होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आहुती विचार । सुरुवात । कृषि युगलाई भव्यतापूर्वक भोगेर अगाडि बढेको दुनियाँका सबै समाज र जातिका परम्परागत चाडपर्वमध्ये बाली लगाउने र बाली भित्राउने समयका चाडपर्व विशेष महत्वका रहिआएका छन् । नेपालका जनजातिहरूका अधिकांश पर्व पनि यसै कोटीमा रहेको पाइन्छ । दक्षिण एसियाको सिन्धु उपत्यका र गंगा मैदान कृषिका निम्ति शानदार भूमि रहिआएका छन् । […]
नागरिक रैबार/बाजुरा २० असोज। साहित्यकार सुरेन्द्र शाही (गुलाब कान्छो) को मुक्तक संग्रह “परतन्त्र”को विमोचन गरिएको छ । साहित्यकार शाहीको चाैथाे मुक्तक संग्रह “परतन्त्र”को बुधबार एक औपचारिक कार्यक्रमका वीच बाजुरा प्रमुख जिल्ला अधिकारी कृष्ण गैरे र मालिका माविका प्राचार्य शुभराज पाध्यायले संयुक्त रुपमा विमोचन गरेका थिए । सुदूर साहित्य प्रतिष्ठानको आयोजनामा संचालन गरिएको शाहीको मुक्तक संग्रह […]
बिहानै नाम्लो लिएर बिहानै रिक्सा लिएर ठेला वा गाडा लिएर निस्कने गरेका भोकहरु आज आफै मरणासन्न छन्। उठ्नु परेको छैन हातमा ठेलाहरु बस्नुपरेको छैन थाप्लामा राता डामहरु न त कम्मरमा पटुका नै कस्नु परेको छ यति धेरै सुख दिने हजुरीमा दिँदै सलामी खालि पेट आज गईरहेछ भोकको मलामी। डालाका दाल, चामल अनि पिठो सम्झेर कोक्रोका […]
ए मृत्यु ! तिमीलाई किन कठोर मान्छन् मान्छेहरु अहँ थाहा छैन उनीहरुलाई तिमी कति सहृदयी छौ त्यसैले त जन्मले तिमीलाई पछ्याई रहेछ । जन्मलाई निश्चयनै थाहा छ मृत्यु सम्मको गन्तव्य उसको त त्यतिमात्र हुन्छ गन्तव्य हो, जन्म त्यहाँसम्म रमाउनु पर्दछ उसको रमाउने गन्तव्य जो कोहीले मापन गर्न सक्दछ सायद उ आफै नापजाँच गर्न सक्दछ ऊ […]
नागरिक रैबार/बाजुरा २७ भदाै । सामाजिक सञ्जालसँग आवद्ध बाजुरेली साहित्यीक व्यक्तित्वको सक्रियतामा सञ्जालमा ल्याएको बाजुरेली साहित्य समाजले बर्चुअल कार्यक्रम हुने भएको छ । शनिबार राती ८ बजेबाट औपचारिक कार्यक्रम गर्न लागेको समाजका संयोजक दिपेश समर्पणले बताएका छन् । साहित्य र सिर्जनासँग जोडिएका व्यक्तिहरुलाई लेखन र वाचन कलामा आकर्षण गर्ने उदेश्य सहीत गठन गरिएको साहित्य समाजले […]
काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडवाल बनेका छन् । यस्तै सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । शुक्रबारको ग्राण्ड फिनालेमा आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडल घोषणा गरेका थिए । घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन […]
