होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् ।नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् । विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते सपथ […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कारबाहीको माग गर्दै उजुरी परेको छ । संघीय संसद सचिवालयमा आइतबार उनीविरुद्ध उजुरी परेको हो । सांसदसमेत रहेका आलेलाई सांसदको आचारसंहिता उल्लंघन गरी अपशब्द बालेको तथा धम्क्याउनु कार्यमा संलग्न भएकाले कानुनी कारबाहीको माग गर्दै सचिवालयमा उजुरी परेको हो । अधिवक्ताद्वय किशोर पौडेल र अनुपम भट्टराई तथा कानुनकी विद्यार्थी […]
धनगढीः संघीय सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमका ८८ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकालाई अनुदान दिने भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत उपमहानगरपालिका ९६ करोड ४८ लाख रुपैयाँ संघिय सरकाबाट अनुदानका रुपमा पाउने भएको हो। चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो। यस्तै प्रदेशका ८८ पालिकामध्ये सबैभन्दा कम भने बझाङको सुर्मा गाउँपालिकाले […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरिसकेको छ। झण्डै पौने ३७ अर्बको बजेटमा प्रत्येक अनुच्छेदमा नारा भेट्न सकिन्छ। अधिकांश कार्यक्रम नारामा नै अडिएको प्रदेशको बजेटले ‘आत्मनिर्भर कृषि, प्रदेशको समृद्धि’ नारा दिएर आगामी आर्थिक वर्षको कृषितर्फको बजेट ल्याएको छ। ‘नमुना गाउँ आफै बनाउँ’ नारा दिएर २५ करोड विनियोजन गरिएको छ। आगामी […]
नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अमेरिकाको ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपालले कुनै पनि हालतमा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी सम्झौताबारे भन्दै बाहिर आएको मस्यौदा नेपालको हितमा नरहेको रायमाझीको दाबी छ । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीलेभने–‘एसपीपीको ऐतिहासिक पृष्ठभूमिको बारेमा अझै प्रष्ट र यथार्थ […]
नागरिक रैबार बाजुरा २ असार बाजुराकाे बुढीगंगा नगरपालिकाकाे निर्वाचन यहि असार २३ गते गर्ने सर्वदलीय बैठकले निर्णय गरेकाे छ । बिहिबार सदरमुकाम मार्तडीमा बसेकाे सर्वदलीय बैठकमा सहभागी ६ वटा राजनीतिक दलकाे सहमतिपछि असार २३ गतेकाे मिति ताेकिएकाे मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् । यस अघि बैशाख ३० गते भएकाे निर्वाचनलाई निर्वाचन आयाेगले […]
नागरिक रैबार/बाजुरा १ असार। बडीमालिका नगरपालिकाका नयाँ जनप्रतिनिधीहरुले पहिलो पटक सदरमुकाम मार्तडीमा रहेको बृहत खानेपानीको अनगुगमन गरेका छन । बुधबार विहान सदरमुकाम मार्तडीको खानेपानीको दिगोपना तथा ब्यबस्थापनका लागि उनीहरुले अनुगमन गरिएको हो । सदरमुकाम मार्तडीमा लामो समय देखी खानेपानी समस्याको समाधानका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल र योजना बनाउनका लागि अनुगमन गरिएको बडिमालिका […]
३ वर्ष अगाडि अर्थात २०७६ जेठ ३१ गते “शान्ति, सुशासन, सम्वृद्धि र स्वाभिमान” भन्ने मुल नाराका साथ नागरिक रैबार डटकम अनलाईनको सुभारम्भ गरेका थियौं । २०७९ जेठ ३१ गते अर्थात हिजोबाट नागरिक रैबार डटकमको चौथो वर्षको सुरुवात भएको छ । स्थापनाको तेस्रो वर्ष पुरा गरि हामी नयाँ संकल्प र योजनासहित चौथो वर्षको नयाँ अध्यायमा प्रवेश […]
