होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथका कृषकलाई उन्नत जातका बाख्रा र फलफुलका विरुवा वितरण
समाचार

जगन्नाथका कृषकलाई उन्नत जातका बाख्रा र फलफुलका विरुवा वितरण

  • नागरिक रैबार
जगन्नाथका कृषकलाई उन्नत जातका बाख्रा र फलफुलका विरुवा वितरण

नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको जगन्नाथ गाउँपालिकाले गाउँपालिकाका कृषकलाई उन्नत जातका बाख्रा र फलफुलका विरुवाहरु वितरण गरेको छ ।

गाउँपालिकाले गाउँपालिका भित्रका जनताको आयआर्जन बढाउने उद्वेश्यले वडा नं १ देखि ६ सम्मका किसानहरूलाई कृषि विकास शाखा बाट पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा र पशुसेवा शाखाबाट १६० वटा उन्नत जातका बाख्रा र १२ वटा बोयर जातका बोका वितरण गरिएको गाउँपालिकाको रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् ।

गाउँपालिकाले भख्ररै सम्पन्न गरेको गाउँ सभाबाट गाउँपालिका भित्र दलहन बाली, तरकारी र फलफूल (आप,कागती, सुन्तला, किवि, ओखर, स्याउ र केरा)जातका बिरुवालाई उच्च प्राथमिकता दिई व्यवसायीक खेति गर्न किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम समेत वार्षिक तथा निति कार्यक्रममा राखेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार