होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न सांसद महेश बस्नेतको माग
समाचार

महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न सांसद महेश बस्नेतको माग

  • नागरिक रैबार
महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न सांसद महेश बस्नेतको माग

नेकपा एमालेका सांसद महेश बस्नेतले महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई निलम्बन गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएर चाँगु नारायण इन्जिनियरिङ कलेजको मुद्धा दबाउन खोजेका लम्बोदर न्यौपाने र महान्यायाधिवक्ता खम्बबहादुर खातीबीच यही साउन १९ गते भेटवार्ता भएको र सोको उदेश्य सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गरेर उच्च अदालतले ठगी हैन बेरुजु भनेको मुद्दालाई प्रभावित गर्न खोजेको आरोप लगाए । उनले खम्बबहादुर खाती विभिन्न हिसाबले विवादित ब्यक्ति रहेको दावी गरे ।

सांसद बस्नेतले भने–‘ खम्बबहादुर खातीले ललितपुरको इमाडोलस्थित १३ वर्षीय बालिकामाथि भएको मुद्दा दबाउने भूमिका खेल्नुभएको छ । बुढीगंगा गाउँपालिकामा आफ्नो दाइलाई जिताउन बुथ कब्जादेखि अनेक हर्कत गर्नुभएको छ । बालुवाटार प्रकरणमा सीआईबीले २०७८ पौषमा पेस गरेको फाइल अनुसन्धान पूरा नभएको भनेर फिर्ता पठाउने र हदम्याद गुजार्ने काममा लाग्नुभएको छ । बलात्कार आरोपी सिद्धबाबालाई जोगाउन लाग्नुभएको छ । ज्यान मार्ने कसुरका काँग्रेस कार्यकर्तालाई जोगाउन लाग्नुभएको छ । योगेश्वर अमात्यको बारामा रहेको १२ बिघा जग्गालाई नक्कली पुर्जा बनाउने काममा उहाँ संलग्न हुनुभएको छ । कुमारी बैंकका कर्मचारी मिलेर संगठित ठगी कार्यमा उहाँ संलग्न हुनुहुन्छ । नेपाल सरकारको सरकारवादी मुद्दा हेर्ने यस्ता अपराधीलाई सो पदमा कुनै हालतमा राख्नुहुँदैन ।’

उनले तत्काल प्रधानमन्त्री शेरबहादुर देउवालाई खम्बबहादुर खातीलाई महान्यायाधिवक्ताबाट निलम्बन गर्न माग गरे ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार