होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ११, २०७७
जोडिनुहोस
  • होमपेज
  • साहित्य
  • फूल र मृत्यु [ कविता ]
साहित्य

फूल र मृत्यु [ कविता ]

  • नागरिक रैबार
फूल र मृत्यु [ कविता ]

ए मृत्यु !

तिमीलाई किन कठोर मान्छन् मान्छेहरु
अहँ थाहा छैन उनीहरुलाई
तिमी कति सहृदयी छौ
त्यसैले त
जन्मले तिमीलाई पछ्याई रहेछ ।
जन्मलाई निश्चयनै थाहा छ
मृत्यु सम्मको गन्तव्य
उसको त त्यतिमात्र हुन्छ गन्तव्य
हो, जन्म त्यहाँसम्म रमाउनु पर्दछ
उसको रमाउने गन्तव्य
जो कोहीले मापन गर्न सक्दछ
सायद उ आफै नापजाँच गर्न सक्दछ
ऊ पुग्ने गन्तव्य ।

तर,
मृत्युको गन्तव्य त अनन्त छ
अदृश्य छ
कौतुहलपूर्ण छ
जिज्ञासै जिज्ञासा छ
जति अध्ययन गर्‍यो
उती बुझ्न कठिन लाग्ने हुन्छ
हो त्यसैले,
आजभोलि किन किन मलाई पनि
मृत्युवरण गर्न मन लाग्छ
फूल जस्तै भएर ।
प्रसव वदना बोकेर
सकिनसकि
कसरी गुलाब फुलिदिन्छ
अरुहरुकै लागि ।
काँडाको बीच सुगन्ध फैलाउँदै
कति घामपानी आँधीबेरी
सहेको हुन्छ उसले
तीखा तीखा चुच्चे मुखहरुलाई
पन्छाउँदै, अघि बढ्दै
अनवरत संघर्ष गरिरहन्छ
आफ्नै मृत्युलाई भेट्टाउन ।
हो कति नि:स्वार्थ भैदिन्छ
त्यो गुलाबी फूल
आफ्नै छातीभरि
आफैं तिखातिखा सुइरा रोप्दै
आफ्नै अन्त्यको लागि ।
उसले अरुको लागि
फुलिदियो जीवनभरि
अनि मृत्यु पनि वरण गरिदिन्छ
हाँसी हाँसी अरुकै लागि
हो, त्यसैले
मलाई पनि गुलावको फूल जस्तै
मृत्युवरण गर्न मन लाग्छ
गुलाफको फूल जस्तै
मृत्युवरण गर्न मन लाग्छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार