होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा झण्डै ७ हजारलाई राखियो क्वारेन्टिनमा
समाचार

सुदूरपश्चिममा झण्डै ७ हजारलाई राखियो क्वारेन्टिनमा

  • नागरिक रैबार
सुदूरपश्चिममा झण्डै ७ हजारलाई राखियो क्वारेन्टिनमा

धनगढी : सुदूरपश्चिममा भारत लगायतका देशबाट फर्किएका झण्डै सात हजारलाई क्वारेन्टिनमा राखिएको छ। कोरोना भाईरसको जोखिममा रहेका ६ हजार नौ सय ४९ जनालाई क्वारेन्टाईनमा राखिएको हो।

प्रदेशभरी ६० हजार एक सय तीन जना अटाउने एक हजार चार सय ९७ वटा क्वारेन्टिन बनाईएकोमा पाँच हजार एक सय ५८ जना पुरुष र एक हजार सात सय ९१ जना महिला गरी ६ हजार नौँ सय ४९ जनालाई क्वारेन्टिनमा राखिएको हो।

स्वास्थ्य निर्देशनालय सबैभन्दा बढि डोटीमा एक हजार ६ सय ६२ जनालाई क्वारेन्टिनमा राखिएको छ। बझाङका एक हजार तीन सय ५५, कञ्चनपुरमा एक हजार दुई सय ११ र कैलालीमा सात सय ९६ जनालाई क्वारेन्टाईनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

यस्तै बैतडीमा ६ सय ५०, अछाममा चार सय ४३, डडेल्धुरामा तीन सय दुई, दार्चुलामा तीन सय र बाजुरामा दुई सय ३० जनालाई क्वारेन्टाईनमा राखिएको छ। भारतबाट आएका सबैलाई भने क्वारेन्टिनमा राखिएको छैन्। धनगढी उप–महानगरपालिकासहित केही स्थानीय तहले उनीहरुलाई सिधै घर पठाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार