होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कमला चँदारा/बाजुरा ५ बैशाख। खप्तड मालिका युवा संजाल बाजुराले यही बैशाख ११ गते रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । संजालले बैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर मार्तडीमा रक्तदान कार्यक्रम गर्न लागेको हो । सामाजिक कार्यमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ स्थापना गरिएको उक्त संजालले पहिलोपटक नेपाल रेडकक्रस सोसाईटि संगको समन्वयमा मार्तडीमा रक्दान […]
सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दसैँका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दसैँ) को अवसरमा वैशाख ७ गते (मङ्गलबार)का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बिदा […]
काठमाडौँ— पछिल्ला केही दिनदेखि विद्यालय जाने उमेर समूहका बालबालिकामा कोरोना भाइरसको संक्रमण बढिरहेको छ शुक्रबारसम्ममा ८१ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । यीमध्ये ९ वर्षभन्दा कम उमेरका १५ जना छन् ।यही वैशाख २ गते एकै दिन ५२ जना बालबालिकामा कोरोना संक्रमण फेला परेको थियो । यीमध्ये ९ वर्षमुनिका १२ जना र १० वर्षदेखि १९ […]
५ वैशाख, काठमाडौं । शनिबार राति ८ बजे टेकुस्थित काठमाडौं प्रहरी कार्यालय सुनसान भइसकेको थियो, एउटा ट्याक्सी बत्ती बाल्दै गेटबाट भित्र छिर्यो । ट्याक्सीमा सवार व्यक्ति हतास मनस्थितिमा आउँदै गरेको देखेपछि ड्यूटी अफिसरले रोकेर सोधपुछ गरे । उनले एक वाक्यको जवाफ फर्काए, ‘भाउजु मारेर आएको हुँ ।’ ड्यूटी अफिसरमार्फत यो खबर काठमाडौं प्रहरी प्रमुख अशोक […]
नागरिक रैबार/बाजुरा ५ बैशाख। जिल्लाको गौमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाको काठमाण्डौंको सहिद गंगलाल राष्ट्रिय हृदय केन्द्र काठमाडौमा उपचार भइरहेको छ । अध्यक्ष रोकायाको स्वास्थ्यमा एक्कासी समस्या आएपछि आईतवार बिहान धनगढी बाट नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौ लगिएको थियो । अध्यक्ष रोकायाको अहिले काठमाडौमा रहेको सहिद गंगालाल हृदय केन्द्रमा उपचार भइरहेको संघीय सांसद लालबहादुर […]
काठमाडौं । संसदीय समितिले बालबालिका कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरेर वैकल्पिक विधिबाट पठन पाठन सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरुले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको […]
पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ । यही अवधिमा थप २०८ जना निको […]
२ वैशाख, गुल्मी । प्युठानको स्वर्गद्वारी नजिकै बुधबार भएको दुर्घटनामा परी मृत्यु हुने ५ जनाको शव आफन्तलाई बुझाइएको छ । गुल्मीबाट नयाँ वर्ष मनाउन जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारीसहितको टोली धार्मिक तीर्थस्थल प्युठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा दुर्घटना भएको थियो । मृतक प्रशासकीय अधिकृत स्याङजाका ३८ वर्षीय श्याम न्यौपानेको शव घटनास्थलबाटै बुझाइएको […]
देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिस’ु पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ । बिसु पर्व मनाउन विवाहिता छोरीरचेलीमा आ–आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ । यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका नेपालीहरु केही समयका […]
१ वैशाख, सुदूरपश्चिम (धनगढी) । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिस’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ । बिसु पर्व मनाउन विवाहिता छोरी/चेलीमा आ-आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ । यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका […]
३० चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ । योसँगै नेपालमा कोरोना […]
३० चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । एकैदिन कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उक्त अवधिमा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ […]
पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता […]
धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको सास फेर्ने हावा केही दिनदेखि लगातार प्रदूषित भइरहेको छ।विगत २४ घण्टामा धनगढीको हावा नेपालको वायु प्रदूषण सूचाकांका एक्यूआईमा ४०० नाघेर सबैभन्दा खराब तहमा पुगेको छ। त्यो क्रम अझै जारी छ। किनभने सोमबार पनि नेपाल सरकार वातावरण मन्त्रालयको वायु प्रदूषण पोर्टलमा धनगढीको वायु प्रदूषण सूचकांक ४३० पुगेको देखियो।वायु प्रदूषण एक्यूआई […]
बुटवल ३० चैत । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचार गराइरहेका तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका- १ की ७१ वर्षीया र अर्घाखाँची मालारानी-५ की ७९ वर्षीया महिला र कपिलवस्तु बाणगंगा नगरपालिका-३ का एकजना पुरुष छन् । तीनैजनाको सोमबार बिहान फरकफरक समयमा मृत्यु भएको हो । तिलोत्तमाकी महिलामा चैत […]
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताएका हुन् । उनले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरु चाल्न सरकार तयार रहेको बताए । लकडाउनले कोभिड संक्रमण कम […]
१९ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१३ जनाको नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७७ हजार ४६१ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ७२ हजार […]
अहिले आधुनिक घर सजावटको विधिका कारण परम्परागत शैलीमा घर बनाउने चलन दुर्लभ भइसकेको छ । दुई पाखे पाली र झिँगटीको छाना भित्र हुने हरेक गतिविधि नियाल्न अहिले काठमाडौं उपत्यकामा त सम्भव नै छैन । उपत्यका बाहिर समेत यस्तो संरचनाहरु लोपोन्मुख अवस्थामा छन् । झण्डै एक शताब्दी अघि नेपालको अध्ययनका लागि आएका विभिन्न विदेशी विद्वानहरूले नेपालको […]
धनगढीः पूर्व–पश्चिम राजमार्ग अन्तरगत कञ्चनपुरको वेदकोट नगरपालिक–१ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की मंगलबार रुखमा झुन्डिएको अवस्थामा मृत फेला परे। प्रहरीको प्राम्भिक अनुसन्धानले उनी मानसिक तनावमा थिए। तर कुन कारणले उनलाइ तनाव थियो, सो बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। मंगलबार नै मृत भेटिएका कृष्णपुर नगरपालिका– ९ का ७२ […]