नागरिक रैबार/बाजुरा १० भदौ । नगरस्तरीय बक्तृत्वकला प्रतियोगितामा बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका भएका छन् ।बुधबार बडीमालिका नगरपालिका स्तरीय युवा संजालको आयोजना र बुलगारी परियोजनाको आर्थिक सहयोगमा नगरपालिकामा भएको बक्तृत्वकला प्रतियोगितामा नेपाली प्रथम भएका हुन् । “कोरोनाको नियन्त्रणमा युवाको भुमिका विषयक” संचालन गरिएको उक्त प्रतियोगीतामा १० जना बढी प्रतियोगीलाई पछि पार्दै नेपाली […]
कुनै बस्तिको सिरानबाट बाढिको सफर रहेछ । यो सालपनी किसानको अभागी खप्पर रहेछ । ओछ्यान नै घाट भैदियो कस्को काँधदुखाउनु अल्पकालिन मृत्युको चिहान आफ्नै घर रहेछ । बर्षौपहिले छोडेर गएथ्यो,उही माटो लगेर गयो । भोकचलना गर्दै आएको खेतबारी त बगर रहेछ । स्पर्शले झुक्याउने अ्मृतको मिठास क्षेणिक हो । सदाकाल जिन्दगी सुखद बनाउने जहर रहेछ […]
डियर प्राप्तीका, लेखौं र नलेखौंको दोधारबीच धेरै वटा कपीका पन्ना डस्टबिनमा फालिसकेपछि केही शब्दहरु जुटाएको छु । मुटुको चाल बढेको छ, धड्कन बाहिरसम्म महसुस गरिराखेको छु । यसैगरी मुटुको चाल बढ्थ्यो तिमी मेरो नजिक आउँदा, ओठहरु पूरै सुक्थे, शब्द निक्लिन गाह्रो हुन्थ्यो, पानीका गिलास धेरै पटक रित्याउँथे र सामर्थ्य जुटाउँथे । आज तिमी अगाडि छैनौ […]
सहाना प्रधान २००७ सालमा नै नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनिसकेकी थिइन् । त्यसपछि उनी इमानदारीका साथ पार्टीको नीतिनिर्देशनमा समाहित भएकी थिइन् । उनी राष्ट्रको हितका लागि जुधारु भएर नै लागिपरेकी थिइन् । २००७ सालको क्रान्ति सफल भएपछि २००८ साल असार २ गते भारतका प्रधानमन्त्री पं. जवहारलाल नेहरू नेपाल आएका थिए । त्यसबेला नेपाल महिला सङ्घबाट […]
तिमिलाइ चिसो हुन नदिन म आफ्नै मुटु जलायर तिमिलाइ निरन्तर ताप दिरहे तिमी आफै भन आज म तिम्रो नजरमा स्वार्थि मान्छे कसरी भय?? तिम्रो इज्जतमा खोट लाग्न नदिन मैले आफ्नै घाँटी काटेर तिम्रो त्यो घाटिमा जोडे तिमी आफै भन आज म तिम्रो नजरमा बेबारिसेको पदके कसरी भय?? कतै भिजीहाल्छौ कि भन्ने पिरले त्यो अबिरल झरी […]
ए जिन्दगी त सङ्ग अझै,पसिनाको हिसाब बाँकी छ। हातमा ठेला र साथमा,भोगाइको किताब बाँकी छ। सित्तैमा बौलाएको खोलाले पनि बस्तीमा चोट दिएर गयो। अब कसैको यादमा रोएर जाने आँसुको तनाब बाँकी छ। हामी गरिबको गाँस खोसिदा,बाँस लुटिदा पनि ढुक्क छैनौं किनकि सरकार बाट सुकुम्बासी उठाउने दबाब बाँकी छ। म तिम्रो हुन सकिन, अरु कसैको हुनु […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभा र व्यवस्थापिका संसद्मा व्यक्त गर्नुभएका विचारहरुको सँगालो ‘गणतन्त्रको पहिलो दशक’ पुस्तक सार्वजनिक भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले विसं २०६५ देखि २०७५ सम्म संविधानसभा र व्यवस्थापिका –संसद्मा पूर्वप्रधानमन्त्री दाहालले सम्बोधन गरेका कुरालाई विभिन्न ४२ शीर्षकमा पुस्तकमा समेटेको छ । अध्यक्ष दाहालका प्रेस […]
