होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार १ पीसीआर परीक्षण गर्दा २३६५ जना र ४४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यस्तै काठमाडौँ उपत्यकामा १ […]
बझाङ: नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला कमिटी सदस्य जोगबहादुर कठायत कारागारमुक्त भएका छन्। उनलाई जिल्ला अदालतले चन्दा असुली, हातहतियार खरखजाना र राजद्रोह गरी पाँच मुद्दा लगाएको थियो। सरकारसँग चन्द समूहको तीनबुँदे सहमति भएपनि बझाङमा पक्राउ परेका कार्यकर्ता छुटेका थिएनन्। जिल्ला कारागारमा समूहका पाँच जना कार्यकर्ता थिए। यसअघि गत चैतमा जिल्ला कमिटी सदस्य देवदत्त अवस्थी कारागारमुक्त […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना संक्रमणदर दोब्बर बन्दै गएको बताए । यसले नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने संकेत देखिएको भन्दै प्रवक्ता गौतमले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन आह्वान गरे । […]
काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२२० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । ८ हजार ८८४ जनाको पीसीआर र ८०३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी […]
धनगढी: कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कैलालीमा स्थानीय प्रशासनले आंशिक रुपमा निषेधाज्ञा जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालको अध्यक्षतामा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले विभिन्न क्षेत्रमा रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जिल्लाको धनगढी उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द हुनेछन् भने अन्य स्थानीय तहलाई पनि १० […]
हिजोआज विभिन्न उमेरसमूहका व्यक्तिहरुमा घाँटी दुख्ने, ज्वरो आउने, रुघाखोकी जस्ता समस्या धेरै देखिन थालेको छ । एकातिर यो समस्या बढ्दैछ भने अर्काेतिर कोरोनाका संक्रमितहरुको संख्या समेत यही समयमा बढेका कारण यो लक्षण कतै कोरोनाकै संकेत त होइन ? भन्नेमा धेरैलाई चिन्ता बढ्ने गरेको छ । अहिले सरकारले कोरोनाका कारण शहरी भेगका विद्यालय बन्द गर्न निर्देशन […]
८ वैशाख, काठमाडौं । संस्थागत विद्यालयहरुले कक्षा १० को परीक्षालाई निरन्तरता दिएका छन् । एसईईको परीक्षा नजिक रहेकोले त्यसको तयारीका लागि विद्यालय बन्द भए पनि परीक्षा नरोकेको उनीहरुको भनाइ छ। संस्थागत विद्यालयहरुको संगठन प्याब्सनमा आवद्ध विद्यालयहरुले वैशाख पाँच गतेदेखि प्रिबोर्ड परीक्षा लिइरहेको सहअध्यक्ष डिके ढुंगानाले बताए । गएको ६ गते सरकारले अति प्रभावित शहरी क्षेत्रका […]
काठमाडौँ । पछिल्लो २४ घण्टामा १७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा ११ जनाको मृत्यु भएकाे रिपाेर्ट प्राप्त भएकाे छ । ८ हजार ५५ जनाको पीसीआर तथा ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः १६६७ र ६९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा २ लाख ८७ हजार ५६७ […]
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न काठमाडौंवासीलाई आग्रह गरको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमण नेपालमा पनि बढेको हुनाले त्यसलाई नियन्त्रणका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयले त्यस्तो आग्रह गरेको हो । प्रशासनले काठमाडौंमा मास्कको प्रयोग अनिवार्य गर्न निर्देशनात्मक सूचना जारी गरेको छ । प्रयोग गरेको मास्क जथाभावी नफाल्न […]
नेपालमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि सरकारले सोमबार निर्णय गर्यो – मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने । तर, सरकारको उक्त निर्णयको उल्लंघन दोस्रो दिनबाटै सुरु भएको छ । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट सरकारी नियमको […]
७ वैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
लेखानी, उदयपुर — सिद्धिचरण राजमार्गको यात्रा जोखिम र कष्टकर बन्दै गएको छ । जीर्ण सडक मर्मत र स्तरोन्नति हुन नसक्दा दुर्घटनामा बर्षेनी दर्जनभन्दा बढीले ज्यान गुमाउनुपरेको छ । २०७३ मंसिर २४ गते घुर्मीबाट कटारी लागि आउँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो । सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडक खण्डको पहिरो गएको स्थान उदयपुरको कटारी नगरपालिका–११ टाटीमा […]
७ वैशाख, काठमाडौं । भारत सरकारले १८ वर्षभन्दा माथि सबैलाई भाइरसविरुद्धको खोप लगाउने घोषणा गरेको छ । यो निर्णय मे महिनाको एक तारिखदेखि लागू हुने छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले सोमबार गरेको निर्णयअनुसार एक मेदेखि १८ वर्षभन्दा कम उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने छ । यसअघि ४५ वर्षभन्दा बढी […]
आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । संस्कृतिविद् विनोदराज शर्माका अनुसार एक वर्षमा मनाइने ४ किसिमको दशैं आफैँमा ठूलो र छुट्टै महत्वको हुन्छ । तर पनि समाजमा हुने आस्थाका आधारमा यसलाई शारदीय नवरात्र पछिको दशैंको रूपमा […]
व्यक्ति शारीरिक अभ्यासको लागि फिटनेस सेन्टर किन जान्छन् ? हल्का शारीरिक अभ्यासको लागि घरमै पनि पर्याप्त हुन्छ भन्ने हुँदाहुँदै पनि मान्छे फिटनेस सेन्टर नै जानुको पछि छुट्टै कारणहरू छन् । डिल्लीबजार कालिकास्थानमा रहेको फिटनेस च्वाइस नेपालका सञ्चालक उद्धव सिलवालका अनुसार फिटनेस सेन्टरमा आउनेमध्ये ५० प्रतिशत सहभागीहरू खाइलाग्दो र सुन्दर शरीर निर्माणको लागि आउने गर्छन् । […]
काठमाडौंँ । फिल्म हल फेरि बन्द हुने भएको छ । कोरोना संक्रमण बढेसँगै सोमबार बसेको मन्त्रीपरिषदको बैठकले फिल्म हल फेरि बन्द गर्ने निर्णय गरेको हो । गत बर्षको फागुनमा कोरोनाको पहिलो चरणको कहर देखिएसँगै फिल्म हल बन्द भएका थिए । कोरोनाको संक्रमण कम हुँदै गर्दा सबै क्षेत्र खुले पनि सरकारले फिल्म हल भने खोलेको थिएन […]
मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड-१९) प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ’ , सरकारका प्रवक्ता पार्वत गुरुङले भने । स्वास्थ्य तथा जनसंख्या […]
काठमाडौँ- ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइँदैछ।कोरोना भाइरसको जोखिम कायम रहेकै अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी औषधि खुवाइँने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कार्यक्रममा ६ देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइँनेछ । १२ देखि ५९ महिनाका बालबालिकालाई भने जुकाको औषधि पनि […]
काठमाडौं । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् । संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन् […]