होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरालाइ पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
समाचार

बाजुरालाइ पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

  • नागरिक रैबार
बाजुरालाइ पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

नागरिक रैबार/बाजुरा ३० साउन। बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ बाजुरालाई सोमबार एक कार्यक्रममा बिच पुर्ण खोप सुनिश्चितता जिल्ला घोषाणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिको आयोजनामा बडिमालिका नगरपालिकाकाे हलमा एक औपचारीक कार्यक्रमका बिच अाज पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।

बाजुराका ९ वटा पालिकाका ६९ वटै वडाहरूमा कोहि पनि खोप लगाउन बाट बन्चित नभई सबैले पाउनु पर्ने खोप नियमित पाएपछि जिल्लालाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख चन्दले बताए । बाजुरालाई सुदुर पश्चिम प्रदेशको ९ औँ स्थान र देशभरका जिल्लाहरुमा २२ औँ जिल्लाको रुपमा पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए ।

पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुल्सीराम रोकायाको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा बिषिष्ठ अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का बुढिगंगा नगरपालिकाकी नगर उप प्रमुख माया कुमारी खड्का कुँवर, गौमुल गाउँपालिकाकी उपाअध्यक्ष सिता थापा, त्रिबेणी नगरपालिकाका कार्यबाहक नगर प्रमुख र प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारी रहेका थिए ।

विज्ञापन

स्वास्थ्य कार्यालय बाजुराका कम्पुटर अपरेटर प्रशान्तराज जोशीले संचालन गरेको कार्यक्रमको स्वागत स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेस चन्दले गरेका थिए । कार्यक्रममा जिल्लाका ९ ओटै स्थानिय तहका जनप्रतिनिधी पालिकाका स्वास्थ्य शाखा प्रमुख जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु र पत्रकारहरुकाे सहभागीता रहेको थियो ।
कार्यक्रममा पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गर्न सहयोग गरेको भन्दै ९ ओटै स्थानिय तहलाई सम्मान पत्र समेत बितरण गरिएको थियो । सो अभियानलाई सबैभन्दा धेरै काम गर्ने स्थानिय तहका स्वास्थ्य शाखाका प्रमुखहरुलाई समेत सम्मान गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई १३ वटा खोप प्रदान गरिन्छ । हरेक वर्ष जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नुपर्ने प्रावधान रहेको छ।    जिल्लाका ९ वटै स्थानीय तहहरूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरी जिल्लालाई नै पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार