होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्री हेरफेरविरुद्ध उभिए एकीकृत समाजवादीका १० सांसद
समाचार

मन्त्री हेरफेरविरुद्ध उभिए एकीकृत समाजवादीका १० सांसद

  • नागरिक रैबार
मन्त्री हेरफेरविरुद्ध उभिए एकीकृत समाजवादीका १० सांसद

काठमाडौं । एकीकृत समाजवादीका १० सांसद मन्त्री हेरफेरको निर्णयविरुद्ध उभिएका छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८बुँदे ध्यानाकर्षण पत्र बुझाएकका उनीहरुले बजेटमाथि छलफल चलिरहेका बेला मन्त्रीमण्डल पुनर्गठन गर्न खोज्नुलाई स्वाभाविक मान्न नसकिने बताएका छन् ।

बिहीबार बुझाइएको ध्यानाकर्षण पत्र बुझाउने १० सांसदमा मन्त्रीबाट फिर्ता बोलाउने निर्णय भएका रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र कृष्णकुमार श्रेष्ठ पन् िछन् । यस्तै कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण, धनबहादुर बुढा र निरा जैरु छन् ।

एकीकृत समाजवादीले २२ जेठमा चार मन्त्री (रामकुमारी, विरोध, प्रेम र कृष्णकुमार)लाई फिर्ता बोलाउने निर्णय गरेको थियो । उनीहरुसँगै सरकारमा गएका स्वास्थ्यराज्यमन्त्री भवानी खापुङलाई भने मन्त्री बनाउने सिफारिस गरिएको छ । यस्तै मेटमणि चौधरी, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवरलाई मन्त्री र हिरा केसीलाई राज्यमन्त्री बनाउने निर्णय भएको थियो । कुँवर गैरसांसद हुन् ।

विज्ञापन

बजेटमाथि छलफल भइरहेको भन्दै प्रधानमन्त्री देउवाले तत्काल मन्त्री हेरफेर गरेनन् ।

अहिले फिर्ता बोलाइएका मन्त्रीहरुसहित १० सांसदले पार्टी निर्णयप्रति असन्तुष्ट जनाएका छन् ।

मन्त्रीहरुलाई अपराधी जस्तो व्यवहार गरिएको तथा बजेट पास भएपछि गठबन्धनमा सल्लाह गरेर निर्णय गर्ने निर्णय विपरीत आजै/भोलि नयाँ मन्त्रीलाई सपथ गराउन प्रधानमन्त्रीलाई दबाव दिनु अनुचित भएको उनीहरुले बताएका छन् । अध्यक्ष नेपाललाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छन्, ‘मन्त्रीहरुले संसदमा बजेटसम्बन्धी आफ्नो धारणा राख्ने र माननीय सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छाड्छौं भन्ने प्रतिवद्धतालाई कमजोरी ठानियो । यो व्यवहारप्रति हामी गम्भीर छौं ।’

१० सांसदले प्रस्तावित मन्त्रीहरु असमावेशी र असन्तुलित भएको समेत बताएका छन् । पालैपालो मन्त्री बनाउने नेतृत्वको भनाइलाई सही मान्ने हो भने सबैलाई एउटौ मापदण्ड नभएको, गैरसांसद र एउटै जिल्लाबाट दुई जना मन्त्री सिफारिस भएको र पुराना र नयाको सन्तुलन नमिलेको पनि सांसदहरले बताएका छन् ।

एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउँदा राज्यमन्त्री खापुङलाई मन्त्री बनाउने सिफारिस गरेको छ । गैरसांसद कुँवरलाई पर्यटनमन्त्री सिफारिस गरिएको छ भने दाङबाट मेटमणि चौधरी मन्त्री र हिरा केसी राज्यमन्त्री सिफारिस भएका छन् । नयाँ टिममा महिला र कर्णालीको पनि प्रतिनिधित्व छैन ।

१० सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन तथा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलन र समावेशी सिद्धान्तका आधारमा सिफारिस गर्न माग गरेका छन् ।

ध्यानाकर्षण पत्र बुझाउने मध्येका एक सांसद गोपाल बम भन्छन्, ‘आज पोलिटब्यूरोको बैठक छ, भोलि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । त्यहाँ छलफल होस्, मन्त्री हेरफेरको निर्णयमा भएका कमीकमजोरीबारे नेतृत्वको ध्यान पुगोस् भनेर हामीले ध्यानाकर्षण्मा गराएका हौं ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार