होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१३ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । वैशाख १६ गते राति १२ बजेदेखि काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा खाद्यपदार्थ र औषधि पसलबाहेकका पसल बन्द गर्ने र निजी र सार्वजनिक यातायात पनि बन्द गर्ने गरी निषेधाज्ञा जारी गर्ने स्रोतले जानकारी दिएको छ । आइतबार कोभिड -१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) […]
कोरोना महामारीको सुरु हुनुभन्दा पहिले पनि नेपालमा मास्कको प्रयोग राम्रै संख्यामा हुने गरेको थियो । तर त्यतिबेला मास्क ऐच्छिक थियो भने अहिले मास्कलाई बाध्यात्मक बनाइएको छ । अर्काेतर्फ त्यतिबेला मास्क केवल फोहोर रोक्ने तथा धुलोधुवाँ नियन्त्रणको लागि प्रयोग गर्ने गरिन्थ्यो भने अहिले स्वास्थ्य सुरक्षाको लागि मास्क लगाउनु पर्ने अवस्था छ । अहिले राज्यस्तरबाट पनि मास्कमा […]
१३ वैशाख, बाजुरा । साफेँ मार्तडी सडकखण्ड अन्तरगत बाजुराको बुढिगंगा नगरपालिका १ को बल्दे नजिकै अम्काेटको पहिरोमा ट्याक्टर दुर्घटना भएको छ । ट्याक्टर दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । मृत्यु हुनेमा अछामको मेल्ललेख गाउँपालिका वडा नम्मर १ का नितज बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख […]
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् । सोमबार टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताए । […]
काठमाडौँ — कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो । आइतबार एक दिनमै २८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । ‘लापरबाही गरे स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयले भनेको छ । […]
१२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० […]
१२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरेना संक्रमणको अहिलेको चक्रलाई रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ पनि नहुने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको बताएका छन् । ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही […]
१२ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । ५५ शय्या रहेको कोभिड अस्पतालमा ५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद गरेर ५५ जनालाई राखिएकाले थप संक्रमितलाई भर्ना गर्न सकिने […]
१२ वैशाख, बाजुरा । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्मर ९ बाट चितुवाको छाला सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ९ का बर्ष ६० मानसिहं थापा र बर्ष २६ का तुलाराम शार्की रहेकाे पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । उनीहरुले चितुवा मारेर हड्डी दातँ र छाला […]
१२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना […]
नेपालको मौलिक खानाको रुपमा रहेको मःमःलाई अन्तर्राष्ट्रिय स्तरमा ब्राण्डिङ गर्नको लागि गिनिज बुक अफ वल्र्ड रेकर्ड कायम गराउने तयारी सुरु भएको छ। गिनिज बुकको डिजिटल माध्यमबाट समेत आफ्नो प्रतिभा देखाउन सकिने नयाँ नियम अनुसार नेपालीहरूले एकसाथ म:म: खाएर वर्ल्ड रेकर्ड कायम गराउनको लागि यो अभियान सुरु भएको हो । यो अभियानमा जोडिनको पैसा लाग्दैन । […]
धनगढीः कोरोनाको दोस्रो लहरले छिमेकी मुलुक भारत त्राहिमान भएयता त्यहाँ रहेका नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका छन्।रोजगारी गुमाएका तथा कोरोनाको त्रासले उनीहरु स्वदेश फर्किन थालेका हुन्। तर फागुनयता घर फर्किएका मध्ये सुदूरपश्चिम प्रदेशका ६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। शनिबार मात्रै भारतबाट फर्किएका कञ्चनपुरका २ जनाको मृत्यु भएको छ।महाकाली प्रादेशिक अस्पतालमा उपचाररत भीमदत्त नगरपालिका–१८ […]
कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना महामारी बढ्दै गएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । सेती प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद चिकित्सालय र प्रदेश जनस्वास्थ्य आपूर्ति केन्द्रको शुक्रबार अनुगमन गर्दै उनले स्वास्थ्यकर्मीलगायत सबै निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । सूदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण दरमा निरन्तर वृद्धि भइरहेकाले त्यसको रोकथाम तथा […]
देशभर दैनिक २ हजार ५ सय जनाको हाराहारीमा कोरोना भाइरस संक्रमित थपिँदै गए पनि हेलचेक्र्याइँ अत्यधिक बढेको पाइएको छ । यही अवस्थामा संक्रमण थपिँदै गए हाल रहेको स्वास्थ्य संरचनाले धान्न नसक्ने सरकारले प्रस्ट पारिसकेको छ । तर, कोरोना रोकथामको अचुक उपाय मानिएको भौतिक दूरी कायम, मास्क समुचित प्रयोग र सरसफाइलगायत गर्न अधिकांश नागरिकले आनाकानी गर्दै […]
१० वैशाख, बझाङ । भारतबाट घर फर्केका बझाङको जयपृथ्वी नगरपालिका– ६ का ४८ वर्षीय पुरुषको बिहीबार कोरोना सङ्क्रमणले मृत्यु भयो । उनी भारतको तामिललाडुबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन विधिबाट चेक गर्दा कोरोना पोजेटिभ देखियो । सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका […]
१० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ८७९८ पीसीआर परीक्षणबाट २४४९ र ८६६ एन्टिजेन परीक्षणबाट ११० जना गरी जम्मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त […]
काठमाडौं। नेपाल कृषि प्रधान देश हो। नेपालमा अहिले पनि करिब दुईतिहाई जनसंख्या कृषि पेशामा निर्भर छन्। यसरी हेर्दा कृषि क्षेत्र देशको मेरुदण्ड नै मान्नुपर्छ। तर, देशमा जम्मा ३४ प्रतिशत मात्र कुल उत्पादन हुन्छ भने बाँकी अन्य देशको भर पर्नु पर्ने बाध्यता छ। नेपालमा करिब ८० प्रतिशत नागरिक ग्रामिण क्षेत्रमा बसोबास गर्दै आएको सरकारी तथ्यांकले देखाउँछ। […]
१० वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितको उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गर्ने भएको छ । गम्भीर प्रकृतिका संक्रमितको उपचारमा सहज पहुँच पुर्याउन विकट क्षेत्रका लागि हेलिकोप्टर सहितको व्यवस्था गर्ने भएको हो । साथै, सड्क सञ्जाल पुगेको क्षेत्रका लागी भने १० वटा एम्बुलेन्स सञ्चालन गरिने प्रदेश सरकारका प्रवक्ता एवंम् आर्थिक मामिला तथा […]
कञ्चनपुर । स्वास्थ्य कार्यालय कञ्चनपुरले गत चैतको पहिलो सातादेखि यहाँको गड्डाचौकी नाकामा स्वास्थ्यकर्मीको टोली परिचालन गरी भारतबाट स्वदेश फर्किनेको कोरोनाको नमूना परीक्षण थाल्यो । लामो समयदेखि भारतको विभिन्न क्षेत्रमा छरिएर रोजगारीका लागि परिश्रम गरिरहेका सुदूरपश्चिमवासी भारतका केही प्रान्तमा कोरोना सङ्क्रमण पुनः फैलिन थालेपछि स्वदेश फर्किन थालेका थिए । नयाँ वर्षलाई विशु पर्वका रुपमा सुदूरपश्चिम प्रदेशमा […]
काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका छन् । दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेको, भीडभाड हुने कार्यक्रम जारी राखेकाले संक्रमण तीव्र रुपमा फैलिरहेको उनीहरुले औँल्याएका छन् । सरकारले उपचारका […]