होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सेती अस्पतालमा गरिएको परीक्षणमा थप १२१ जनामा कोरोना पुस्टि, धनगढीका ८७
समाचार

सेती अस्पतालमा गरिएको परीक्षणमा थप १२१ जनामा कोरोना पुस्टि, धनगढीका ८७

  • नागरिक रैबार
सेती अस्पतालमा गरिएको परीक्षणमा थप १२१ जनामा कोरोना पुस्टि, धनगढीका ८७

धनगढीः सुदूरपश्चिममा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा १८५ नमूना परीक्षण गर्दा १२१ जनामा संक्रमण पुस्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

संक्रमित मध्ये कैलालीको धनगढीका मात्रै ८७ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका १८ जना र अन्य जिल्लाका १६ जनामा संक्रमण पुस्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

विज्ञापन

हाल अस्पतालमा ५० जना कोरोना संक्रमितको उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए। जसमध्ये ३ जना भेन्टिलेटरमा, ११ जना आइसियूमा, २८ जना अक्सिजन सपोर्टमा उपचाररत छन्।

पछिल्लो २४ घण्टामा सेती अस्पतालबाट ११ जना निको भई घर फर्किएका छन् भने थप १६ जना अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै