होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रेस चौतारी बाजुराको ऐतिहासिक वैठक बडीमालिकामा
समाचार

प्रेस चौतारी बाजुराको ऐतिहासिक वैठक बडीमालिकामा

  • नागरिक रैबार
प्रेस चौतारी बाजुराको ऐतिहासिक वैठक बडीमालिकामा

नागरिक रैबार/बाजुरा २८ साउन। प्रेस चौतारी नेपाल बाजुराले धार्मीक आस्थाको धरोहर बडीमालिका क्षेत्रको त्रिवेणी पाटनमा एतिहासिक बैठक सम्पन्न गरेको छ । बडीमालिका तिर्थ यात्राको अवसर पारेर प्रकृतिको अनुपम उपहार २२ पाटन क्षेत्र त्रिवेणी धाममा प्रेस चौतारीले एतिहासिक बैठक सम्पन्न गरेको हो ।

बैठक बसेको स्थल करिब ४ हजार १ सय बढीको उचाइमा पर्छ । बडीमालिका क्षेत्रको प्रवद्र्धनका लागि त्रिवेणी पाटन क्षेत्रमा बैठक बसेको प्रेस चौतारी बाजुराका जिल्ला उपाध्यक्ष मदन विकले बताएका छन् । एतिहासिक बैठक प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटीसँगको समन्वयमा बसेको उपाध्यक्ष विकले बताएका छन् । बडीमालिका क्षेत्रमा पहिलो पटक आयोजना गरिएको बैठकलाई प्रेस चौतारी नेपाल बाजुराले ऐतिहासिक रहेको बताएको छ ।

No description available.

विज्ञापन

बडीमालिका क्षेत्रमा संस्थागत बैठक बस्ने प्रेस चौतारी नै पहिलो संगठनका रुपमा परिचित बनेको छ । यस अघि २०६७ सालमा रानीवन स्पोर्टस क्लबले पहिलो पटक त्रिवेणी पाटन क्षेत्रमा फूटबलको आयोजना गरेको थियो । त्यसपछि संस्थागत रुपमा बैठक नै बसेर बडीमालिका क्षेत्रको प्रवद्र्धनमा लाग्ने प्रेस चौतारी नै पहिलो संस्था बनेको छ ।

त्रिवेणी पाटन क्षेत्रमा बसेको बैठकले तीन बुदेँ बडीमालिका घोषणा पत्र जारी गरेको प्रेस चौतारी सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्ण ओलीले बताएका छन् । बडीमालिका क्षेत्रको प्रवद्र्धन र विकासमा सरोकारवाला पक्षको ध्यान केन्द्रीत गराउन र बडीमालिका यात्रा र अवलोकनलाई सहज बनाउन दबाब सिर्जना गर्न बैठक आयोजना गरिएको हो ।

बैठकले तीन बुँदे बडीमालिका घोषणा पत्र जारी छ । प्रेस चाैतारीका जिल्ला उपाध्यक्ष मदन विकको अध्यक्षतामा बसेको बैठकले बडीमालिका क्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा विकास गर्न सम्बन्धी निकायसँग माग गर्ने निणर्य गरेको छ ।

यस्तै बडीमालिका क्षेत्रमा जाने भक्तजन र दर्शनार्थीहरुको सहजताका लागि खानेपानी र बास घरहरु निर्माण, त्रिवेणी पाटन क्षेत्रलाई जिरो किलोमिटर बनाउने गरि सडक निर्माण गर्न सम्बन्धीत पालिकालाई अनुरोध गर्ने र बडीमालिका क्षेत्रलाई विश्व पर्यटन बजारमा चिनाउन प्रेस चौतारीका तर्फबाट व्यापक प्रचार प्रसार र प्रर्वद्धनका गतिविधी सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख गरेको छ ।

No description available.

बैठकमा बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानीयाँ प्रमुख अतिथि थिए, भने उपप्रमुख माया कुँवर विशिष्ठ अतिथि थिए । प्रेस चौतारीका प्रदेश सदस्य पदम सिंहले सञ्चालन गरेको बैठकमा प्रदेश अध्यक्ष कृष्ण ओलीले उदेश्य र बडीमालिका क्षेत्रको प्रवद्र्धन र विकासका लागि चौतारीले सञ्चालन गर्ने आगामी गतिविधी बारे जानकारी गराएका थिए ।

प्रेस चौतारी नेपालले सुरुवाद गरेको अभियानले बडीमालिका क्षेत्रको प्रवद्र्धन र विकासका लागि महत्वपूणर् योगदान गर्ने र यो बैठकको चर्चा इतिहासको कालखण्डसम्म रहने चौतारीका पूर्व केन्द्रीय सदस्य एवं नेकपा एमाले अछामका सदस्य पुष्ट भटट्ले बताएका छन् ।

प्रकृतिले मन जितेपछि संरचनाले दर्शनार्थीहरुलाई सास्ती भोग्नु परेकोमा प्रेस चौतारी नेपाल बाजुराको बैठकले चिन्ता व्यक्त गरेको छ । बैठकका प्रमुख अतिथि बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनीयाले बडीमालिका क्षेत्रलाई विकाउन नसक्नु बाजुरा बासीलाई लागि ठूलो क्षतिको विषय भएकोले सबै पालिका र छिमेकी जिल्ला बीचको आपसी सहकार्यमा सुविधा र संरचना विकासमा बिशेष जोड दिने बताएका छन् ।

२२ पाटन क्षेत्रले भरिपूणर् बडीमालिका क्षेत्र धार्मीक आस्थाका धरोहर र सुन्दरताको खानीका रुपमा परिचित छ । चौतारीले गरेको प्रयासलाई बडीमालिका पुगेका दर्शनार्थी भक्तजनहरुले ऐतिहासिक र राम्रो सुरुवाद भनेका छन् । बडीमालिकाको विकास नै सुदूरको समृद्धि भएकोले सुदूरको स्वर्ग बडीमालिका क्षेत्रको विकास अति जरुरी रहेको बताएका छन् ।

बडीमालिका यात्रामा यो पटक पूर्व झापादेखि पश्चिम दार्चुलाका दर्शनार्थीहरु सहभागि थिए । बडीमालिका पूजा व्यवस्थापन टिम स्काउटका संयोजक एवं सुदूरपश्चिम स्काउटका संयोजक नरेन्द्र थापाका अनुसार ५० बढी जिल्लाका दर्शनार्थीले यो पटक बडीमालिका दर्शन गरेको बताएका छन् ।

No description available.

भारतको कुमाउ, गडवाल, अल्मोडा र हिमाञ्चल प्रदेशबाट पनि दर्शनार्थी आएका थिए । यो पटक अहिलेसम्मकै बढी करिब १५ हजार बढी दर्शनार्थीले मेलामा भाग लिएको पुजारी खलकहरुको दाबी छ । बडीमालिका यात्रामा खानेपानी देखि शौचालय, बस्ने बास देखि हिँड्ने बाटोको निकै असुविधा छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै