होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निर्वाचन आयोगले यही वैशाख ३० गते मतदानका दिन पानी पर्नेबारे सबै निर्वाचन अधिकृतलाई सूचना पठाएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाका आधारमा पानी पर्ने भएकोले सोही अनुसार व्यवस्थापन गर्न सबै अधिकृतहरूलाई निर्देशन दिइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनले भने–‘मौसमविद्हरुले चुनाव हुने दिन पानी पर्छ भनेका कारण त्यस कुरालाई आयोगले […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाको हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको छ ।सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । ‘सम्बन्धित […]
आगामी बिहीबार र शुक्रबार देशैभर आंशिकदेखि सामान्य बदली हुने भएको छ। पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको प्रभाव समेत मिसिएपछि मौसम सक्रिय हुने भएको हो। तर, बिहीबार र शुक्रबार भारी वर्षा भने नहुने जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ। आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचन हुन लागेकाले मतदातालाई वर्षा र चट्याङ पर्दा […]
नागरिक रैबार/बाजुरा २६ बैशाख। बाजुरा जिल्लाका ९ ओटै स्थानीय तहमा रहेका सबै मतदान केन्द्रमा निर्वाचन साम्रगी पुगेको छ । सबै भन्दा टाढा रहेको हिमाली गाउँपालिकाको गुम्बामा समेत मतदान अधिकृत सहित निर्वाचन साम्रगी पुगिसकेकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाजुरा जिल्लामा ५ सय ५८ जना […]
हुम्ला । घाँटी भित्र पिलो आएर सिकस्त भएकी तीन दिने सुत्केरीको हेलिकप्टबाट उद्धार गरिएको छ ।सर्केगार्ड गाउँपालिका–४ दुल्ली गाउँकी २४ वर्षीया चन्दा थापालाई हेलिकप्टरबाट सुर्खेत अस्पताल लगिएको जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन् । घाँटी भित्र पिलो आएर थुक निल्न र स्वास फेर्न नसक्ने भएपछि उद्धार गरिएको उनले बनाइन् ।पिलोको उपचार उपकरण […]
नागरिक रैबार /बाजुरा २६ बैशाख । नेकपा एमाले बडीमालिका नगर कमिटीले आज घरदैलो अभियानलाई सम्पन्न गर्ने भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका मेयर/उपमेयर, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुको मनोनयन दर्तापछि नेकपा एमाले बडीमालिका नगर कमिटीले बैशाख १८ गते नगरपालिकामा वडा नं. ४ को रिलाबाट चुनावी घरदैलो अभियान सुरु गरेको थियो । नगरका ९ […]
स्थानीय तहकाे मतदानकाे पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि माैन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयाेगले जनाएकाे छ ।आयाेगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन दिएकाे छ । निर्वाचनको […]
स्थानीय तहको निर्वाचनको मतदानको दिन अर्थात ३० वैशाखमा वर्षाको आँकलन गरिएपछि निर्वाचन आयोगले हरेक निर्वाचन केन्द्रमा पालरत्रिपालको व्यवस्था गर्न निर्देशन दिएको छ । वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित नहुने गरी जोगाउन र निर्वाचन सामग्रीसमेतको सुरक्षा गर्न आयोगले सरकारी निकायलाई निर्देशन दिएको हो । शुक्रबार बिहान ७ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मतदान […]
नागरिक रैबार/ बाजुरा २६ बैशाख । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन बाजुरामा शान्ति पूर्ण तरिकाले सम्पन्न गर्ने सर्वदलीय बैठकले निणर्य गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकमा सहभागि भएका राजनीतिक दलका प्रमुख नेताहरुले निर्वाचन आचार संहिताको,पूर्ण परिपालना गर्ने निणर्य गरेका हुन् । त्यसै गरी भोली २७ गते राति १२ […]
बाजुरा । बाजुराको हिमाली गाउँपालिका-४ फैती गाउँ राजनीतिका कारण दुई चिरामा विभाजित छ । २०५४ सालको स्थानीय चुनावदेखि कांग्रेस-एमालेको रुपमा विभाजित स्थानीयबीच एकअर्काको भोज र मलामीसमेत बाराबार हुनेगर्दछ । दुई कित्तामा विभाजित स्थानीयको मन अहिलेसम्म मिल्न नसकेको स्थानीय चक्र मल्ल बताउँछन् । ‘हामी सानै थियौं, त्यो बेलादेखि कांग्रेस र एमाले बीच गाउँमा विवाद थियो, अहिलेसम्म […]
सत्ता गठबन्धनको चुनावी सभा आज सुदूरपश्चिमको धनगढीमा हुँदै छ । धनगढीको रङ्गशालामा विहान ११ बजे हुने चुनावी सभालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्दै छन्। यसका लागि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार नै धनगढी पुगिसकेका छन् । देउवा आइतबार साँझ धनगढीस्थित आफ्नै निवासमा बसेका थिए भने प्रचण्डको बास […]
नागरिक रैबार बाजुरा २५ बैशाख। बाजुरा जिल्लामा ४ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार बाजुरामा दलित महिला सदस्यको कोटामा चार जना निर्विरोध निर्वाचित भएका हुन्। दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनेमा बुढीनन्दा नगरपालिका–४ मा एमालेबाट उम्मेद्वार बनेकी २६ वर्षीया बसन्ती चदारा, वडा नम्बर १० मा एमालेबाटै उम्मेदवारी दिएकी […]
नेपाल प्रहरीले चुनावी घरदैलोका क्रममा दलका नेता, उम्मेदवार तथा कार्यकर्ताहरूलाई अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन ग्रहणका निमित्त प्रस्ताव हुने गरेको र सो खाएपछि बिरामी पर्ने गरेको भन्दै सचेत रहन आग्रह गरेको छ । प्रहरीले एक सार्वजनिक सूचनामार्फत सगुन सेवनप्रश्चात कोही बेहोस हुने र कोही चक्कर लागेर लड्नेजस्ता घटनाहरु भएको पाइएको भन्दै सार्वजनिक सूचना निकालेको हो […]
नागरिक रैबार २५ बैशाख बाजुरा। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारीहरु खटाईएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका तथा मतदानकार्यमा चाहिने आवश्यक सामाग्री लिएर कर्मचारी गाउँ खटाईएको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ । बैशाख ३० गते हुने स्थानीय तहको […]
नागरिक रैबार बाजुरा २५ बैशाख बाजुरा जिल्लाका सरकारी कार्यालयका कामहरु भोलीबाट ३० गतेसम्म नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै जिल्लाका सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु २६ देखि ३० गते सम्म स्थगन गरिने बताएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरु खटिनु पर्ने भएकाले जिल्ला प्रशासन लगायतका […]
बाजुरा २४ बैशाख बाजुराकाे हिमाली गाउँपालिका ५ कवाडीमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप भएको छ । शनिवार साँझ ७ बजेतिर भएको झडपमा नेपाली कांग्रेसका ३ र एमालेका २ जना घाइते भएका छन् । नेकपा एमालेका कार्यकर्ता नेपालगञ्ज बाट आएर कवाडीमा झरेको बेला त्यहि रहेका काँग्रेस कार्यकर्ता बिच भनाभन हुदै ढुङ्गा हानाहन भएको […]
नागरिक रैबार/बाजुरा २४ बैशाख।जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ का नेपाली काँग्रेसका क्रियाशिल सदस्य गोपाल गिरी सहित १५ जनाले एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आज त्रिवेणी नगरपालिकाको वडा नं. ८ कालापानीमा गरेको चुनावी घरदैलो कार्यक्रममा गिरीसहित १५ जना नेपाली काँग्रेस छाडेर एमालेमा प्रवेश गरेको स्थानीय दिपक गिरीले बताएका छन् । उनका अनुसार नेपाली […]
नागरिक रैबार/बाजुरा २४ बैशाख। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. ९ मा हिजो भएको घटनामा सलग्न २ जना काँग्रेसका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रत्येक्ष संलग्न भएको भन्दै नेपाली काँग्रेसका नरेन्द्र सार्की र केशब कार्कीलाई प्रहरीले प्रक्राउ गरेर सदरमुकाम ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । पाण्डुसेन […]
नागरिक रैबार/बाजुरा २४ बैशाख।नेकपा एकिकृत समाजवादी बाजुराका सचिव पुरबहादुर रावत र बुढीनन्दा नगरपालिका वडा नं. ९ का वडा अध्यक्षका उम्मेदवार खड्क बोहरामाथि खुकुरी प्रहार भएको छ । नेकपा एकिकृत समाजवादी पार्टीबाट बुढीनन्दा नगरपालिका ९ को वडा अध्यक्षका उम्मेदवार बोहरा र जिल्ला सचिव रावतमाथि नेपाली काँग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेर घाईते बनाएको नेकपा एसले बाजुराले बताएको […]
नागरिक रैबार/बाजुरा २३ बैशाख। बाजुराको बुढिनन्दा नगरपालिका ९ पाँण्डुसेनमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीका कार्यकर्ताविच दोहोरो झडप भएको छ । झडपमा १६ जना प्रहरी र अन्य ४ जना गरी २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ। काँग्रेस कार्यकर्ताले चौकी आक्रमण गर्न खोज्दा १६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय […]