम मार्तडीमा बडीमालिका भक्तियोग समागम २०८२ सूरु भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खेलकुद परिसरमा एक औपचारिक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले उक्त कार्यक्रमको उद्धघाटन् गरेका हुन् । बडीमालिका भक्तियोग समागम मुल समारोह समिति मार्तडी बाजुराको आयोजनमा उक्त भक्तियोग कार्यक्रम सूरु भएको हो । […]
नागरिक रैबार/बाजुरा ९ जेठ ।बडीमालिका भक्तियोग समागम २०८२ भोलिबाट सूरु हुने भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खेलकुद परिसरमा एक औपचारिक कार्यक्रमका विच विधिवत रुपमा उद्घाटन गरि सूरु हुने भएको हो । बडीमालिका भक्ति योग समागम मुल समारोह समिति मार्तडी बाजुराको आयोजनमा उक्त भक्तियोग कार्यक्रम संचालन हुने भएको छ । शुक्रबार आयोजकले मार्तडीमा पत्रकार […]
नागरिक रैबार/बाजुरा ९ जेठ । बाजुराको बुढीगंगा नगरपालिकामा २ दिने नि:शुल्क आँखा शिविर संचालन हुने भएको छ । नेपाल नेत्रज्योति संघ र गेटा आँखा अस्पतालको आयोजनामा बाजुरा स्वास्थ्य चाैकी टाँटेमा यहि जेठ २० र २१ गते उक्त शिविर संचालन हुने भएको हो । २ दिन सम्म संचालन हुने उक्त शिविरमा मोतिविन्दु लगायत आँखाका रोगीहरुकाे निशुल्क […]
नागरिक रैबार/बाजुरा ९ जेठ । बाजुराको जगन्नाथ गाउँपालिकामा होटलमा राखेको पानी छोएको भन्दै दलित बालवालिकामाथि जातिय विभेदसहित कुटपिट भएको खुलेको छ । विहिबार अपरान्ह ५ बजे सोही गाउँपालिकाको ३ मा रहेको बेर्मा बजार नजिकै स्थानीय बाँचा भण्डारीको होटेलमा पानी छोएको निहुँमा दलित समुदायका ३ बालबालिकालाई जातीय विभेद गर्दै कुटपिट गरिेको खुलेको हो । बेर्मा बजारमा […]
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको १० औं राष्ट्रिय महाअधिवेशन पोखरामा शुक्रबारबाट सुरू हुँदैछ।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार मध्याह्न १२ बजे अमरसिंह चौर पोखरामा महाधिवेशन उद्घाटन गर्ने महासचिव सुमन पुरीले जानकारी दिए। अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र प्रतिनिधिहरू पोखरामा आउने क्रम पनि सुरू भइसकेको उनले बताए। उनका अनुसार महाधिवेशनमा १ हजार ७ […]