१ शान्त भएको मनलाइ बिचल्ली बनाइदिन्छ अन्याय र अत्याचारले त्रसित बनाइदिन्छ ।। कतिसम्म हो यस्ता कुकार्य भोग्ने र सुन्ने । मानब मानब बिचको चर्चा बनाइदिन्छ ।। २ अन्याय र अत्याचार बिरुद्ध सबैले बोल्नुपर्छ । मानबबिचका हकहितका कुरा सबैले खोल्नुपर्छ ।। म चुप बसे, तपाइ चुप बसे बोल्ने आखिर को छ। समाज समाजका बिभेद हामी […]
“जात” मानिस हामी भन्दछौ जात एउटै रगत नेपाली धर्ती जन्मिए पछी उही हो जगत ! मानव भइ जिउने हामी समान बन्नुछ कुप्रथा बाट हुर्केका जडा आफैले खन्नुछ !! कसले ल्यायो जात र भात जानुन कानुन हाम्रो भन्दैन त्यस्तो सबैले मानुन !!! श्रम र सीप चल्दछ भने पानी नी चलाउ पुरानो रीत मान्दैन भनी आगोमा जलाउ […]
जातकाे नाममा अझै छ दण्ड याे नेपालमा बाेल सरकार दलितलाई कानुन किन छैन नेपालमा । काहाँ लुक्याे गणतन्त्र याे नेपालमा जातिय छुवाछुतकाे भेदभा अझै छ नेपालमा ।। नत नियम लागू हुन्छ न सजाए नेपालमा जति बेला दलितले मरेई पाउनु याे कस्ताे नेपालमा । दलितकाे शरीर जल्ने तर जात चल्दैन रे नेपालमा । श्रम चल्छ सीप […]
अति भयो अब केही विकल्प अपनाईदेऊ सरकार मेरो पनि सरकार छ भन्ने भान जगाईदेऊ सरकार नागरिकहरु रोगले भन्दा भोकले मर्ने अवस्था भयो बरु मिल्छ भने भोक नै नलाग्ने दवाईदेऊ सरकार दिनभर परिश्रम गरेर मात्र छाक टार्न पुग्नेहरुलाई बिना अन्न खाना पाक्न मिल्ने सलाईदेऊ सरकार हाम्रो त कोहि छैनन आफ्नतहरु सिंहदरबारमा पनि बिन्ति कार्यकर्ता हैन सबैलाई […]
दिन कटाउन होइन केहि गर्न आएकि हुँ । खालि दिमाग मा केहि भर्न आएकि हुँ।। झुल्किएनन कैहिल्य जहाँ सुर्यका किरण त्यहि अध्यारो मा उज्याल़ो छर्न आएकि हुँ। माटो मा जन्मे माटो मा हुर्किए म धर्तिकै निम्ति हाँसि हाँसि मर्न आएकि हुँ।। नसोध दु:ख कस्तो हुन्छ भनि मलाई । दुइ/चार दिन भोकै बसि उकाली ओराली धाएकि […]
हासो अनि खुशी लाई शीत देखे आज फेरि ! निरासामै गजल अनि गित लेखे आज फेरि !! मुस्कान जति धुवाएर आकासिदै बिलाउदा ! साथ दिने आशुलाई मीत देखे आज फेरि!! कोहि काख कोहि पाखा दैबको खेल यस्तै रैछ ! यस्लाई नि संँसारको रित लेखे आज फेरि !! लेख्नु पर्ने हारै थियो , नढाटेर लेख्नु पर्दा […]
तिम्रा तस्वीरहरुलाई अहिले गधा र बाँदरहरुले घेरिरहेछन् । मैले तिम्रो तस्वीरमा माल्यार्पण गर्न सकिन । गधा र बाँदरहरुको घेराबाट बाहिर अलि टाढा उभिएर प्रिय मार्क्स म तिम्रो संकटग्रस्त तस्वीर टोलाइरहेछु । कुनै पनि बेला ती बाँदरहरु गधाहरुको ढाड चढ्नेछन् र च्यात्ने छन् तिमीलाई । म त एउटा निहत्था गरिब मान्छे हुँ प्रिय मार्क्स जो तिमीले […]