काठमाडौं । कानुनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपालमा २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाउने कानुनी व्यवस्था वैज्ञानिक नभएको बताएका छन् । त्यसैले मन्त्रालयले त्यसमा पुनरावलोकनको गृहकार्य थालिसकेको उनले जानकारी दिए । बुधबारको व्यवस्थापिका संसदको बैठकमा बोल्दै मन्त्री कोइरालाले २० वर्ष पुगेपछि मात्रै बिहे गर्न पाइने कानुनी व्यवस्थाले अपराध बढाइरहेको बताए । ‘१६ वर्षमा नागरिकता पाउँछ, […]
नागरिक रैबार/बाजुरा १ असार। जबरजस्ती करणी गरेको आरोपमा बाजुराका तीन जना पक्राउ परेका छन् । जेठ महिनाभित्र बजरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जबरजस्ती करणी उद्योग गर्ने बडीमालिका नगरपालिका–१ का १८ वर्षीय हर्कबहादुर दानी जेठ २५ गते शनिबार बेलुका पक्राउ परेका छन् । सदरमुकाम मार्तडीबाट घर जादै […]
नागरिक रैबार/बाजुरा ३१ जेठ।बुढीगंगा नगरपालिकाको पुन: निर्वाचनको मिति तोक्नका लागि बसेको सर्वदलीय बैठक निश्कर्ष विहिन भएको छ । सर्वदलिय बैठक मार्फत पुन: निर्वाचन गर्ने मिति तोक्न आज चौथो पटक बसेको सर्वदलीय बैठक निष्कर्ष बिहिन बनेको हो । यस अघि गएको शुक्रबार बसेको सर्वदलीय बैठकले बुढीगंगाको निर्वाचनको मिति तोक्न जेठ ३१ गतेका लागि पुनः बैठक बोलाएको […]
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो । आयोगले कुनै पेशा, व्यवसाय वा अन्य कुनै कारणले एक जिल्लामा बसोबास गरिरहेका नागरिकले उसको स्थायी ठेगानामा रहने गरी […]
नागरिक रैबार/बाजुरा ३१जेठ। बाजुरा जिल्ला बिपत ब्यबस्थापन समितिको आज बसेको बैठकले मनसुनजन्य बिपत प्रभाबित १ सय ६८ परिवारलाई पुन निर्माण तथा अस्थाई आवास निर्माण गर्न पहिलो किस्ता बापतको रकमकाे अनुमाेदन गरिएकाे छ । अघिल्लो बर्षको कार्तिकमा आएको अबिरल बर्षाका कारणले बिस्तापित १ सय ६८ परिवारलाई पहिलो किस्ता बाफत एक करोड २६ लाख रुपैया खर्चकाे बैठकले […]
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, द्वितीय श्रेणी शिक्षक पदको मिति २०७८ चैत २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले लिखित परीक्षामा उत्तीर्ण हुनेको अन्तर्वार्ता असार २१ गते हुने जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेद्वारले असार ६ गतेसम्म कार्यलय समयभित्र तोकिएको राजस्व […]
निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्नेगरी तयारी गरेको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कानुन अनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको बताए । चुनावको मिति तोक्नका लागि आयोगले सोही मिति सरकारलाई सिफारिस गर्ने उनले बताए । शर्माले […]
काठमाडौ– गत बैशाख ३० गते देशभरका ७५३ स्थानीय तहमा निर्वाचन सम्पन्न भयो। त्यसमध्ये ७५२ स्थानको नजिता सार्वजनिक भएको छ। तर, बाजुराको बुढीगंगा नगरपालिकामा भने मतदान सम्पन्न भएपछि मतगणना नै भएन। उक्त नगरपालिकामा सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमाले दुवै पार्टीले बूथ कब्जा गरेर मृत्यु भइसकेका व्यक्तिको नाममा पनि मतदान गरेको पाइएपछि आयोगले […]
पोखरा- गत बैशाख २६ गते । एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । […]
काठमाडौं । देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव […]
काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राति २:३६ मिनेटमा ४.७ म्याग्नेच्युटको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको चागुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले जनाएको छ । राति भूकम्पको धक्का महसुस भएपछि काठमाडौं उपत्यकावासी त्रसित […]